संशोधनमा मतदान गर्न सवै पार्टीहरुलाई राजपाको लिखित आग्रह

सरकारले संसदमा पेश गरेको सविद्यान संशोधन विद्येयकको छिनोफानो सोमवार लाग्ने भए पछि राजपाले मंगलवार पदाधिकारी बैठक बोलाएको छ । मधेशको माग सम्बोधन हुनेगरी सविद्यान संशोधन नभएको भन्दै यस अघि भएको दुई चरणको स्थानिय तहको निर्वाचनमा राजपा सामेल भएका थिएन । राजपाको माग सम्बोधनका लागी सरकारले सदनमा पेश गरेको संशोधन विद्येयक सोमवार टुगो लागाउने तयारी सरकारले गरेपछि राजपाले मंगलवार ६ भदौमा पदाधिकारी बैठक गर्ने निष्कर्ष निकालेको हो । उक्त पदाधिकारी बैठकले दुई नम्बर प्रदेशमा हुन गइरुहेको स्थानिय तहको निर्वाचनमा राजपाले भाग लिने वा नलिने कुराको टुगो लगाउने राजपा नेताहरुले दावी गरेको छ ।