Sunday, July 16, 2017

जनकपुर अन्चल अस्पतालमा भइरहेको अनियमिता वारेमा स्थानिय अगुवा युवाहरुको सरोकार

जनकपुर क्षेत्रमा प्रसिद्ध रहेको अन्चल अस्पतालमा भइरहेको अनियमितावारेमा स्थानिय अगुवा युवाहरुले सरोकार देखाएका छन । आम नागरिकको स्वाथ्य जस्तो महत्वपुर्ण क्षेत्रसंग सम्बन्धीत रहेकाले मधेश अधिकार संघर्ष समिती सहितका अगुवा युवाहरुले अस्पतालमा भइरहेको अनियमिततावारेमा चासो पुर्वक अगाडी आएका हुन । केहि समय अघि अस्पतालकै एक कर्मचारीले अन्चल अस्पताल सरकारी भएर पनि निजी क्षेत्रको नसिंगहोम जस्तै रकम विरामीहरु संग असुल गरिरहेको विवरण समाजिक संन्जालमा सार्वजनिक गरेका थिए । अन्चल अस्पतालका कर्मचारी एकानन्द सिंहले उक्त विवरण सार्वजनिक गरे बापत उनलाई अस्पताल प्रशासनले स्पष्टीकरण सोध्नुको साथै उनको करार नियुक्तिलाई कानुनतह १ साउन देखि थप्नु पर्ने म्याद थपेका छैन ।


संहले समाजिक सन्जालको प्रयोग गरेर अस्पताल भित्र भएको अनियमित वारेमा केहि विवरण सार्वजनिक गरे मधेश अधिकार संघर्ष समितीका सहसंयोजक सरोज मिश्र सहित केहि स्थानिय स्थानिय पत्रकारहरुले त्यसवारेमा सरोकार देखाउदै अस्पतालको सेवा सन्दर्भमा विभिन्न समयमा स्थलगत रिर्पौटिंगहरु समाजिक संजाल मार्फत गर्न थालेका छन ।

रातीको समयमा कुनै पनि डाक्टरहरु नबस्ने, अस्पतालमा विरामीले पाइरहेका अन्य सुविद्या लगायउतको अवस्था दैनिय रहेको समाजिक सन्जाल मार्फत सार्वजनिक भएको विवरणहरुमामा उल्ल्ेख गरिएको छ । यद्यपी अस्पताल प्रशासनले अहिले सम्म मौन देखिएका छन ।
 
यता स्थानिय युवाहरुको सक्रियता वढेपछि जनकपुरमा रहेको क्षेत्रिय मानव अधिकार आयोगको कार्यलयले आइतवार देखि अस्पतालको अनुगमन सुरु गरेको जनाएको छ । आइतवारै यो अभियानको अगुवाई रहेका युवा सरोज मिश्रले अस्पतालका प्रमुख मेडिल सुपरिडेन्ट डा राम परिक्षण यादव संग अस्पतालको विभिन्न १८ ओटा शिर्षकमा सुचना माग गरेको छ ।
 

स्वास्थ्यको अधिकारलाई नेपालको संविधानले मौलिक हकको रुपमा सुनिश्चितता गरेको र मानव अधिकारको रुपमा स्वास्थ्यको अधिकारको संरक्षणका लागि राज्यले विभिन्न कानून निर्माण गरी स्वास्थ्य संस्था, जनशक्ति तथा अन्य आवश्यकीय वस्तुहरुको समेत प्रभावकारी व्यवस्था गरिरहेको अवस्थामा सो को कार्यान्वयनको अवस्था प्रभावकारी र गुणस्तरीय हुन नसक्नुका साथै नागरिकको सहज पहुँचमा समस्याहरु आईरहेका छन । सेवाप्रवाह गर्ने निकायहरु ज्वाफदेही नभएकोले समस्याहरु थप जटिल भएका छन यसै सन्दर्भमा अञ्चल अस्पताल जनकपुरबाट प्रवाह भईरहका सेवा तथा अस्पतालको समग्र कार्यका सम्वन्धमा अनुसन्धान गरी प्रतिवेदन पेश गर्न मानव अधिकार अधिकृतहरु दिप कुमार यादव र इनद्रजित सहनीको टोली खटाइएको छ र अनुसन्धान तथा अनुगमन टोलीले आज श्रावण १ गते देखि आफ्नो काम सुरु गरेको छ । टोलीले यस सम्वन्धमा विस्तृत अनुसन्धान र अनुगमन गरी पेश गरेको प्रतिवेदनका आधारमा आयोगले नेपाल सरकारलाई सिफारिश तथा निर्देशन गर्ने आयोगको क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक दिपेन्द्र सिंहले जानकारी गराउनु भएको छ ।

1 comment:

  1. Testimony on how i got my LOAN.....(Brianloancompany@yahoo.com)

    Hello Everyone, I'm Harvey Lee a resident/citizen of the United States of America.I am 52 years of age an entrepreneur/businessman. I once had difficulties in financing my project/business.If not for a good friend of mine who introduced me to Mr Chester Brian to get a loan worth $250,000 USD from his company. When i contacted them it took just 48 hours to get my loan approved and transfer to my account after meeting all their modalities i to their loan agreement/terms and conditions. Even if you have bad credit they still offer there service to you. They also offer all kinds of loan such as Business loan,Home loan,Personal loan,Car loan,Loan for Business start up and Business Expansion. i don't know how to thank them for what they have done for me but God will reward Mr Chester Brian mightily.If you need an urgent financial assistance you can contact them today via this email (Brianloancompany@yahoo.com) or text (803) 373-2162 and also contact there webpage via brianloancompany.bravesites.com

    ReplyDelete