Wednesday, February 21, 2018

दुई नम्बर प्रदेशको मुख्यालय तयार हुदै ।

जनकपुर चुरोट कारखाना (जचुकालि) को चार तले अधिकृत निवास भवनमा प्रदेश २ का चार वटा मन्त्रालय स्थापना गरिएको छ ।  पहिलो तलामा सामाजिक विकास, दोस्रो तलामा आर्थिक मामिला तथा योजना, तेस्रो तलामा आन्तरिक मामिला तथा कानुन र चौथो तलामा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको बोर्ड झुन्डयाइएको छ । मन्त्रालयलाई सुविधासम्पन्न बनाउन कर्मचारी र कामदार खटिएका छन । टेबल–कुर्सी र सोफाले मन्त्रीको कार्यकक्ष सजाइएको छ ।

लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको आवासीय क्षेत्रमा प्रदेश मन्त्रालय, मन्त्री निवास र अन्य बन्दोबस्त मिलाउने काम तीव्र बनेको छ । संरक्षण अभावमा जीर्ण जचुकालिको भवनले नयाँ रूप पाएको छ । ‘दुई–चार दिनमै मन्त्रालय र मन्त्रीको निवास तयार हुन्छ,’ मर्मतसम्भारमा खटिएका एक कर्मचारी भने, ‘मन्त्रालय र मन्त्री निवासरहने सबै भवनलाई मर्मत गरी रंगरोगन गरिएको छ ।’

जचुकालिका बरिष्ठ अधिकृत बस्ने चार वटा क्वार्टरलाई मर्मतसम्भार गरिएर मन्त्रीको निवास बनाइएको छ । ती चार वटै क्वार्टर भवनमा एकै प्रकारको रंग, कार्पेट, फर्निचर लगाइएको छ । मन्त्री निवासको तल्लो तल्लामा एउटा बेडरूम, बैठक कक्ष, किचन रहेको छ भने माथिल्लो तलामा मन्त्रीको बेडरूम बनाइएको छ । मंगलबार बिहानैदेखि मन्त्रालय र मन्त्री निवासलाई अन्तिम रूप दिन आँगनमा इँटा ओछ्याउने काम भइरहेको छ ।
 
जचुकालिको कम्पाउन्डभित्र प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आवास, प्रदेश प्रमुखको कार्यालय र आवास, चार वटा मन्त्रालय र मन्त्रीहरूको आवास राखिएको छ । यसअघि जनकपुरको सहरी विकास तथा भवन निर्माण कार्यालयमा रहेको मुख्यमन्त्रीको कार्यालय जचुकालिभित्रै सारिएको छ । केन्द्रीय शासकिय भवन सिंहदरबारजस्तै प्रदेश २ का सबै सरकारी निकाय जचुकालि कम्पाउन्डभित्र राखिने योजना रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थको कार्यालय र निवास सुरुमा जचुकालिमा राखिएको थियो । त्यसपछि क्रमश प्रदेश २ को अन्य कार्यालयहरू त्यहीं लगिएको हो ।

प्रदेश प्रमुखको निवासकै वरिपरि मुख्यमन्त्री र अन्य ६ जना मन्त्रीका लागि निवासको तयारी गरिएको छ । प्रदेशको ७ मन्त्रालय, ७ जना मन्त्री, ७ जना मन्त्रालयका सचिव, मुख्य सचिवको निवास र कार्यालयको तयारी अन्तिम चरणमा पुगेको सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख गंगाप्रसाद यादवले जानकारी दिए । ‘निवास र मन्त्रालयको तयारी पूरा भएको छ,’ यादवले भने, ‘भवनमा प्रवेश गराउन मात्र बाँकी छ ।’
 
प्रादेशिक संरचनाको भौतिक निर्माणका लागि सरकारले प्रदेश २ लाई ७ करोड ५० लाख रुपैयाँ दिएको छ । चार मन्त्रालयको भवन तयारी गरी कार्यालय व्यवस्थापनको काममा कर्मचारी आफैं जुटेको छ । मंगलबार मन्त्रालयको भवनहरूमा फर्निचर राखिएको छ । मन्त्रालयको व्यवस्थापनमा सचिव तथा कर्मचारीहरू खटिएका छन् । अहिले बाहिर रहेका दुई मन्त्रालय भौतिक पूर्वाधार र कृषिलाई पनि सशस्त्र प्रहरी बसिरहेको जचुकालिको क्षेत्रीय बिक्री कार्यालयलाई तयार पारिदैछ । सशस्त्र प्रहरीलाई जचुकालिको पहिलाको अस्पताल भवन उपलब्ध गराइएको छ ।
 
जचुकालिको क्षेत्रीय बिक्री कार्यालयको मर्मत र रंगरोगनपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा राखिएको भौतिक पूर्वाधार र सहकारी डिभिजन कार्यालयमा रहेको कृषि मन्त्रालय पनि जचुकालिभित्रै तानिने प्रमुख यादवले जनाए ।
 
जचुकालिको कभर्ड हललाई समेत तयार पारिँदैछ । जीर्ण अवस्थामा रहेको कभर्ड हलको झ्याल, ढोकाको सिसा नयाँ लगाइएको छ । स्टेजलाई प्लाइबोर्ड लगाएर नयाँ रूप दिइएको छ । कभडृ कललाई पनि रंगरोगन गरिँदैछ । तयारी गर्न लागिएको जचुकालिको कभर्ड हल भने कुन परियोजनका लागि प्रयोग गर्ने भन्ने खुलाइएको छैन ।
२०२१ सालमा स्थापना भएको जचुकालि २०६७ सालमा बन्द भएको थियो । २०७० असार २० गते जचुकालिका कर्मचारीलाई अवकाश दिइएको थियो । बन्द भएपछि उद्योग मन्त्रालयले हेर्दै आएको जचुकालिमा प्रदेश सरकारको कार्यालय स्थापनाले त्यहाँ फेरि चहलपहल बढेको छ । दुई नम्बरप्रदेशको राजधानी जनकपुर हुने भए पछि जचुकालिको ३३ बिघा ९ कठ्ठा क्षेत्रफलको जग्गा र भौतिक संरचना उद्योग मन्त्रालयले  जिल्ला प्रशासन कार्यालय धनुषाको मातहतमा सारेको थियो ।
नोट - यो साम्रगी कान्तिपुर दैनिकको सहयोगमा तयार पारिएको छ ।

1 comment:

  1. EDWARD JONES FINANCE IS THE BEST PLACE TO GET A LOAN {Jonesloanfinance@yahoo.com},
    God bless you sir, I will not stop telling the world about your kindness in my life, I am a single mum with kids to look after. My name is Emily Thomas and I am from Convention Center Drive, Miami Beach, FL . A couple of weeks ago My friend visited me and along our discussion she told me about EDWARD JONES FINANCE, that they can help me out of my financial situation, I never believed cause I have spend so much money on different loan lenders who did nothing other than running away with my money. I have been in a financial mess for the pass 7 months now, She advised I give it a try so I mailed him and explain all about my financial situation to him, he therefore took me through the loan process and gave me a loan of $390,000.00 at a very low interest rate of 2% and today I am a proud business owner and can now take good care of my kids, If you must contact any firm to get any amount of loan you need with a low interest rate of 2% and better repayment schedule, please contact EDWARD JONES FINANCE email:- {Jonesloanfinance@yahoo.com} OR Text +1(307) 217-5388

    ReplyDelete