राजपाद्धारा दुई सुत्रिय खाका पेश - मुख्यमन्त्री पाउने ले आन्तरिक पर्यटक र उद्योग सहित दुई मन्त्रालय । सभामुख पाउनेले अन्य चार मन्त्रालय । अढाई अढाई बर्षमा आलोपालो

निर्वाचन पश्चात पहिलो पल्ट सरकार निर्माणका लागी औपचारिक छलफलमा बसेको राजपा र फोरमको बैठकमा विहान राजपा वाट ६ ओटै अध्यक्षहरु बसेका थिए भने फोरम नेपालको तर्फवाट अध्यक्ष उपेन्द्र यादव, रेणु यादव र लालबाबु राउत सहभागी भएका थिए । त्यस पछि दिउसो बसेको बैठकमा राजपा र फोरमवाट दुई दुई जना मात्रै सहभागी भएको थियो । फोरम अध्यक्ष यादवको माग अनुसार दुवै तर्फवाट दुई दुई जना मात्रमा बैठक गर्ने भनिए पछि फोरमवाट अध्यक्ष यादव र रेणु यादव सहभागी भएका थिए भने राजपावाट महन्थ ठाकुर र महेन्द्र यादव सहभागी भएको थियो ।
दिउसो भएको दुई दुई जना बैठक लामो समय नबसेको र पुन दुइ दिन पछि बस्ने गरि सकिएको नेताहरुले जनाएका थिए । बैठकमा फोरम अध्यक्ष यादव राजपाले प्रस्तुत गरेको खाकावारेमा आफु पार्टी भित्र छलफल गर्ने भनेका थिए । दिउसो राजपा र फोरम नेपालको दुई दुइ जना बैठक सकिए पछि राजपाका अध्यक्ष मण्डलका सबै अध्यक्षहरु जनकपुरको सिताशरण होटलमा बैठक गरेको नेताहरुले जनाएका छन । साझ ७ वजे सुरु भएको राजपाको अध्यक्षहरुको छलफल अवेर राती सम्म चल्दै थियो ।
No comments:
Post a Comment