जितेन्द्र साह- विराटनगर
दोस्रो चरणको निर्वाचनमा सहभागी संघीय समाजवादी फोरमले मधेसी बहुल मोरङ, सुनसरी र झापाकै गाउँ एवं नगरमा अपेक्षित परिणाम ल्याउन सकेन । उसले धेरै स्थानमा वडास्तरकै जितमा सन्तोष गर्नुपर्यो । निर्वाचनमा सहभागी हुने नहुने अन्योलका कारणले पर्याप्त गृहकार्य गर्न नसक्नु, एक्कासि आन्दोलन छाडेर चुनावमा जाँदा जनताले विश्वास नगर्नु, स्थानीय समृद्ध भाषाहरूको साटो हिन्दीलाई महत्त्व दिनु र अति जातिवादी सोच उसको हारको कारण मानिएको छ ।