Wednesday, February 28, 2018

राजपाले भन्यो - संविधान संशोधनको मुद्धालाई गौण बिषय नठानियोस

राष्टिय जनता पार्टी नेपाल, राजपाले नेपाल सरकारलाई मधेश आन्द्योलनको मुद्धाहरु अनुसार सविधान संशोधन, झुठा मुद्धा फिर्ता र बन्दीहरुको रिहाइको माग गरेको छ । वुधवार राजपाका अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुरले प्रेस विज्ञप्ति निकाल्दै पछिल्लो समयमा नेपाल सरकार संशोधनको मुद्धालाई गौण बनाएर अन्य कामहरु तर्फ लागेको आरोप लगाएका छन । फोरम नेपाल र सरकारको नेतृत्व गरिरहेको एमाले र माओवादी विचमा सता सहयात्राका लागी सहमती बन्न लागेको चौतर्फी कुराहरु आइरहदा राजपाले प्रेस विज्ञप्ति निकालेर संशोधन देखि मुद्धाहरु फिर्ता र बन्दी रिहाईको आफनो मागलाई सम्झाएका  छन । उनले भनेको छ, हामीले हालैको निर्वाचनमा पाएको अभिमत पनि मधेशको मुद्धा प्रतिकै अभिमत भएको भन्दै त्यसको विरुद्धमा नजाने दृढता व्यक्त गरेको छ ।

Monday, February 26, 2018

उपेन्द्र यादव वालुवाटारमा कडक्दै भने -ओलीलाई लिएर अहिले पनि मधेश जान सकिन्न


केन्द्रिय सरकारमा सहभागीताको बिषयमा लिएर वाम गठवन्धन र फेरम नेपाल विचको संवादलाई चौतर्फी चासो पुर्वक हेरिएको छ । फोरम अध्यक्ष उपेन्द्र यादवसंग झनै वाम गठवन्धनका शिर्ष नेताहरुले गर्ने संवादहरु आफैमा रहस्यमय देखिएदै आएको छ । त्यही सिलशिलामा सोमवार विहान यादव पुन संवादका प्रधानमन्त्रीका सरकारी निवास वालुवाटार छिरेको खवर सार्वजनिक भयो । प्रचण्ड र प्रधानमन्त्री ओली संग त्याहा भएको संवादको वारेमा यादवले आजै पार्टीका पदाधिकारिहरु संग पार्टी कार्यल्यमा सेयर गरे । 

वालुवाटारवाट तिनकुने स्थित पार्टी कार्यलयमा सिधै आएका यादवले तत्काल पदाधिकारीहरुलाई बैठकका लागी डाके । काठमाडौमा सात जना उपलब्ध पदाधिकारिहरु संग यादवले प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डसग भएको संवादको विफ्रिग गरे ।

Sunday, February 25, 2018

प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतको ११ बुदे प्रतिबद्धता - जनताको गुनासा सुन्न गाउ देखि टोल सम्म पुग्ने

प्रधानमन्त्रीलाई आवश्यक सहयोगका लागी पत्राचार

 
प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले शनिवार ११ बुदे आफनो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै प्रदेशमा रहेको हरेक गा देखि टोल सम्म पुगेर जनताको कुरा सुन्ने घोषणा गरेका छन । गएको २ फागुनमा फोरम र राजापाको तर्फवाट मुख्यमन्त्री बनेका राउतले आफनो कार्यकक्षमा जनताको गुनासा सुन्न हेल्लो प्रदेश सरकारको स्थापना गर्ने घोषणा समेत गरेका छन । शनिवारले सार्वजनिक गरेको ११ बुदे प्रतिवद्धता पत्रमा भनिएको छ, जनताले आफनो गुनासा इमेल मार्फत समेत मलाई सिधै पठाउन सक्नु हुन्छ ।
 
भ्रष्टाचार प्रति शुन्य सहिष्ण्ुता राख्ने बताउदै राउतले सरकारी निकायवाट २४ घण्टा भित्र नागरिकले सेवा नपाएको त्यसको जवाफ सम्बन्धीत अधिकारीहरुले दिनु पर्ने हुन्छ । जनताका गुना संग मुख्यमन्त्री राउतले संचारमाध्यमको प्रयोग गरेर जनतासंग मुख्यमन्त्री नामक कार्यक्रम समेत चलाउने घोषणा गरेका छन ।
 
वाम गठवन्धनको समेत समर्थन प्राप्त गरेका राउतको मन्त्रीपरिषद संग दुई तिहाईको बहुमत छ ।

Thursday, February 22, 2018

दुई नम्बर प्रदेशको फोरम-राजपा सरकारलाई वाम गठबन्धनको समर्थन

दुई नम्बर प्रदेशमा रहेको फोरम राजपा सरकारलाई वाम गठवन्धनमा रहेको एमाले र माओवादीले समर्थन गरेको छ । फोरम राजपाको तर्फवाट लालबाबु राउतको नेतृत्वमा  रहेको मन्त्रीपरिषदले विहिवार संसदमा विश्वासको मत लिदा एमाले र माओवादी समेतले समर्थन गरेको थियो ।  एमाले र माओवादीले समर्थन गरेको पछि राउतसंग दुइ तिहाइ बहुमत पुगेको छ । प्रतिपक्षमा अव काग्रेस मात्रै रहने भएको छ ।

Wednesday, February 21, 2018

दुई नम्बर प्रदेशको मुख्यालय तयार हुदै ।

जनकपुर चुरोट कारखाना (जचुकालि) को चार तले अधिकृत निवास भवनमा प्रदेश २ का चार वटा मन्त्रालय स्थापना गरिएको छ ।  पहिलो तलामा सामाजिक विकास, दोस्रो तलामा आर्थिक मामिला तथा योजना, तेस्रो तलामा आन्तरिक मामिला तथा कानुन र चौथो तलामा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको बोर्ड झुन्डयाइएको छ । मन्त्रालयलाई सुविधासम्पन्न बनाउन कर्मचारी र कामदार खटिएका छन । टेबल–कुर्सी र सोफाले मन्त्रीको कार्यकक्ष सजाइएको छ ।

Tuesday, February 20, 2018

विरगंजका आन्दोलनकारी र दुई नम्बर प्रदेशको सरकार विच संवाद

राजधानीको माग गर्दै आन्दोलनमा उत्रिएका  विरगंजका अगुवाहरु संग दुई नम्बर प्रदेशको सरकारले संवाद सुरु गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलले विरगंजका आन्दोलनकारी संग संग संवाद गर्ने जिम्मा भौतिक मन्त्री जितेन्द्र सोनललाई हिजो मात्रै दिएका थिए । मन्त्री सोनलले जिम्मेवारी पाए पछि मंगलवार दुवै पक्ष विच विरगंजमा संवाद भएको छ ।

Sunday, February 18, 2018

दुई नम्बर प्रदेशमा सरकार विस्तारको तयारी

महान्याधिवक्तामा दिपेन्द्र झा नियुक्त 

फोरम नेपाल र राजाले मिलेर दुई नम्बर प्रदेशमा बनाएको सरकार विस्तार गर्ने तयारी भइरहेको छ । गएको २ गते फोरमको तर्फवाट एक र राजपाको तर्फवाट एक जना गरि मुख्यमन्त्री लालबाबु राउतले ३ सदस्यीय मन्त्रीपरिषद गठन गरेको थियो । मुख्यमन्त्री राउत सहित सात मन्त्रालय रहने दुई नम्बर प्रदेशको सरकारमा ३ तीन जना फोरम र तीन जना राजपावाट मन्त्री बन्ने सहमती दुई पार्टी विच भएको छ । फोरम नेपाल सम्बद्ध स्रोतका अनुसार फोरम नेपालले गृहमन्त्रीमा ज्ञानेन्द्र यादव र कृषीमन्त्रीमा शैलेन्द्र साहलाई सिफरिस गर्ने तयारी गरेको छ । यसको साथै राज्यमन्त्रीहरुमा सरोजसिंह कुशवाहा, योगेन्द्र राय यादव र उषा यादवलाई पठाउने तयारी गरेको छ ।

Thursday, February 15, 2018

दुई नम्बर प्रदेशका मूख्यमन्त्रीले लिए सपथ

पहिलो मन्त्रीपरिषदवाट सहिद परिवारलाई रोजगारी दिने निर्णय ।

दुई नम्बर प्रदेशको मुख्मन्त्रीमा नियुक्त लालबाबु राउतले विहिवार पद तथा गोपनियताको सपथ लिएका छन । विहिवार दुई नम्बर प्रदेशको प्रदेश प्रमुखले एक कार्यक्रमको विचमा मुख्मन्त्री राउतलाई सपथ गराएका थिए । मुख्यमन्त्रीमा राउतको सपथ संगै फोरम नेपाल र राजपाले सिफरिस  गरेको एक एक जनाले समेत मन्त्री पदको सपथ लिएको छ । सपत लिएका मन्त्रीहरुमा फोरम वाट विजय यादव छन भने राजपावाट जितेन्द्र सोनल । यादव आन्तरिक मामला त योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका छन भने सोनल भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन ।

Wednesday, February 14, 2018

लालबाबु राउत मधेश प्रदेशको पहिलो मुख्यमन्त्री

फोरम नेपालका नेता लालबाबु राउतलाई वुधवार प्रदेश नम्बर दुईको मुख्यमन्त्रीमा नियुक्त गरिएको छ । प्रदेश प्रदेश रत्नेश्वर लाल कायस्तले फोरम र राजपाको सिफरिसमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । बुधबार ११ः३० बजे उनलाई जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुख्यमन्त्रीमा नियुक्त भएको नियुक्ती पत्र दिएका हुन्।

Tuesday, February 13, 2018

दुई नम्बर प्रदेशको मुख्यमन्त्रीका लागी लालबाबु राउतको नाउ सिफारिस

सभामुखमा सरोज यादव निर्विरोध 

दुई नम्बर प्रदेशमा मुख्यमन्त्रीका लागी फोरम नेपालका ससदीय दलका नेता लालबाबु राउतको नाउ मंगलवार सिफारिस भएको छ । फोरम र राजपाले मिलेर संयुक्त रुपमा राउतलाई मुख्यमन्त्रीमा नियुक्त गर्न मंगलवार प्रदेश प्रमुख समकक्ष सिफरिस गरेको हो । सोमवार मात्रै प्रदेश प्रमुखको सचिवालयले दलहरुलाई बहुमत पुर्याएर मुख्यमन्त्रीका लागी सिफारिस गर्न भनेको थियो । फोरम र राजपाले मिलेर दुई नम्बर बनाउने लागेको सरकार अनुरुप राउतलाई मंगलवार सिफारिस गरिएको जनाइएको छ । राउतको सपथ विहिवार दिउसो गराउने तयारी प्रदेश प्रमुखले गरिरहेको बताइएको छ ।

यसैगरि फोरम र राजपाले संयुक्त रुपमै सभामुखमा सरोज यादवलाई मंगलवार उम्मेदवार बनाएका थिए । प्रदेशसभाको सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंगलवार सभामुखको उम्मेदवारी दिने समय थियो । राजपाका संसदीय दलका नेता जितेन्द्र सोनल प्रस्ताव र फोरम नेपालका लालबाबु राउत समर्थक रहेको यादवको सभामुख उम्मेदवारी परे पछि उनको विरुद्धमा अरु कसैले उम्मेदवारी नदिएको संसद सचिवालयले जनाएको छ ।

Sunday, February 11, 2018

प्रदेश नम्बर दुईमा सरकार गठनको तयारीमा प्रदेश प्रमुख

फोरम र राजपाले दुई नम्बर प्रदेशमा सरकार बनाउने वारेमा सहमती गरे पछि प्रदेश प्रमुखले यही हप्ता भित्रै मुख्यमन्त्री चयन गर्ने तयारी गरेको छ । हिजो शनिवार मात्रै फोरम र राजपा विचमा सरकार बनाउने भागबन्डामा सहमती भएको थियो । शुक्रवार नै जनकपुर वाट काठमाडौ आएका दुई नम्बरका प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्त भोली सोमवार जनकपुर फर्कदै छन । भोली नै प्रदेशसभाको बैठक समेत डाकिएको छ । भोलीको प्रदेशसभा बैठकले २ गते हुने सभामुख र उपसभामुख चयनको प्रक्रिया सुरु गर्ने संसद सचिवालयले यस अघि नै जनाइ सकेका छन । २ गते सभामुख र उपसभामुख चयन भए पछि ३ गते देखि ५ गते भित्र प्रदेश प्रमुखले मुख्यमन्त्री चयन गर्ने उनी निकटस्त स्रोतको भनाई छ । सबै भन्दा ठुलो दलको हैसियतले फोरम नेपालले पाएको मुख्यमन्त्रीमा उनले यस अघि नै संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरिसकेको छ । फोरमले राउतलाई नै मुख्यमन्त्री बनाउने घोषणा समेत गरिसकेकाले प्रदेश प्रमुखले राउतलाई नै ३ देखि ५ गते भित्रमा मुख्यमन्त्रीमा चयन गर्ने पक्का जस्तै छ ।

Saturday, February 10, 2018

दुई नम्बर प्रदेशमा सरकार बनाउने सम्बन्धमा फोरम-राजपा विच सहमती

दुई नम्बर प्रदेशमा सरकार बनाउन बहुमत ल्याएको फोरम नेपाल र राजपाको मधेशी गठवन्धनले सरकार बनाउने भागबन्डामा सहमती गरेको छ । शनिवार काठमाडौको तिनकुनेमा रहेको फोरम कार्यलयमा बसेको दुवै पक्ष विचको बैठकले मुख्यमन्त्री सहित तीन मन्त्रालय फोरम नेपाललाई र सभामुख सहित तीन मन्त्रालय राजपालाई दिने गरि सहमती गरेको छ । उपसभामुख फोरम नेपालले नै पाउने भएको छ । शनिवारको दुवै पक्षको बैठक पछि फोरम अध्यक्ष उपेन्द्र यादव र राजपाका संयोजक महन्थ ठाकुरद्धारा जारी गरिएको विज्ञिप्त अनुसार फोरमले मुख्यमन्त्री सहित आन्तरितक मामला तथा कानुन मन्त्रालय, आर्थिक तथा योजना र भुमि व्यवस्था तथा कृषी सह्कारी मन्त्रालय पाउने छन । त्यसैगरि राजपाले सभामुख सहित भौतिक पुर्वाधार, समाजिक विकास, उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालय पाउने छन ।

Thursday, February 8, 2018

एक सर्वेक्षण भन्छन- मधेशका ८४.४ प्रतिशत नागरिक संविधान संशोधन चाहन्छन ।

हालै गरिएको एउटा मिडिया सर्वेक्षणले तराई मधेशका बहुसंख्यक नागरिक सविधान संशोधन चाहन्छन भन्ने देखाएको छ । दुई बर्ष अगाडी सविधानसभावाट नयां संविधान जारी तराई मधेशमा त्यसको् विरुद्धमा ६ महिना लामो आन्दोलन भएको थियो । पछि प्रमुख दलहरु आन्दोलनको अगुवाई गरेको मधेशी पार्टीहरुको मुद्धा सम्बोधन नगरिदिदा आन्दोलन त्यतीकै तुहिएको थियो । यद्यपी मधेशी पार्टीहरु त्यस पछि पनि सविधान संशोधनको मुद्धालाई आफनो राजनितीक वटम लाइन बनाउदै आएको छ । त्यही मुद्धाको आधारमा हालै भएको निर्वाचनमा मधेशी पाटीहरुले दुई नम्बर प्रदेशमा बहुमत ल्याएर सम्मानजनक नतिजा ल्याएका छन ।
पढनुस
देशको मूड एकातिर प्रदेश–२ अर्कोतिर

Wednesday, February 7, 2018

राजपाको प्रस्ताव पछि फोरम आन्तरिक छलफलमा

दुई नम्बर प्रदेशको सरकार बनाउने वारेमा मंगलवार फोरम नेपालसंग राजपाले राखेको प्रस्ताव पश्चात फोरम नेपालका शिर्ष नेताहरु आन्तरिक परामर्शमा जुटेका छन । मंगलवार जनकपुरमा भएको दुई चरणको छलफलमा राजपाले राखेको प्रस्तावलाई औपचारिक रुपमा फोरमले स्विकार नगरिकन पछि थप छलफल गर्ने भन्दै बैठकवाट वाहिरिएका थिए । दुई नम्बर प्रदेशको फोरम नेपालको संसदीय दलको नेतामा हालै निर्वाचित भएका नेता लालबाबु राउतले दलानसंग कुरा गर्दै राजपा संग केहि दिन भित्रै सहमती हुने दावी गरे । राउतले भने, मंगलवारको बैठक वारेमा मिडियामा आएको जस्तो हामी विचमा कुरा नमिलेको होईन, राजपा र हामी दुवै पक्षले विभिन्न सम्भावनाहरु माथी कुराकानी गर्यौ । उनले भने, उहाहरुको केहि प्रस्तावहरु नआएको होईन तर त्यस माथी कुनै सहमतीय प्रयास हिजो भएन ।
 
फोरम नेपालले दुई नम्बर प्रदेशको मुख्यमन्त्रीका लागी समेत अघि सारिसकेको नेता राउत पनि जनकपुरवाट विरगंज पुगेका छन भने फोरम अध्यक्ष उपेन्द्र यादव पनि जनकपुर वाटै मंगलवार राती नै काठमाडौ आइसकेका छन । नेता राउतले राजपाका नेताहरु संग दुई तीन दिन भित्रै बस्ने अर्को बैठकमा सहमती हुने दावी गरे ।

Tuesday, February 6, 2018

फोरम - राजपा विचमा सरकार बनाउने प्रस्ताव पेश

राजपाद्धारा दुई सुत्रिय खाका पेश - मुख्यमन्त्री पाउने ले आन्तरिक पर्यटक र उद्योग सहित दुई मन्त्रालय । सभामुख पाउनेले अन्य चार मन्त्रालय । अढाई अढाई बर्षमा आलोपालो 

दुई नम्बर प्रदेशमा सरकार बनाउन तम्सीएको फोरम नेपाल र राजपा विचमा मगलवार बिहानै देखि भएको बैठकमा सरकार बनाउने सहमतीय खाका पेश भएको छ । मगलवार विहान ९ वजे देखि जनकपुरको सिताशरण होटलमा भएको बैठक दिनै भरी गरि दुई चोटी बसेको थियो । विहान ९ वजे देखि बसेको १२ बजे खाना खानका लागी ब्रेक भएको थियो । दिउसो ३ वजे पुन बसेको बैठक दुई दिन पछि पुन बस्ने गरि सकिएको नेताहरुले बताएका छन । बैठक सम्बद्ध स्रोतका अनुसार विहान पहिलो चोटी नै बसेको बैठकमा फोरम नेपाललले राजपासंग कसरी सहमती गर्ने भन्ने प्रस्ताव माग गरेका थिए । त्यस पछि राजपाले दुई नम्बर प्रदेशमा मुख्यमन्त्री देखि सभामुख र मन्त्रीहरु समेतको प्याकेज खाका प्रस्तुत गरेको थियो । राजपाले मुख्यमन्त्री पाउने दलले मन्त्रीपरिषद अन्य दुई ओटा मन्त्रालयहरु आन्तरित पर्यटन र उद्योग मन्त्रालय पाउने र अर्को घटकले सभामुख र अन्य चार ओटा मन्त्रालय पाउने खाका प्रस्तुत गरेको छ । राजपाले त्यसको साथै अढाई बर्ष एउटा पार्टीको मुख्यमन्त्री र अर्को अढाई बर्ष अर्को पार्टीको मुख्यमन्त्री रहने माग भनेको छ ।

Sunday, February 4, 2018

फोरम नेपालको संसदीय दलको नेतामा लालबाबु राउत


दलान नेपाल/ मधेश प्रदेशको पहिलो मुख्यमन्त्री बन्दै राउत 
 
पार्टी भित्रको अन्य आकाक्षीलाई तल पार्दै संघिय समाजवादी फोरम नेपालका नेता लालबाबु राउत दुई नम्बर प्रदेशको दलको नेतामा चयन भएको छ । शनिवार फोरम नेपालको जनकपुरमा बसेको बैठकमा पार्टी भित्र धेरै आकाक्षीहरु देखिए पछि संसदीय दलको नेता चयन गर्न निर्वान समिती गठन गरेको थियो । आइतवार समितीले उम्मेदवारहरुको नाम दर्ता गराउन आब्हान गरेका थिए, जसमा सात जनाले दलको नेताको दावी सहित उम्मेदवारी दिएका थिए । आइतवार अवेर राती नेताहरु विचमा सहमती भए पछि राउत फोरमको दुर्य नम्कर प्रदेशको दलको नेतामा निर्वाीचत भएका हुन । यसको साथै दुई नम्बर प्रदेशमा सरकार बनाउन तम्सिएका फोरम नेपालको तर्फवाट मुख्यमन्त्री समेत राउत नै हुने लगभग निश्चित भएको फोरमले जनाएको छ ।

प्रदेश नम्बर दुईको पहिलो बैठक सम्पन्न


दलान नेपाल /जनकपुरघाम

प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठक आइतबार जनकपुरमा बसेको छ । झण्डै डेढ घण्टा चलेको आइतवारको पहिलो बैठकमा सबैदलका नेताहरुले शुभकामना व्क्तव्य दिएका थिए । जेयष्ठ सदस्य ललन लाल चौधरीको सभापतिव्तमा बसेको पहिलो बैठकले अर्को बैठक २९ गते १ वजेका लागी वोलाएको छ । बैठकले २ फागुनमा सभामुख चयन गर्ने समेत कार्यतालिका सार्वजनिक गरेको छ । आइतवार जनकपुरको कुवारामपुर स्थित शैक्षिक तालिम केन्द्रमा बसेको प्रदेश २ को पहिलो बैठक हेर्नका लागी स्थानियहरुको समेत उत्सुक देखिएका थिए । प्रदेशसभा सचिवालयले बैठकलाई टेलिभिजनहरु मार्फत प्रत्यक्ष प्रसारणको व्यस्था गरेको थियो ।