Monday, July 24, 2017

राजपाद्धारा पदाधिकारी र केन्द्रिय कार्यसमिती बैठकको एजेन्डावारे आन्तरिक छलफल सुरु

आसन्न पदाधिकारी र केन्द्रिय कार्यसमितीको बैठकको एजेन्डा तय गर्ने गरि राष्टिय जनता पार्टी नेपालका नेतृत्वहरुले पार्टीका विभिन्न तहका नेताहरु संग छलफल सुरु गरेका छन । राजपा अध्यक्ष मण्डलले पार्टी दर्ता भएपछि पहिलो पटक पार्टीको पदाधिकारी र केन्द्रिय कार्यसमितीको बैठक आब्हान गरेको छ । आउदो १८ देखि २० गते सम्म केन्द्रिय कार्यसमितीको बैठक २१ गते देखि बस्दै छ । उक्त दुवै बैठकलागी एजेन्डावारे छलफल गर्न राजपाका अध्यक्षद्धय महन्थ ठाकुर र राजेन्द्र महतोले हिजो र आज गरि महासचिव, सहमहासचिव, कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता मध्ये काठमाडौमा उपलब्धहरु संग बैठक गरेका छन । त्यसैगरी भोली र पर्सी वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष,  र उपाध्यक्षहरु संग छलफल गर्न लागेको राजपाले जनाएको छ । यो दुवै छलफल पछि राजपाका अध्यक्ष मण्डल बसेर पदाधिकारी र केन्द्रिय कार्यसमिती बैठकको एजेन्डा तय गर्ने छन ।


पछिल्लो तथ्यांक अनुसार राजपामा वरिष्ठ नेता तीन जना, वरिष्ट उपाध्यक्ष आठ जना, उपाध्यक्ष २४ जना  छन । त्यसैगरि  महासचिव ३१ जना, सहमहासचिव ३४ जना, सचिव १२ जना, कोषाध्यक्ष ५ जना, सहकोषाध्यक्ष २ जना, प्रवक्ता ६ जना र सहप्रवक्ता ६ जना छन ।

राजपाका एकजना प्रवक्ता संतोष मेहताका अनुसार हिजो र आज गरि राजपाका अध्यक्ष मण्डलका संयोजक ठाकुर र महतोले महासचिव देखि सहप्रवक्ता सम्म मिलाएर ५५ देखि ६० जनाको सहभागी थियो ।

अध्यक्ष मण्डललाई एजेन्डाको सल्लाह दिने क्रममा नेताहरुले पार्टीको सुढृढिकरण देखि राजनितीक एजेन्डा सम्मको वारेमा सल्लाह दिएका थिए । एक नेताका अनुसार हिजो र आज गरि एजेन्डाको वारेमा अध्यक्षद्धयलाई सल्लह दिने मध्ये आधा जतीले निर्वाचनमा जानु पर्ने र आधाजतीले निर्वाचन वहिष्कार गरेर आन्दोलनमा जानु पर्ने राय दिएका थिए ।

राजपाले आफुहरुको माग सम्बोधन नभएको भन्दै अहिले सम्म भएको दुई चररणको स्थानिय तहको निर्वाचन बहिष्कार गरेका छन । मधेशको पुर्ण बाहुल्य रहेको २ नम्बर प्रदेशमा सरकारले आउदो २ असोजमा निर्वाचन गराउने मिती घोषणा गरेको छ । निर्वाचन आयोगले हालै उक्त तेस्रो चरणका लागी कार्यतालिका समेत सार्वजनिक गरेको छ । यद्यपी राजपाले भन्दै आएको संविधान संशोधन सहितका मुद्धाहरु सम्बोधन हुने वा नहुने निश्चितता देखिएको छैनन । यस्तो अवस्थामा राजपा २ नम्बर प्रदेशको निर्वाचनमा जान्छ कि जादैन भनेर चौतर्फी जिज्ञासाहरु व्याप्त देखिन्छ । यस अघि राजपाले आफुहरुको माग सम्बोधन नगरेर सरकार निर्वाचनमा नगए आन्दोलनमा जाने चेतावनी दिने गरेका थिए ।

२ नम्बरको प्रदेशमा हुन लागेको निर्वाचनको सन्दर्भमा आउदो पदाधिकारी र केन्द्रिय कार्यसमिती बैठक विस्तृत रुपमा छलफल हुने राजपा स्रोतको भनाई छ । सबै केन्द्रिय सदस्य देखि जिल्लातहका अध्यक्ष मण्डलका सबै सदस्यहरुको अनिवार्य उपस्थित रहने राजपाको विस्तारित बैठककमा नेतृत्वले स्थानिय स्तरको मनसाय बुझने र त्यसको आधारमा मात्रै अगामी रणनिती तय गर्ने राजपाका शिर्ष नेताहरु बताउछन ।

2 comments:

  1. FINANCIAL RESTORATION: fundingloanplc@yahoo.com

    Hello am Nathan Davidson a businessman who was able to revive his dying business through the help of a Godsent lender known as Jason Raymond the CEO of FUNDING CIRCLE INC. Am resident at 1542 Main St, Buffalo, NY.. Well are you trying to start a business, settle your debt, expand your existing one, need money to purchase supplies. Have you been having problem trying to secure a Good Credit Facility, I want you to know that FUNDING CIRCLE INC. is the right place for you to resolve all your financial problem because am a living testimony and i can't just keep this to myself when others are looking for a way to be financially lifted.. I want you all to contact this Godsent lender using the details as stated in other to be a partaker of this great opportunity Email: fundingloanplc@yahoo.com OR Call/Text +14067326622

    ReplyDelete
  2. CONTACT PROSPER LOAN AND BE FOREVER PROSPEROUS :- prosperloanplc@gmail.com or call +1(205) 224-8709 .

    Greetings to everyone, Life they say is full of deceit. No torture and pain can be compare to what i Theresa L. Bernard experience in the hands of scammers, I trusted the words of those fake loan lenders without verifying, I lost more than $12,500 in the quest of obtaining a loan i sold my car defaulted in my bills but i keep on falling victim my life has been piece of trash full of mess. My kids dropped out of school, My bank denied me credit because my credit score was down already. Until last week a very close friend told me that she got a loan from PROSPER LOAN PLC that i should also give it a try. Not having an option I contacted them with a heart full of sorrow and skepticism i shyly follow their procedures comply to their policy, I was waiting for the bad news like every other loan company i contacted gave me then i receive a credit alert that my bank account has been credited with $250,000 which i initially applied for instantly tears of joy roll out of my eyes because I never believe it will come through. Whenever you are in need of any kind of loan don't be a prey and contact the one true loan company via their information. Email: prosperloanplc@gmail.com or Call +1(205) 224-8709. And receive your financial breakthrough.

    ReplyDelete