Sunday, February 4, 2018

फोरम नेपालको संसदीय दलको नेतामा लालबाबु राउत


दलान नेपाल/ मधेश प्रदेशको पहिलो मुख्यमन्त्री बन्दै राउत 
 
पार्टी भित्रको अन्य आकाक्षीलाई तल पार्दै संघिय समाजवादी फोरम नेपालका नेता लालबाबु राउत दुई नम्बर प्रदेशको दलको नेतामा चयन भएको छ । शनिवार फोरम नेपालको जनकपुरमा बसेको बैठकमा पार्टी भित्र धेरै आकाक्षीहरु देखिए पछि संसदीय दलको नेता चयन गर्न निर्वान समिती गठन गरेको थियो । आइतवार समितीले उम्मेदवारहरुको नाम दर्ता गराउन आब्हान गरेका थिए, जसमा सात जनाले दलको नेताको दावी सहित उम्मेदवारी दिएका थिए । आइतवार अवेर राती नेताहरु विचमा सहमती भए पछि राउत फोरमको दुर्य नम्कर प्रदेशको दलको नेतामा निर्वाीचत भएका हुन । यसको साथै दुई नम्बर प्रदेशमा सरकार बनाउन तम्सिएका फोरम नेपालको तर्फवाट मुख्यमन्त्री समेत राउत नै हुने लगभग निश्चित भएको फोरमले जनाएको छ ।


फोरमले गठन गरेको निर्वाचन समिती तथा तराई मधेशको फोरम समितीको मुख्य सचिव शम्भु झाका
 
अनुसार अप फोरमले दुई नम्बर प्रदेशमा राउतलाई पार्टीको तर्फवाट मुख्यमन्त्रीमा सिफरिस गर्ने निश्चित भएको छ । राउत संगै फोरमको दलको नेताका लागी सप्तरीवाट शैलेन्द्र प्रसाद साह, सिरहावाट विजय यादव, महोतरीवाट कैशल यादव, सरोज सिह, रौतहटवाट योगेन्दै राय र पर्सा वाट राउत संगै प्रह्दलाद गिरीले दावी गरेका थिए ।

आतवार बसेको दुई नम्बर प्रदेशको  पहिलो बैठकमा समेत फोरमको तर्फवाट राउतले नै स्वागत मन्तव्य दिएका थिए । रायत फोरमको दलको नेता भएसंगै दुई नम्बर प्रदेशको सरकार बनाउने कसरत समेत तीव्र भएको नेताहरुले जनाएका छन । दुई नम्बर प्रदेशमा फोरम र राजपाको मधेशी गठवन्धनले बहुमत ल्याएको छ । फोरम र राजपा विचमा दुइ नम्बर प्रदेशमा कसरी सरकार वनाउने वारेमा पछिल्लो समयमा संवाद समेत बाक्लीएको छ । 

No comments:

Post a Comment