Tuesday, July 18, 2017

राजपाको ३२ बुदे घोषणा पत्र - स्वायत्ता देखि नागकिता हुदै गैरसरकारी संस्थाको कुरो

६ ओटा मधेशी पार्टीहरुले एकिकरण गरेर निर्माण भएको राष्टिय जनता पार्टी नेपाल हालै निर्वाचन आयोगमा दर्ता भएको छ । राजपा नेपाल दर्ताका लागी हाल तयार पारेको पार्टीको घोषणा पत्रले ३२ कुरामा प्रतिबद्धता व्यक्त गरेको  छ । आयोगमा दर्ता हुनु भन्दा महिनौ आन्तरिक मतभेदका कारण पनि राजपाको विद्यान र घोषणा पत्रलाई चासो पुर्वक हेरिएको थियो । सार्वजनिक रुपमै आएको विवादको कुरा अनुसार राजपाले आफनो घोषणा पत्रमा मधेश आन्द्योलनको रुपमा रघुनाथ राय देखि नेपाद सदभावना परिषद, नेपाल सदभावना पार्टी, फेरम नेपाल देखि तमलोपा सहित फोरम गणतान्त्रिकको अस्तीत्वलाई स्विकार गरेको छ । यसको साथै राजपाले आफनो घोषणा पत्रमा स्वायत्तताको देखि नागरिकता, भाषा, परराष्ट निती, मौलिक हक देखि सुचनाको हक सम्मको कुरा गरेको छ । उत्तरी छिमेकीको वारेमा खासै टिप्पणी नगर्ने गरेको मधेशी पार्टीहरुको परिपाटीलाई तोडदै राजपाले चिनसंगको सम्बन्धलाई अझै व्यहवारिक बनाउनु पर्ने माग गरेको छ । यद्यपी उनले भारसंगको विशेष सम्बन्धलाई प्राथमिकतामा राखेको देखिन्छ ।
पढनुस राजपाको घोषणा पत्रको पुर्ण अंश-


पृष्ठभूमि ः
दलित, मुस्लिम, पिछडा वर्ग लगायतका मधेशी, थारु सहितका आदिवासी जनजाति, तराईका अल्पसंख्यक, पहाडका दलित, पिछडिएका क्षेत्रका जनता आप्mनै देशभित्र सदियौं देखि विभेदका शिकार हुंदै आएको तथ्य सर्वविदितै छ । राज्यसत्ताको मूलप्रवाहबाट बाहिर पारिएका ती नागरिकहरु सबै प्रकारका विभेद तथा शोषणको विरुद्घ पहिचान, पहु“च, प्रतिनिधित्व, प्रदेश र प्राकृतिक श्रोत एवं राजस्व बाडफ“ाडमा अग्राधिकारका लागी संघर्षरत रहदैं आएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना संगै नय“ा नेपालको खाका कोरिनलाग्दा समेत यी सामाजिक समुहहरुले आफु पुनः अधिकार बाट वञ्चित हुने आशंकामा बँंचिरहेका छन् । विभिन्न बहानामा यिनीहरुको समस्या समाधान नै नगरी शान्ति, लोकतन्त्र, अधिकार र विकासका मुद्दाहरु धारासायी पो हुने हो कि भनि चिन्ता बढदै गइरहेको वर्तमान परिस्थितिमा उक्त कार्यहरुलाई समय भित्रै सम्पन्न गर्न दवाव दिदैं सबै प्रकारका विभेदका विरुद्ध उक्त सामाजिक समूहहरुका पहिचान, पूर्णसमानुपातिक प्रतिनिधित्व र समावेशीकरण साथै शान्ति प्रक्रियाको पुर्णता, देशमा पूर्ण लोकतान्त्रिक एवं संघीय शासन प्रणालीको सुनिश्चितताकालागि यस राष्ट्रिय जनता पार्टी नेपालको स्थापना गरिएको हो । विगतमा विभेदका विरुद्ध पहिचान, सामाजिक न्याय एवं समानताका पक्षमा भएको मधेश आन्दोलन, थरुहट आन्दोलन, जनजातिहरुको आन्दोलन, मुस्लिम आन्दोलन लगायतका आन्दोलनकारी पक्षसंग राज्यले सम्झौता ग¥यो । सम्झौताका बावजुद आन्दोलनका मुद्दा आजसम्म सम्बोधन नगरिनुले उनीहरुका मुद्दालाई विभिन्न प्रकारले षडयन्त्र रचेर समाप्त पार्ने सम्भावना बढदै गएको छ ।

मधेशी, थारु, मुस्लिम, अदिवासी जनजाति, शिल्पी, दलित लगायत सबैलाई समान अधिकार, सम्मान र पहिचानको अनुभुति हुने गरि परिवर्तनका निमित्त नेपालको समतावादी आन्दोलनलाई संगठित रुपमा अग्रसर गर्ने प्रयास स्वरुप, स्व. रघुनाथ राय, स्व.रघुनाथ ठाकुर लगायत द्वारा गरिएको को समानता र स्वायत्तताको आन्दोलनहरु, बि.स. २००८ साल देखि मधेशी जनताको अधिकार प्राप्तीको लागी भएको निरन्तरको आन्दोलन, बि.सं २०४० देखि स्व.गजेन्द्रनारायण सिंह, स्व. बाबा रामजनम तिवारी लगायतको नेतृत्वद्वारा स्थापित नेपाल सदभावना परिषद देखि नेपाल सदभावना पार्टी सम्मको आन्दोलन यात्रा तथा प्रातः स्मरण्ािय शहीदहरुको शहादतले सिन्चीत मधेश विद्रोह र मधेश आन्दोलनहरुलाई नेतृत्व गर्दै आएका मजफो नेपाल, तराई–मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेश सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी तथा मधेशी जनअधिकार फोरम(गणतान्त्रिक) लगायत दलको नेतृत्वमा पहिचान,स्वाभिमान,पहुंच,समानुपातिक प्रतिनिधित्व र समावेशिकरण सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल राज्यको रुपान्तरण र शासन प्रणालिको सुनिश्चितताका लागि जारी प्रयासको क्रममा सिमान्तिकृत एवं उत्पिडितहरुको वृहत राजनीतिक शक्तिको निर्माणको अनिवार्यताको आम स्वीकारोक्तीलाई मन्न गर्दै,


सदियौंंदेखि भइरहेको राजनीतिक, आर्थिक, सामाजिक, भाषिक, सांस्कृतिक, लैंगिक, सामुदायिक र क्षेत्रीय विभेद र शोषणलाई समूल अन्त्य गरी लोकतान्त्रिक संघीय गणतन्त्रात्मक समतामुलक समाजको स्थापना गर्नु नै राष्ट्रिय जनता पार्टी नेपालको मूल लक्ष्य हो ।

विभेद विरुद्धका आन्दोलनकारीहरुका माग र समग्र देशवासीको भावनाका साथै त्यसको वैज्ञानिक र तार्किक आधार तय गरि समग्र जनइच्छा र चाहनालाई परिपूर्ति गर्न तथा देशमा संघीय गणतन्त्र सहितको लोकतन्त्रको संस्थागत विकासका लागि जनदबाब सृजना गर्दै लोकतान्त्रिक पद्धतीको माध्यमबाट बिभेद रहित समता मुलक समाजको स्थापना गर्ने पार्टीको उद्देश्य प्रति हामी विश्वस्त छौं ।


उद्देश्य ः
राजनीतिक, आर्थिक, सामाजिक, भाषिक, सॉंस्कृतिक, लैंगिक, धार्मिक, सामुदायिक, क्षेत्रीय र जातिय  भेदभाव तथा शोषणको समूल अन्त गरी शान्ति, लोकतन्त्र, पहिचान, संघीय शासन प्रणाली, पूर्णसमानुपातिक प्रतिनिधित्व, समानताको अधिकारयुक्त समावेशी एवं लोकतान्त्रिक संघीय गणतन्त्रात्मक  समतामूलक समाजको स्थापना गर्नु नै राष्ट्रिय जनता पार्टी नेपाल को मूल उद्देश्य हो ।


१.  स्वायत्तता ः
राष्ट्रिय जनता पार्टी नेपाल संघीय शासनलाई सह–शासन र प्रादेशिक शासनलाई स्वशासनको रुपमा पारिभाषित गरेको छ । सबै प्रदेशलाई आ–आफ्नो प्रदेशको मामिलामा स्वायत्तता प्राप्त हुने अधिकार हुनुपर्दछ । मुद्रा, प्रतिरक्षा र विदेश मामिलाको अतिरिक्त सम्पूर्ण अधिकारहरु प्रदेशको अधिकारको सूचिमा पर्नु पर्दछ । यो  पार्टी स्वायत्ततालाई एकिकृत देश भित्र प्रादेशिक शासनलाई सबल, सक्षम, आत्मनिर्भर बनाउने अधिकारको रुपमा पारिभाषित गर्न चाहन्छ ।

२. संघीय लोकतान्त्रिक गणतन्त्र ः
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, लोकतन्त्रको संस्थागत विकासको लागि अपरिहार्य छ , जो सामुदायिक सौहार्द एवं सामाजिक सामंजस्यताको सम्वद्र्धन गर्दछ । संघीय लोकतान्त्रिक गणतन्त्रमा मात्र देशका सबै जाति, समुदाय तथा वर्गका ब्यक्तिले आफनो मौलिक अधिकार एवं नागरिक हकको प्रत्याभूति पाउन सक्दछन् । लोकतन्त्रको संस्थागत विकासका लागि पनि संघीय शासन प्रणाली एवं गणतान्त्रिक मुल्य र मान्यताको प्रत्याभुति आवश्यक हुन जान्छ । अतः यो पार्टी देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा आप्mनो प्रष्ट मान्यता प्रकट गर्दछ ।
 
३.राष्ट्रपति ः
आलंकारिक राष्ट्रपति देशको राष्ट्रप्रमुख हुने व्यवस्थालाई अंगिकार गर्दै राष्ट्रपतिको चुनाव संघीय ब्यवस्थापिका एवं प्रान्तीय ब्यवस्थापिकाको सदस्यहरु मतदाता हुने गरी अप्रत्यक्ष निर्वाचन विधि द्वारा गर्ने पक्षमा यो पार्टी रहेको छ ।
 
४.प्रधानमन्त्री ः
यो पार्टी संघीय व्यवस्थापिकाको तल्लो सदनमा बहुमत प्राप्त राजनीतिक दलका नेतालाई राष्ट्रपतिले देशको प्रधानमन्त्रीमा नियुक्ति गर्ने प्रावधानको पक्षमा रहेको छ । प्रधानमन्त्री नै देशको कार्यकारी प्रमुखको रुपमा रहनु नेपाल जस्तो विविधतायुक्त देशको लागी समुचित व्यवस्था हो ।
 
५.प्रदेश प्रमुखः
प्रत्येक प्रदेशमा एउटा प्रदेश प्रमुखको व्यवस्था हुनुपर्दछ । यो पार्टी संघीय सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रदेश प्रमुखको नियुक्ति हुनु पर्ने पक्षमा रहेको छ ।
 
६.मुख्यमन्त्री ः
प्रादेशिक बिधायिकामा रहेको विधायकहरुको बहुमत प्राप्त राजनीतिक दलका नेतालाई प्रदेश प्रमुखले प्रदेशको मुख्य मन्त्रीमा नियुक्ति गर्ने व्यवस्थाको पक्षमा यो पार्टी रहनेछ । प्रदेशको कार्यकारी अधिकार मुख्यमन्त्रीमा निहित रहनु पर्दछ ।
 
७. निर्वाचन प्रणाली ः
 शासन संचालनका लागि हुने संघीय ब्यवस्थापिका र प्रान्तीय ब्यवस्थापिका प्रत्यक्ष एवं समानुपातिक दुबै प्रणालीको प्रयोग हुने मिश्रित निर्वाचन प्रणाली अवलम्बन गर्ने पक्षमा यो पार्टी रहेको छ । स्थानीय निकायहरु प्रत्यक्ष र निर्दलीय पद्धतीबाट हुनेछ ।
 
८. संघीय शासन व्यवस्था ः
नेपालको अन्तरिम संविधानले समेत संघीय शासन ब्यवस्थालाई आत्मसात गरिसकेको अवस्थामा यस संघीय शासन व्यवस्था अन्तर्गत देशलाई हिमाली तथा पहाडी क्षेत्रमा त्यहाँका जनचाहना बमोजिम र तराई क्षेत्रमा  मधेश थरुहट स्वायत्त प्रदेश अन्तर्गत पूर्वमा मधेश प्रदेश तथा पश्चिममा थरुहट प्रदेश एवं आवश्यकता अनुसारको स्वायत्त क्षेत्र सहित प्रदेशको पक्षमा यो पार्टी रहेको छ । ती प्रदेशहरुलाई भाषा, संस्कृति एवं समुदायको सघनताको आधारमा विभिन्न स्वायत क्षेत्रहरुमा विभाजित गरि स्वायत्त क्षेत्रको स्थापना गरिनेछ । स्वायत क्षेत्रहरु प्रदेश प्रति उत्तरदायी र त्यहींबाट बन्ने नियमानुसार संचालित हुनेछन् ।
 
९. स्वतन्त्र न्यायपालिका ः
न्यायपालिका एउटा स्वतन्त्र न्यायिक निकायको रुपमा स्थापित गर्नु पर्दछ । यो स्वतन्त्र, निष्पक्ष, कानुन एवं संविधानको मूल ब्याख्याताको रुपमा स्थापित हुनुपर्दछ । सर्वोच्च न्यायालय, प्रादेशिक न्यायालय र स्थानिय न्यायालय गरी तीन तहको न्याय प्रणाली स्थापित गरिनु सान्दर्भिक हुने साथै विभिन्न प्रयोजनहरुको लागि तत् तत् प्रयोजनसंग सम्बन्धित त्यसै प्रकृतिका विशेष न्यायालयहरुको ब्यवस्था गरिनु पर्दछ ।


१०. मौलिक हक र मानवअधिकार ः
क) मौलिक हक ः
संविधानमा उल्लेखित बिभिन्न प्रकारका नागरिक हक, मानवअधिकार, बालअधिकार, महिला एवं धार्मिक अल्पसंख्यक सहित अन्य सामाजिक हक, अभिव्यक्ति स्वतन्त्रता, संगठित हुने, पार्टी खोल्ने, संघ–संस्था खोल्ने प्रकाशन–प्रसारण, बसोबास, सम्पति राख्न र खरीद गर्ने अधिकार, सूचनाको अधिकार, देश–विदेशमा आबत–जाबत, सवै नागरिकले समान रुपमा उपभोग गर्न पाउनु पर्ने व्यवस्थाको प्रत्याभूति गरिनु पर्ने व्यवस्थाको पक्षमा यो पार्टी रहेको छ  ।
ख) मानवअधिकार ः
प्रत्येक नागरिकको मानवअधिकारको संरक्षण र सम्बद्र्धन गर्नु राज्यको दायित्व हुने भएकाले राष्ट्रिय मानव अधिकार आयोगको दक्षता एवं क्षमता अभिवृद्धि गर्नुको साथ साथै उक्त आयोगको सिफारिस कार्यान्वयन गर्ने सरकारी निकायको लागि बाध्यकारी ब्यवस्था हुनु पर्ने प्रावधानको पक्षमा यो पार्टी रहेको छ ।
 
११. प्रेस स्वतन्त्रता ः
प्रेस स्वतन्त्रता कुनै पनि लोकतान्त्रिक मुलुकको लागि अपरिहार्य हो । राज्य, सरकार, राजनीतिक दल र समाजका बिभिन्न पक्षहरुलाई निष्पक्ष र भयरहित राख्नका लागि प्रेस जगतलाई प्रोत्साहित गरिनु पर्दछ । राज्यको चौथो अंगको रुपमा प्रेस जगतलाई विकसित गर्दै राजनीतिक दल र सरकारी हस्तक्षेपवाट मुक्त राख्ने पक्षमा यो पार्टी दृढता व्यक्त गर्दछ ।
 
१२. राष्ट्रिय जनगणना ः
वि.सं. २०६८ मा देशमा राष्ट्रिय जनगणना हुन भएको छ । विगतमा यसमा धेरै नै उदाहरणीय त्रुटीहरु पाईएको छ । अतः नयां जनगणनामा देशको सही तथ्यांक जनसमक्ष ल्याउनका लागि स्थानीय ब्यक्तिहरुको सहभागितामा एवं सम्बन्धित क्षेत्रका कर्मचारीको सहयोगमा नै कम्प्युटर पञ्जीकरणको माध्यमबाट सही गणना गरि सत्य तथ्य जनसमक्ष ल्याउनु पर्ने पक्षमा यो पार्टीरहेको छ ।
 
१३. भाषा तथा संस्कृति ः
राज्यद्धारा हाल सम्म एकांकी स्वरुपको एक भाषा एवं एउटै संस्कृतिलाई संरक्षण, सम्बद्र्धन एवं प्रोत्साहन मिल्दै आएको तथ्य सर्वविदितै छ । नेपालमा भिन्न सांस्कृतिक रुपले अत्यन्त समृद्ध दलित, मुस्लिम, पिछडा वर्ग लगायतका मधेशी, थारु सहितका आदिवासी जनजाति, तराईका अल्पसंख्यक, पहाडका दलित, पिछडिएका क्षेत्र एवं आदिवासी जनजातिहरुका सांस्कृतिक पहिचान, ऐतिहासिक एवं पुरातात्विक महत्वका स्थलहरु र वस्तुहरुको विशेष व्यवस्था अन्तर्गत संरक्षण एवं सम्बद्धर्न गरिनु पर्दछ ।
 
१४. परराष्ट्र सम्बन्ध ः
यो पार्टी राष्ट्रीय स्वाधीनता र देश हितलाई ध्यानमा राख्दै विश्वमा शान्ति, समुन्नति र सद्भावको संरक्षण एवं सम्बद्र्धन, राष्ट्र संघको वडापत्र, पञ्चशीलको सिद्धान्तलाई अवलम्बन गर्दै असंलग्न परराष्ट्र नीतिमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धको हिमायती छ । संयुक्त राष्ट्रसंघ, सार्क एवं अन्य बहुपक्षीय र  द्विपक्षीय संगठन सदस्य देशको रुपमा नेपालद्वारा हस्ताक्षरित र ग्रहण गरिएको दायित्वलाई स्वीकार गर्दै व्यवहारिक, श्रृजनात्मक र राष्ट्रहित अनुरुप यसलाई सर्वमान्य बनाउन यो पार्टी प्रतिवद्ध छ । छिमेकी मित्र राष्ट्र भारत संगको प्राकृतिक र सांस्कृतिक एवं विशेष सम्बन्धलाई अझ उच्च र व्यवहारिक बनाइनु पर्ने पक्षमा यो पार्टी रहेको छ । साथै मित्र राष्ट्र चीन संगको सम्बन्धलाई पनि अझ बढी ब्यवहारिक बनाइनु पर्ने पक्षमा यो पार्टी रहेको छ । विश्व व्यापार संगठन सहित अन्य अन्तर्राष्ट्रिय संगठनहरुद्वारा अल्पविकसित देशहरुलाई दिइने सहुलियत र छुटको सदुपयोग एवं विदेशी सहायताको उपयोग सम्वन्धी नीतिलाई समुचित कार्यान्वयन गरिनुपर्दछ ।

१५. सुरक्षा निकाय ः
राज्यद्धारा विगतमा गरिएका भेदभावपूर्ण नीतिका कारण नेपाली सेनामा मधेशी थारु, दलित, मुस्लिमहरुलाई स्थान दिइएन । सेनामा यी जाती तथा समुदायहरुको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउंदै अन्य बर्ग तथा जातीलाई समेत राष्ट्रिय सेनामा समानुपातिक प्रतिनिधित्वको पक्षमा यो पार्टी रहेको छ । जनपद तथा सशस्त्र प्रहरी बलमा पनि मधेशी, थारु, दलित, मुस्लिमहरुको साथै पहाडका दलित तथा जनजातिलाई समानुपातिक रुपमा स्थान दिनु पर्दछ ।


१६. धार्मिक स्वतन्त्रता ः
यो पार्टी धर्मलाई व्यक्तिगत आस्थाको विषयको रुपमा स्वीकार गर्दछ । अतः प्रत्येक व्यक्तिलाई आफुले रोजेको धार्मिक आस्था र मत अनुसारको धार्मिक स्वतन्त्रताको उपयोग र उपभोग गर्न पाउने अधिकार सुरक्षित रहनु पर्दछ ।
 
१७. शिक्षा ः
शिक्षाको माध्यम व्यक्तिले रोजेको भाषाको आधारमा राज्यले उपलब्ध गराउनु पर्ने प्रावधानको संबैधानिक सुनिश्चितता हुनुपर्दछ । स्नातक तहसम्म निःशुल्क शिक्षा र समाजका अति पिछडिएका वर्गहरुका लागि निःशुल्क उच्च शिक्षा र गरिबहरुलाई विशेष छात्रवृति उपलब्ध गराईनु पर्दछ । प्राविधिक एवं व्यवसायिक शिक्षालाई विशेष ग्राहयता प्रदान गरिनुपर्दछ । निजी तथा सरकारी विद्यालयहरुको पाठ्यक्रमहरुलाई समन्वित रुपमा विकास गरिनु पर्ने आवश्यक देखिन्छ ।
 
१८. स्वास्थ्य ः
देशका प्रत्येक नागरिकको लागि राज्यकोषबाट सहज, सरल एवं निःशुल्क प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइनुपर्दछ । सामुदायिक स्वास्थ्य सेवालाई आत्मनिर्भर र सर्वसुलभ बनाउनका लागि आयुर्वेद, सिद्धयुनानी, होमियोपैथिक र प्राकृतिक चिकित्सा पद्धतिलाई प्रोत्साहित गरिनु पर्दछ । स्वास्थ्य संस्था र अस्पतालमा उत्पन्न असन्तुलनलाई कम गर्ने उद्देश्यले चिकित्सक र स्वास्थ्यकर्मीको सेवालाई सम्मानजनक बनाउने र मातृशिशु सम्वन्धि तथा जीवनदायी औषधीहरुलाई करमुक्त गरिनु पर्दछ ।
 
१९. सामाजिक परिवर्तन ः
यो पार्टी समाजमा व्याप्त सबै प्रकारका विकृतिहरुको उन्मुलन गर्दै अग्रगामी र प्रगतिशिल समाज निर्माणको पक्षमा रहेको छ । प्रत्येक जाती, वर्ग, सम्प्रदायको पुरातन परम्परालाई सम्मान प्रकट गर्दै परिवर्तित समय अनुसार सामाजिक रुपान्तरणलाई समेत आत्मसात गर्नु पर्ने आवश्यक रहेको हाम्रो निष्कर्ष हो । समाजका सबै वर्गको समाजिक सुरक्षाको बैधानिक र कानुनी मान्यताको पक्षमा यो पार्टी रहेको छ ।

क) महिला ः
देशको  कुल जनसंख्याको आधा हिस्सा महिलाको भए पनि उनीहरुलाई राज्य तथा समाजको कुनै पनि निकाय एवं स्थानमा समानुपातिक प्रतिनिधित्व गराइएको छैन । महिलालाई  समाज, अर्थतन्त्र एवं राज्यको प्रत्येक अंगमा विशेष अधिकार सहित समान सहभागिता सुनिश्चित गरिनुपर्दछ । देशको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सहित राज्यसत्ताका सबै अंग, सेना, प्रहरी र कर्मचारी प्रशासनमा मधेशी महिलाको साथ साथै पहाडका दलित एवं  जनजाति महिलालाई पनि समानुपातिक सहभागिता कायम गराउने नीतिको पक्षमा यो पार्टी रहेको छ । 
ख) दलित  ः
नेपालमा दलितहरु राज्यद्धारा मात्र नभै समाजका कथित उच्च जाति एवं वर्गद्धारा समेत शोषित एवं अपहेलित भई छुवाछुत लगायत विभिन्न प्रकारका भेदभावको शिकार हुंदै आएका छन । दलितहरु संग हुने सबै प्रकारका विभेदलाई पूर्णतया अन्त्य गरि देशलाई छुवाछुत मुक्त देश घोषणा गराई राज्य सत्ताका सबै निकायहरुमा पहाडी दलित तथा मधेशी दलितहरुलाई विशेष अवसर दिलाउन यो पार्टी कटिबद्ध छ  ।
ग)  आदिवासी जनजाति ः
तराईमा सदियौं देखि बस्दै आएका थारु, राजबंशी, झाँगड, सतार जस्ता प्रमुख जनजाति एवं पहाडी क्षेत्रमा बस्ने शेर्पा, गुरुङ्ग, मगर, तामाङ्ग, राई, लिम्बु, भोटे जस्ता जनजातिहरु देशको मुलप्रवाहमा रहेको जाति एवं वर्ग द्धारा सताईएका छन् र उनीहरुसित अझसम्म पनि बिभेद भईरहेको यथार्थ हामी सबैलाई थाहा नै छ । यो पार्टी आदिवासी जनजातिलाई राज्यसत्ताको प्रमुख अंग मान्दै उनको भाषा, संस्कृति, सभ्यताको संरक्षण तथा सम्वद्र्धनका साथसाथै राज्यको प्रत्येक तह र निकायमा उनीहरुको समानुपातिक प्रतिनिधित्व दिलाउन कटिवद्ध छ ।
 घ) दुर्गम क्षेत्र ः
यो पार्टी देशको कुनै पनि भू–भागमा बस्ने नागरिक प्रति कुनै पनि किसिमको पूर्वाग्रह नराखी समुन्नत राष्ट्र निर्माणकोलागि पिछडिएको दुर्गम क्षेत्रलाई पनि देशका अरु क्षेत्र सरह यातायात, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता अवसरहरु प्रदान गराउन उक्त क्षेत्रमा विशेष ब्यवस्था गर्नु पर्ने प्रावधान प्रति प्रतिवद्ध छ ।


ङ) मुस्लिम एवं अन्य धार्मिक अल्पसंख्यक ः
धार्मिक स्वतन्त्रतायुक्त देश नेपालमा सवै धर्मावलम्बीहरुलाई आ–आफ्नो धर्म मान्ने समान अधिकार छ । मुस्लिम धर्मावलम्बी मधेशी जनसंख्याको एक महत्वपूर्ण अंग रहेकोछ । सबै धर्म प्रति समान आदर राख्दै मुसलमान, सिख, इसाई, बौद्ध सहित अन्य अल्पसंख्यक धार्मिक समुदायहरुको धार्मिक आस्था रक्षार्थ यो पार्टी कटिवद्ध रहेको छ ।
च) हिमाली तथा अन्य अल्पसंख्यक जाती ः
प्राकृतिक सुन्दरताको धनी हिमाल प्रदेशमा बसोवास गर्ने हिमाली समुदाय भौगोलिक एवं प्राकृतिक कारणले पछाडी परेको छ । राष्ट्रिय जनता पार्टी नेपाल  हिमाली तथा अन्य अल्पसंख्यक जातीको संस्कृति, सभ्यता, भेष–भूषाको उत्थान एवं अन्य समस्याहरुको समाधान गर्न प्रतिबद्ध छ ।
छ) गैर–आवासीय नेपाली ः
विदेशमा गई स्थायी निवासी बनिसकेका नेपालीलाई नेपालमा लगानी, सामाजिक सुरक्षा, संरक्षण र लामो अवधिको आवासिय व्यवस्थापनकालागि यो पार्टी प्रतिवद्ध छ ।
ज) श्रमिक मजदुर र सामाजिक सुरक्षा ः
खेतीहर, उद्योगी, घरेलु, असंगठित, अपरिभाषित एवं अन्य सवै क्षेत्रका मजदुरहरुको जिविकोपार्जन तथा सामाजिक सुरक्षाकोलागि यो पार्टी विशेष योजना वनाएर कार्यान्वयन गर्ने पक्षमा छ ।
झ) जेष्ठ नागरिक ः
जेष्ठ नागरिकको सम्मान, सुरक्षा, स्वास्थ्य, जिविकोपार्जन एवं सामाजिक सुरक्षाको लागि यो पार्टी वृद्धाश्रम एवं अन्य विशेष कार्यक्रम बनाई कार्यान्वयन गर्नु पर्ने पक्षमा रहेको छ ।
ञ) लैङ्गिक अल्पसंख्यकः
लैङ्गिक अल्पसंख्यकको पहिचान, प्रतिनिधित्व एवं सामाजिक सुरक्षाको साथै उनको सम्मानजनक स्थिति प्रति यो पार्टी विशेष ध्यान दिनु आवश्यक रहेको ठान्दछ ।
ट) भूमिहीन कम्लहरी एवं कमैया ः
वास्तविक भूमिहीनहरुको पहिचान गरेर नक्कली भूमिहीनहरुको स्थानमा स्थापित गरिनु पर्दछ । गरीब, भूमिहीन, कमैया र कम्लरीको सामाजिक सुरक्षा, जिविकोपार्जन एवं पुर्नस्थापना प्रति यो पार्टी प्रतिवद्ध छ ।
ठ) वादी एवं अन्य सिमान्तकृत समुदाय ः
वादी एवं अन्य सिमान्तकृत, अल्पसंख्यक एवं लोपोन्मुख वर्ग, समुदाय र पेशाकर्मीको पुर्नस्थापन, संरक्षण, विकास एवं सामाजिक सुरक्षाका साथै सम्मानजनक जीवनको लागि विशेष कार्यक्रम संचालन गर्न यो पार्टी प्रतिबद्ध छ ।
ड) बाल अधिकार ः
बालबालिकाहरुको स्वास्थ्य, सुरक्षा, लालनपालन, शिक्षा एवं मनोरञ्जनको समुचित व्यवस्थाको लागि आवश्यक कानुनी व्यवस्थाको लागी यो पार्टी प्रतिवद्ध छ । बालश्रमिक, सडक बालबालिका, द्वन्दको चपेटामा फसेका बालबालिकाहरु र अभिभावकविहिन बालबालिकाहरुको लागि विशेष व्यवस्था गर्न यो पार्टी प्रतिबद्ध छ ।

ढ) पिछडा वर्ग ः

मधेशका बिभिन्न जातिगत समुहहरु मध्येका एक समुह पिछडा वर्ग आर्थिक, सामाजिक एवं जातिगत रुपमा पिछडिएकोले यो वर्गको उन्नति एवं विकासको लागि राष्टिय जनता पार्टी प्रतिबद्ध रहेको छ । पिछडा वर्गको उत्थानकोलागि सबै प्रयासरत रहनेछन ।,
 
२०. गरिबी निवारण र रोजगारी प्रवद्र्धन ः
प्रचुर प्राकृतिक साधन र श्रोतका बाबजुद पनि नेपाल विश्वका गरिब देशहरुको श्रेणीमा रहेको छ । प्राकृतिक श्रोत र साधनहरुको प्रचुर दोहन गर्दै गरीबी न्यूनिकरण गरी रोजगारी श्रृजना गरिनु पर्दछ । शिप विकास तथा स्वरोजगार कार्यक्रम संचालन र बेरोजगार सेलको स्थापना गरी संकलित तथ्यांकको आधारमा रोजगारीको व्यवस्था गरिनु पर्दछ । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नको लागि वैदेशिक रोजगार कोषको व्यवस्था गरि पीडितहरुलाई राहत, विपन्न र इच्छुक जनशक्तिलाई सावधिक ऋण एवं सामाजिक सुरक्षा सुनिश्चित गरिनु पर्दछ । कृषि, पशुपालन, पर्यटन उद्योग, गैर सरकारी, नीजि क्षेत्र र सूचना प्रविधिलाई विशेष महत्वका साथ विकास गरी गरिबी न्युनिकरणका साथ रोजगारी सृजना गरिनु पर्दछ । यसका साथै “बेरोजगारलाई बेरोजगारी भत्ता” को अविलम्ब व्यवस्था प्रति यो पार्टी प्रतिवद्ध छ ।
 
२१. आर्थिक नीति ः
यो पार्टी विश्वव्यापीकरणको आजको युगमा स्वतन्त्र बजारबाट प्राप्त अवसरहरुको अधिकतम उपयोगलाई प्राथमिकता दिदैं आर्थिक नीति निर्धारणको पक्षमा छ । उच्च विकास दर प्राप्ति गर्न नीजि क्षेत्रमा उत्पादकत्व बढाउनकालागि स्वतन्त्र बजार र उदारीकरणको सिद्धान्त अनुरुप स्वदेशी र विदेशी लगानीमा अभिवृद्धिको वातावरण तयार गरिनु पर्दछ । क्षेत्रीय आर्थिक असमानता कम गर्नको लागि सरकारी–सहकारी तथा सरकारी–नीजि सहभागीतामा ग्रामिण क्षेत्रहरुको विकास गर्न आर्थिक अभिवृद्धि, लोककल्याणकारी गरिबी निवारण सम्वन्धी कार्यक्रमहरुलाई प्रभावकारी ढंगले संचालन गरिनु पर्दछ ।
 
२२. कृषि ः
राज्यको अदुर्दशिता र भेदभावपूर्ण नीतिका कारण कृषि उत्पादकत्व निरन्तर ह«ासोन्मुख भएको छ र यसवाट विशेषगरी मधेश नराम्रो सँग प्रभावित भएको छ र ग्रामिण क्षेत्रमा बेरोजगारी समस्या जटिल भएको छ । श्रम शक्ति विदेश पलायन भईरहेको छ । यसवाट समस्त आर्थिक व्यवस्था प्रभावित भैरहेको छ । कृषि क्षेत्रको वैज्ञानिक विकास प्रति यो पार्टी पूर्णरुपले प्रतिवद्ध छ । परम्परागत कृषि कार्यलाई वैज्ञानिकिकरण गर्दैैै कृषि उद्योगको स्थापनालाई प्राथमिकता दिनेछ । कृषि विकास एवं रोजगार अभिवृद्धिलाई पार्टीले सर्वोच्च प्राथमिकता दिनेछ । सिचांई र विजुलीको समुचित व्यवस्था, आधुनिक कृषि औजार, उन्नत बीउ, रासायनिक मल, जैविक र कीटनाशक औषधिको सुलभ आपूर्ति, सहुलियत ब्याजमा ऋणको व्यवस्था तथा कृषि बजारको वैज्ञानिक व्यवस्था गरी भू उपयोग नीति मार्फत कृषि क्रान्ति गर्नु पर्ने लक्ष्य यो पार्टीको रहेको छ । कृषि अनुसन्धान र कृषि विश्वविद्यालयहरुको स्थापना गर्नका लागि यो पार्टी सदैव प्रतिबद्ध रहनेछ । भूमि माथिको द्धैध स्वामित्व अन्त्यगरी वैज्ञानिक भूमिसुधार कार्यक्रम लागु गरिनु पर्दछ । वन कटानी र हदबन्दी बाट प्राप्त भूमि स्थानीय भूमिहीन नागरीकमा वितरण गरी घरबासको लागि न्यूनतम जग्गाको व्यवस्था गर्न पार्टी प्रतिवद्ध छ । चक्लावन्दी कार्यक्रम लागू गरी खेत खेतमा पानी, ग्रामिण कृषि सडकको व्यवस्था गर्न र पशुपालन तर्फ विशेष ध्यान दिने पक्षमा यो पार्टी प्रतिबद्ध छ ।
 
२३. जलश्रोत ः
जलश्रोतको बहुआयामिक प्रयोग गरी सिँचाई, पेयजलको सुविधा, विद्युत, तथा जलयातायातको विकास गरी जनताको जीवनस्तरमा युगान्तकारी परिवर्तन ल्याउनको लागि यो पार्टी प्रतिवद्ध छ । वैश्वीकरणको युगमा जलश्रोत विकासको लागि क्षेत्रीय सहयोग र विकासका अवधारणालाई अगाडी बढाईनु पर्दछ । दक्षिण एसियामा जलविद्युत विकासका लागि अन्य देशहरुसँग द्धिपक्षिय, त्रिपक्षिय या बहुपक्षिय सन्धि सम्झौता गर्न पार्टी सदैव सहयोग गर्नेछ ।
 
२४. पर्यटन ः   
पर्यटनलाई उद्योगको दर्जा प्रदान गरी देशका हरेक भू–भाग र क्षेत्रमा यसको समान रुपले विकास गराउनका लागि पार्टी कृतसंकल्पित छ । नयाँ र ओझेलमा पारिएका महत्वपूर्ण पर्यटकीय क्षेत्र, स्थलको खोज, पहिचान र विकास गरि पर्यटनको दूततर विकासमाथी पार्टीले विशेष बल दिनेछ । छिमेकी देश भारतका पर्यटकहरुलाई आकर्षित गर्न, आन्तरिक पर्यटकीय क्षेत्र जस्तै धनुषाधाम, सिम्रोनगढ, किचकबद्ध, बिराटदरवार र सहलेश फुलवारी लगायतका विकासमा पार्टीले विशेष कार्यक्रम ल्याउनु पर्ने आवश्यकतामा विशेष जोड दिनेछ ।
 
२५. वन तथा पर्यावरण ः
वर्तमान वन नीति, पर्यावरण, जैविक विविधता र वातावरणको प्रतिकूल छ र खास गरी मधेशी, थारु दलित तथा अन्य आदिवासी जनजातिहरुको लागि अहितकर छ । यो केन्द्रिकृत शासन व्यवस्थाको परम्परागत शासकहरुको पक्षमा छ । वन नीतिको निर्माण आदिवासी जनजाति, तराई÷मधेश एवं स्थानीय जनताको आवश्यकता र वातावरणीय संन्तुलन कायम  राख्नका लागी हुनु पर्ने पक्षमा यो पार्टी रहेको छ । मधेशी, थारु, मुस्लिम, दलित सहित अन्य स्थानीय  र आदिवासी जनजातिहरुको हितलाई ध्यानमा राखी सामुदायिक वन विकास कार्यक्रम लागु गरिनुपर्दछ । वन बिनाशको कारण तराई÷मधेशमा बाढीको साथै उर्वर जमीनको कटानको गम्भीर समस्या प्रति पार्टी अत्याधिक संवेदनशील छ । वन तथा पर्यावरण संरक्षण जस्ता मुद्दाहरुलाई विशेष प्राथमिकता दिई यसको वैज्ञानिक समाधानको लागि पार्टी प्रतिवद्ध रहने छ । वन्यसम्पदामा परम्परागत उपभोक्ताको अधिकार सुनिश्चित गर्न पार्टी बिशेष पहल गर्नेछ ।
 
२६. ग्रामिण विकास ः
ग्रामिण र शहरी जीवन स्तरमा विद्यमान असमानतालाई कम गर्नको लागि गाँउको विकास माथि विशेष ध्यान दिईनु पर्दछ । शिक्षा, स्वच्छ पिउने पानी, ग्रामिण सडकको निर्माण, ग्रामिण रोजगार, ग्रामिण वैंकको विस्तार, स्वरोजगारको आधारको विस्तार, सार्वजनिक शौचालयहरुको व्यवस्था आदि कार्यक्रम लागु गरि ग्रामीण सफाई, पर्यावरणीय विकास र समन्वित विकासको पक्षमा यो पार्टी प्रतिबद्ध छ ।
 
२७. शहरी विकास ः
शहरी जनजीवनलाई व्यवस्थित स्वच्छ तथा आधुनिक बनाउनका लागि शहरी विकास योजनाहरुको प्रभावकारी कार्यान्वयन माथि पार्टीले विशेष ध्यान दिनेछ । अन्न उब्जने र उर्वरा भूमिमाथि प्लटीङ्ग गरि अनियन्त्रित किसिमले बसाइ सराईको पक्षमा यो पार्टी कदापी रहन सक्दैन । अतः अनियन्त्रित बसाइ सराइ लाई यथाशिघ्र नियन्त्रण र निरुत्साहन गर्नु पर्ने पक्षमा यो पार्टी रहेको छ ।

 
२८. उद्योग, वाणिज्य र आपूर्ति ः
पारस्परिक एवं आत्मनिर्भरताका साथै अर्थ व्यवस्थालाई विकसित गरी आर्थिक सम्पन्नता अभिवृद्धि गर्न, दक्षता र क्षमता अनुसार सबै किसिमका उद्योगधन्दा विस्तारको पक्षमा यो पार्टी दृढसंकल्पित रहेको छ । व्यवस्थापन एवं सवै वर्गमा सुमधुर सम्वन्ध कायम गर्न पारस्परिक हितलाई आधार बनाउनु पर्दछ, जसले औद्योगिक क्षेत्र शान्तिक्षेत्रको रुपमा विकसित हुन सकोस् । नयाँ उद्योग विकासको लागि सबै प्रकारको सुविधा प्रदान गर्दै सरल कानुनी प्रणाली विकासका साथै विशेष आर्थिक क्षेत्र (क्भ्श्) को नीतिलाई अघि बढाउने पक्षमा पार्टी दृढ छ ।
 
२९. नागरिकता ः
नेपालमा नागरिकता समस्याको धेरै हदसम्म समाधान भए पनि तराईका जिल्लाहरुमा अझै पनि यो समस्या केही हदसम्म बिद्यमान छ । अतः अन्तरिम संविधानमा रहेको नागरिकता सम्बन्धि प्रावधानलाईनै संविधानमा राख्नुपर्ने पार्टीको मान्यता रहेको छ ।
 
३०. संचार प्रबिधि ः
विश्वव्यापिकरणको यो शताब्दीमा संचार प्रविधिको ठोस एवं दु्रत विकासको लागि यो पार्टी प्रतिवद्ध छ
 
३१. गैर सरकारी संस्था ः
आन्तरिक र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको क्रियाकलाप, कार्यक्रम र सहयोगवाट नेपाली समाजलाई एउटा उल्लेखनीय सहयोग प्राप्त भएको छ । रोजगारी, जागरण र विकासका साथै लोकतान्त्रिकरणको प्रक्रियामा पनि यस क्षेत्रको ठुलो योगदान रहेको छ । पार्टीले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सहयोगको क्षेत्र विस्तार गरी देशका सवै भू–भाग एवं शोषित, पीडित, उपेक्षित एवं सिमान्तकृत जनताको सर्वाङ्गिण विकासमा यसको उपयोग माथि विशेष ध्यान दिनेछ ।
 
३२. हाम्रो प्रतिवद्धता ः
नयाँ नेपाल बनाउने संकल्पको साथ संघीय लोकतान्त्रिक गणतन्त्र, स्वतन्त्र न्यायपालिका, मानव अधिकारको पूर्णप्रत्याभूति, व्यक्तिगत  स्वतन्त्रता तथा सबै प्रकारका विभेदहरुको समूल अन्त्य, प्रेस स्वतन्त्रता, समानता र सामाजिक न्यायमा आधारित यस दस्तावेजमा अंकित विषयहरु प्रति प्रतिवद्ध रहदै यो पार्टी सवै प्रकारको हिंसा, निरंकुशता, अलोकतान्त्रिक र अतिवादको विरुद्ध, भेदभाव एवं शोषणलाई देश, समाज र संविधानबाट बाट हटाउनकालागि प्रतिबद्ध छ । 
राजपाको विद्यानका लागी यो पढनुस - http://www.dalannepal.com/2017/07/blog-post884.html

2 comments:

  1. Testimony on how i got my LOAN.....(Brianloancompany@yahoo.com)

    Hello Everyone, I'm Harvey Lee a resident/citizen of the United States of America.I am 52 years of age an entrepreneur/businessman. I once had difficulties in financing my project/business.If not for a good friend of mine who introduced me to Mr Chester Brian to get a loan worth $250,000 USD from his company. When i contacted them it took just 48 hours to get my loan approved and transfer to my account after meeting all their modalities i to their loan agreement/terms and conditions. Even if you have bad credit they still offer there service to you. They also offer all kinds of loan such as Business loan,Home loan,Personal loan,Car loan,Loan for Business start up and Business Expansion. i don't know how to thank them for what they have done for me but God will reward Mr Chester Brian mightily.If you need an urgent financial assistance you can contact them today via this email (Brianloancompany@yahoo.com) or text (803) 373-2162 and also contact there webpage via brianloancompany.bravesites.com

    ReplyDelete
  2. FINANCIAL RESTORATION: fundingloanplc@yahoo.com

    Hello am Nathan Davidson a businessman who was able to revive his dying business through the help of a Godsent lender known as Jason Raymond the CEO of FUNDING CIRCLE INC. Am resident at 1542 Main St, Buffalo, NY.. Well are you trying to start a business, settle your debt, expand your existing one, need money to purchase supplies. Have you been having problem trying to secure a Good Credit Facility, I want you to know that FUNDING CIRCLE INC. is the right place for you to resolve all your financial problem because am a living testimony and i can't just keep this to myself when others are looking for a way to be financially lifted.. I want you all to contact this Godsent lender using the details as stated in other to be a partaker of this great opportunity Email: fundingloanplc@yahoo.com OR Call/Text +14067326622

    ReplyDelete