Saturday, July 8, 2017

सप्तरी वाढी पिडितलाई संयुक्त मधेश संर्घष समितीको सहयोग

पछिल्लो एक हप्ता यता सप्तरीमा आएको वाढीले पिडित परिवारलाई जनकपुरमा सक्रिय संयुक्त मधेश संघर्ष समितीले राहत प्रदान गरेका छन । शनिवार समितीका पदाधिकारीहरु आफै सप्तरी पुगेर त्याहाको मैनाकरी र रधुनाथपुरका पिडित परिवारलाई राहत स्वरुप विभिन्न साम्रगीहरु वाडेका थिए । समितीले पछिल्लो केहि समय यता समाजिक सन्जाल मार्फत देश र विदेशमा रहेका आम मधेशी समुदायलाई सप्तरीका वाढी पिडितहरुलाई सहयोग गर्न अपिल गर्दै आएका छन । शनिवार समितीका संयोजक धर्मेन्द्र  साह, सहसंयोजक सरोज मिश्रा सहितको टोली सप्तरी पुगेर र राहत विरतण गरेको समितीका सल्लाहकार मनोज साहले बताए ।

मधेश अधिकार संघर्ष समिती मधेश आन्द्योलनमा युवाहरुको प्रतिनिििधत्व गर्ने चर्चीत संस्था हो । समितीका सल्लाहकार साहका अनुसार शनिवार समितीले सप्तरुीमा ५ लाख बराबरको कृपाल, बस्ने फोम, लताकपडा सहित औषधी समेत वाडेका थिए । समितीले अझै पनि राहत संकलन कार्य जारी गरेको फेरी अर्को हप्ता सम्म जम्मा भएको राहत साम्रगी वाडने तयारी भइरहेको साहको भनाई छ ।


समितीलाई जनकपुरका व्यापारी देखि काठमाडौमा रहेका मधेशी समदाय सहित विदेशमा काम गर्दै आएका मधेशी नागरिकहरु आर्थिक र जिन्सी सहयोग गरेको समितीले जनाएको छ । देश तथा विदेशवाट अझै पनि राहत आउने क्रम जारी रहेको समितीको भनाई छ । पछिल्लो हप्ता देखि सप्तरीमा आएको वाढीले त्याहाका हजारौ परिवार विस्थापित भएका छन ।

त्यसैगरी केहि समयमा मलेठमा भएको प्रर्दशनको क्रममा मारिएका ५ जना मधेशी सहिद परिवारलाई समेत संर्घष समितीले सहयोग गरेको थियो । मलेठ समेत वाढी पिडितवाट प्रभावित भएको छ । संयुक्त मधेश संघर्ष समितीले मलेठमा ५० थान तृपाल वाडदै सहिद परिवार मध्येका एक जना बच्चलाई उच्च माध्यमिक तह सम्मको शिक्षाको खर्च यसै बर्ष देखि व्योहार्ने घोषणा गरेका थिए । समितीका सल्लाहकार साहका अनुसार यसै बर्ष देखि मलेठको ५ जना सदि परिवार मध्ये एउटा बच्चाको पढाई खर्च समितीले व्योर्होर्ने जानकारी त्याहा गराइएको थियो । 

 प्रधानमन्त्री शेरबहादुर देउवा समेत त्याहाको भ्रमण गर्दै पिडित परिवारलाई तत्काल २५ हजारको दरले राहत दिने घोषणा गरेका थिए ।

No comments:

Post a Comment