Tuesday, July 18, 2017

राजविराजमा डोम समुदायको भेला

तराई मधेशको सबै भन्दा पिछडिएको भनिएको डोम समुदायका अगुवाहरुले राजविराजमा भेला गर्दै सरकारी सेवामा आरक्षणको माग गरेको छ । डोम उत्थान समाज सप्तरीका अध्यक्ष युक्ति मरिकको अध्यक्षता भएको उक्त भेलाले डोम समुदायको मागहरुको वारेमा ११ बुदे घोषणा पत्र समेत सार्वजनिक गरेको छ । संविधानमा व्यवस्था भएको दलितको हक, सामाजिक न्यायको हक र छुवाछुत विरुद्धको हक अन्तर्गत ११ वुँदे घोषणा पत्र जारी गरिएको डोम उत्थान समाज सप्तरीले जनाएको छ । डोम उत्थान समाज सप्तरी र दलित जनकल्याण युवा क्लव लहानको संयुक्त आयोजनामा उक्त भेला आयोजना गरिएको थियो ।

‘जाति छोडौं, मानवता जोडौं’ भन्ने नाराका साथ सोमवार राजविराजमा सम्पन्न भएको जिल्ला स्तरीय भेलामा जिल्लाभरीका डोम समुदायका अगुवाहरुको सहभागिता थियो।

भेलाले जातीय छुवाछुत, विभेदका घटनामा पीडक विरुद्ध तुरुन्त मुद्दा दर्ता गर्नु पर्ने, डोम समुदाय वसोवास गर्ने क्षेत्रमा सार्वजनिक शौचालयको व्यवस्था गर्नुपर्ने, डोम समुदायका विद्यार्थीलाई शिक्षा हासिल गर्ने क्रममा डेरा नपाउने समस्या समाधान गर्नु पर्ने लगायतका माग अघि सारेको छ।
 
डोम उत्थान समाज सप्तरीका अध्यक्ष  मरिकको अध्यक्षतामा आयोजित भेलामा जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत सुरज निरौला, प्रहरी नायव उपरिक्षक यादवराज उप्रेती, दलित जनकल्याण युवा क्लवका अध्यक्ष उमेशकुमार विशुंखेले डोम समुदायको उत्थान र सशक्तिकरणका लागि गर्नुपर्ने कामका बारेमा आफनो सुझाव दिएका थिए।

1 comment:

  1. Testimony on how i got my LOAN.....(Brianloancompany@yahoo.com)

    Hello Everyone, I'm Harvey Lee a resident/citizen of the United States of America.I am 52 years of age an entrepreneur/businessman. I once had difficulties in financing my project/business.If not for a good friend of mine who introduced me to Mr Chester Brian to get a loan worth $250,000 USD from his company. When i contacted them it took just 48 hours to get my loan approved and transfer to my account after meeting all their modalities i to their loan agreement/terms and conditions. Even if you have bad credit they still offer there service to you. They also offer all kinds of loan such as Business loan,Home loan,Personal loan,Car loan,Loan for Business start up and Business Expansion. i don't know how to thank them for what they have done for me but God will reward Mr Chester Brian mightily.If you need an urgent financial assistance you can contact them today via this email (Brianloancompany@yahoo.com) or text (803) 373-2162 and also contact there webpage via brianloancompany.bravesites.com

    ReplyDelete