Monday, February 26, 2018

उपेन्द्र यादव वालुवाटारमा कडक्दै भने -ओलीलाई लिएर अहिले पनि मधेश जान सकिन्न


केन्द्रिय सरकारमा सहभागीताको बिषयमा लिएर वाम गठवन्धन र फेरम नेपाल विचको संवादलाई चौतर्फी चासो पुर्वक हेरिएको छ । फोरम अध्यक्ष उपेन्द्र यादवसंग झनै वाम गठवन्धनका शिर्ष नेताहरुले गर्ने संवादहरु आफैमा रहस्यमय देखिएदै आएको छ । त्यही सिलशिलामा सोमवार विहान यादव पुन संवादका प्रधानमन्त्रीका सरकारी निवास वालुवाटार छिरेको खवर सार्वजनिक भयो । प्रचण्ड र प्रधानमन्त्री ओली संग त्याहा भएको संवादको वारेमा यादवले आजै पार्टीका पदाधिकारिहरु संग पार्टी कार्यल्यमा सेयर गरे । 

वालुवाटारवाट तिनकुने स्थित पार्टी कार्यलयमा सिधै आएका यादवले तत्काल पदाधिकारीहरुलाई बैठकका लागी डाके । काठमाडौमा सात जना उपलब्ध पदाधिकारिहरु संग यादवले प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डसग भएको संवादको विफ्रिग गरे ।


उक्त ब्रिफिगमा यादवले आफु ओली र प्रचण्ड दुवैसंग सविधान संशोधनको प्रक्रिया सुरु नहुन्जेल सम्म सरकारमा सहभागी हुन नसक्ने बताएका थिए । प्रचण्डले आज विस्तार भएको मन्त्रीपरिषदमा फोरमवाट एक जना सहभागी हुदै सहमती विस्तारै गरौला भन्ने प्रस्ताव गरेका थिए । प्रचण्डको उक्त भनाई पश्चात यादव कडक्दै भने, तपाईले भनेको कुरा त राम्रो छ, तर तपाईलाई थाहा छ, ओलीजीलाई  लिएर अहिले पनि म मधेश जान सकिन्न । यादवले ओलीले सविधान संशोधनको प्रस्तावमा हस्ताक्षर गरेर त्यसको प्रक्रिया अघि नबढाए सम्म फोरम सरकारमा सहभागी हुन नसक्ने बताएका थिए ।


फोरम बैठक स्रोतका अनुसार यादवले ओली र प्रचण्डलाई तपाईहरु संशोधन सहितको हाम्रो कुरामा सहमती गरे आफुहरु सरकारमा आउन कुनै समस्या नरहेको बताएका थिए । त्यसको संगै यादवले सरकारमा जानका लागी फोरमलाई ४ ओटा मन्त्रालय, सरकारको न्युनतम कार्यक्रममा साझेदारी लगायतका कुरा समेत गर्न भनेका थिए । फोरमले उपराष्टपति र उपसभामुख मध्ये एक जना समेत फोरमलाई दिनु पर्ने शर्त ओली र प्रचण्डसंग राखेको फोरम बैठक स्रोतको भनाई छ ।

यादवले आफनो कुरा राखे पछि प्रधानमन्त्री ओली आफु भोली बेलुकी सम्म तपाइ सम्म पुन एक चोटी संवाद गर्ने र त्यस पछि सहमती गर्ने बताएका थिए । फोरम अध्यक्ष यादवले पार्टीका पदाधिकारीहरुलाई तत्काल काठमाडौ समेत नछाडन आग्रह गरेका छन ।

1 comment:

  1. EDWARD JONES FINANCE IS THE BEST PLACE TO GET A LOAN {Jonesloanfinance@yahoo.com},
    God bless you sir, I will not stop telling the world about your kindness in my life, I am a single mum with kids to look after. My name is Emily Thomas and I am from Convention Center Drive, Miami Beach, FL . A couple of weeks ago My friend visited me and along our discussion she told me about EDWARD JONES FINANCE, that they can help me out of my financial situation, I never believed cause I have spend so much money on different loan lenders who did nothing other than running away with my money. I have been in a financial mess for the pass 7 months now, She advised I give it a try so I mailed him and explain all about my financial situation to him, he therefore took me through the loan process and gave me a loan of $390,000.00 at a very low interest rate of 2% and today I am a proud business owner and can now take good care of my kids, If you must contact any firm to get any amount of loan you need with a low interest rate of 2% and better repayment schedule, please contact EDWARD JONES FINANCE email:- {Jonesloanfinance@yahoo.com} OR Text +1(307) 217-5388

    ReplyDelete