Friday, June 30, 2017

रक्षात्मक राजपा

निर्वाचन वहिष्कार सहित आन्दोलनमा उत्रेको राष्ट्रिय जनता पार्टी प्रतिरक्षात्मक अवस्थामा पुगेको छ । 

१ असारमा सरकारले २ नम्बर प्रदेशको निर्वाचन २ असोजमा गर्ने निर्णय गर्दै पूर्वनिर्धारित २ गतेको मनोनयन दुई दिन पछि सार्यो । त्यसप्रति पनि असन्तुष्ट हुदै राजपा नेताहरु ३ असारमा आन्दोलन गर्न भनेर मधेस लागे । त्यसै दिन नवलपरासीमा चुनाव विरोधी सभा गरिरह“दा वातावरण तनावग्रस्त भयो र प्रहरीले रबरको गोली चलाउनुपर्ने अवस्था आयो । उक्त घटनापछि धेरैले ४ असारको मनोनयन प्रभावित हुने आकलन गरेका थिए । तर उक्त मनोनयनमा राजपाकै नेताहरुकै सक्रियता देखियो । रुपन्देहीमा सर्वेन्द्रनाथ सुक्ला, कमलेश्वर पुरी र कपिलवस्तूमा वेजेश गुप्ता निर्वाचन प्रचारमै खटिए ।

पश्चिम मधेशमा मानव अधिकारको अनुगममा खटिएका अघिकारकर्मी रवि ठाकुर भन्छन, ‘पश्चिममा नवलपरासी बाहेक अन्य कुनै पनि ठाउमा राजपाको विरोधको प्रभाव देखिएन ।’ कपिवलस्तुका मुल बासिन्दा रहेका ठाकुरका अनुसार, राजपाका केन्द्रिय नेताहरुले नै आफना मान्छेहरुलाई उम्मेदवार बनाए पछि निर्वाचन वहिष्कार निष्प्रभावी भयो ।  विना संविधान संशोधन आफुहरु कुनै पनि निर्वाचनमा भाग नलिने अडान राख्दै आएको राजपाकै लाई नै रिझाउन सरकारले दुई नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णय गरेको थियो ।

दोस्रो चरणको निर्वाचन सम्पन्न भइसकेको छ । अब २ असोजमा तेस्रो चरणमा प्रदेश २ मा निर्वाचन हुनेछ । संविधान संशोधन विना चुनावमा नजाने अडान राख्दै आएको राजपा अन्तत राजनीतिक रुपमा रक्षात्मक अवस्थामा पुगेको छ । आन्दोलन गर्ने धम्की दिन नछाडेको राजपा एकातिर आफ्ना स्वतन्त्र उम्मेदवारको आवरणमा चुनावमा सहभागी भएको छ भने अर्कोतर्फ तेस्रो चरणको तयारीमा जुट्न सकेको छैन । ‘मधेस भुभाग रहेको प्रदेश ५ र प्रदेश १ मा हामीले चाहेर पनि आन्दोलन उठाउन सकेनौं’,राजपाका महासचिव केशव झा भन्छन्–‘हामी अहिले डिफेन्सिभ भएकै हौं ।’


कहा चुक्यो ?
तत्कालिन माओवादी नेतृत्वको सरकारले गएको फागुनमा स्थानिय तहको निर्वाचन घोषणा गर्दा मधेशका सबै शक्तिहरु एक भएर विरुद्धमा उभिए । सरकार संगको वार्ता चले पनि कुनै सार्थक परिणम निस्केन । बैशाखको पहिलो हप्ता मधेशी मोर्चा आन्दोलनमा जानै लागदा सरकारले भ्रद सहमती गर्यो । तर उक्त सहमती अनुसार सरकारले सविधान संशोधन अघि बढाउन सकेन । त्यही सहमतीको आधारमा सरकारले ३१ बैशाखको लागी घोषणा गरिएको स्थानिय तहको निर्वाचनलाई दुई चरणमा गराउने निर्णय गर्यो ।

सरकारले भ्रद सहमती अनुसार संशोधन गर्ना नसकेको भन्दै राजपा निर्वाचनमा नजाने आफनो पुरानो अडानमै कायमै रह्यो । यता सतारुढ दलहरुको छुटै छलफलको आधारमा फोरम नेपाल पहिलो चरणमै भाग लिन पुग्यो । एक साथ अघि वढीरहेको मधेशी शक्तिहरु निर्वाचनलाई लिएर दुई चिरामा विभक्त भए । अघिकारकर्मी ठाकुर भन्छन, फोरम नेपाल पहिला देखि नै निर्वाचन गइसकेकाले होला पश्चिम तराइको रुपन्देही कपिलवस्तु सहित पश्चिमका तराईमा राजपाले विरोध गर्दा पनि निर्वाचनको महौल राम्रै देखियो ।
महासचिव झा पनि ठाकुर संग सहमत देखिन्छन । ‘सरकार र प्रमुख दलहरु राजपालाई फसाउन लागी पर्यो’, उनी प्रश्न गर्छन, हामीलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भयो । अन्यथा वार्ता छलफलमा एउटा कुरा हुन्छ अनि सरकार र प्रमुख दलहरु अर्को थरी किन निर्णय गर्थे ?’

राजपा सुरु देखि नै विना संशोधन निर्वाचनमा नजाने अडानमा अडिग देखिन थाले पछि प्रमुख दलहरु संवाद पनि नछोडने र निर्वाचन प्रक्रिया पनि अघि वढाएको देखिन्छ । यद्यपी राजपाका नेताहरु सतारुढ दलले धोका दिएको आरोप लगाउछन् ।

विराटनगरमा बस्दै आएका प्राध्यापक विजय मिश्रको वुझाई राजपाको निर्वाचन वहिष्कार गर्ने निर्णय नै गलत छ । मधेश आन्द्योलन माथी विद्यावारिद्यी गरेका मिश्र भन्छन, २ नम्बर प्रदेशमै पनि राजपाले भन्दैमा निर्वाचन नरोकिने दावी गर्छन ।  मिश्र भन्छन, राजपा फोरम नेपाल झै स्थानिय तहको निर्वाचनलाई उपयोग गर्न सक्नु पथ्र्यो ।’

यद्यपी राजपाका महासचिव मनिष सुमन मिश्रको विश्लेषण संग सहमत छैनन । ‘एउटा निर्वाचनमा हामी भाग नलिदैमा हामी सकिन्छौं भन्ने आकंलन गर्नु गलत हो’, उनी भन्छन, सविधान विरुद्धको हाम्रो असन्तुष्टिको मुद्धालाई बचाइराख्न पर्ने बाध्यात्मक अवस्थाका कारण हामी यो अडानमा छौ ।’ एउटा राजनितीक दलका लागी निर्वाचन महत्वपुर्ण हुने कुरा सुमनले बmुभेका छन् । भन्छन, तर हाम्रो मुद्धालाई नै समाप्त पार्ने चलखेल हुन थाले पछि बहिष्कारको अवस्थामा पुगेका हौ ।’

उपेन्द्रको चेक   
दोस्रो चरणको निर्वाचन अन्र्तगत १४ असारमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विराटनगरवाट मतदान गरे । मतदान गरे पछि यादवले संचारमाध्यमहरुसंग कुरा गर्दै राजपाले स्थानिय तहको निर्वाचनको मौका गुमाएको आरोप लगाए । यादवले भने, यो राजपाको राजनितीक हार हो । पहिलो चरणको निर्वाचनमा भाग लिए देखि यादवले आफुहरु निर्वाचनलाई समेत आन्दोलनको मोर्चाको रुपमा उपयोग गर्न लागेको बताउदै आएका छन । यद्यपी राजपाले फोरम नेपाल माथी मुद्धा छाडेको आरोप लगाउदै आएको छ । यादव निर्वाचनमा गए पछि राजपा सहितका जनजातीहरुको बैठकले यादव पुर्व निर्णय विपरित निर्वाचनमा गएको भन्दै संघिय गठवन्धनको संयोजकवाट हटाउने निर्णय गरेको थियो । यादवलाई गठवन्धनको संयोजकवाट हटाएर महन्थ ठाकुरलाई उक्त जिम्मा दिइएको थियो ।

तर जानकारहरु भन्छन, तत्कालिन मधेशी मोर्चामा आबद्ध फोरम नेपाल वाहेक अन्य सबै घटकहरु एकिकरण गरे पछि यादवले नवगठित राजपालाई चेक दिने गरि निर्वाचनमा सहभागी भए । फोरम नेपालका एक शिर्ष नेता भन्छन, मधेशी मोर्चाका सबै घटकहरु उपेन्द्र यादवलाई एक्लाए पछि यादवले जोखिम मोलेरै भएन पनि निर्वाचनमा जाने मार्ग रोजे । जुन नवगठित राजपाका लागी पछिल्लो समयमा अप्ठायाराहरु सिर्जना गरिदिएको छ । कतिपय जानकारहरुले मधेशमा राजपा र फोरम नेपाल विच ध्रुवीकरण गराएर पछि मात्रै यादवले आफनो शक्ति बलियो हुने निष्कर्ष निकालेका थिए ।

सतारुढसंगको सकस
राजपाका महासचिव मनिष सुमन विन संशोधन तेस्रंो चरणमा २ नम्बर प्रदेशमा हुने भनिएको निर्वाचनमा राजपा नजाने दाबी गर्छन । उनी भन्छन, वरु हामी आन्द्योलन मार्फत नै आफनो अस्तिीत्व सिध्याउन तयार छौ । सुमन जस्तै अन्य राजपाका नेताहरुको भनाईलाई आधार मान्ने हो भन्ने राजपा २ असोजमा पनि निर्वाचनमा जाने सम्भावना न्युन देखिन्छ । कतिपयले दोस्रो चरणमा रुपन्देहि र कपिलवस्तुमा राजपाका स्थानिय नेताहरु स्वतन्त्र रुपमा भाग लिएको जस्तै गरी निर्वाचनमा सामेल होलान भन्ने आशंका २ नम्बरमा पनि होला कि भन्ने विश्लेषण गर्छ । तर राजपा नेता सुमन भन्छन, यसवारेमा पनि पार्टी भित्र गम्भिर छलफल र बहस सुरु भएको छ । खासगरी पश्चिममा सवेन्द्रनाथ सुक्ला, वृजेश गुप्ता र कमलेश्वर पुरी लगायतका नेताहरुको स्थानिय सहयोगीहरु निर्वाचनमा भाग लिएका थिए । सासंद समेत रहेका राजपाका महामन्त्री वृजेश गुप्ता भन्छन, दोस्रो चरणको निर्वाचनमा हामी नैतिक दबाबमा पर्यो । यस्तो २ नम्बर हुने छैनन, उनको भनाई छ । उनका अनुसार निर्वाचनको तयारी ५ नम्बर प्रदेशमा पहिला देखि नै सुरु भइसकेको र राजपा पछि मात्रै आए पछि यस्तो बेमेल हुन गयो । यद्यपी राजपाकै कतिपय भित्रियाहरु पश्चिम र पुर्वी मधेशमा राजपा आन्दोलन उठाउन नसकेरै पछि ब्याक भएको हो ।

राजपाका एक शिर्ष नेता भन्छन, हाम्रो आन्दोलनको आधार क्षेत्र नै पर्सा देखि सप्तरी सम्म भएकाले अन्नतह हामी त्यही वाट आफनो मुद्धा स्थापित गराउने छौ । राजपा महासचिव केशव झा चाही सरकार संग संवाद जारी राख्नु , निर्वाचनको कार्यतालिका पटक पटक सर्नु  लगायतकाले १ नम्बर र ५ नम्बरमा राजपाको प्रभाव न्युन पर्न गएको दावी गर्छन । उनी भन्छन, हाम्रो कमजोरी भएकै हो, हामी जुन प्रकारले रणनिती बनाउनु पथ्र्यो, त्यो गर्न सकेनौ ।

गएको फागुनमा सरकारले स्थानिय तहको निर्वाचनको मिती घोषणा गरे पछि मधेशी पार्टीहरु पटक पटक आन्द्योलन घोषणा गरे र पछि त्यसलाई फिर्ता लिदै संवादमा बसेको देखिन्छ । यता सरकारले पनि संवादकै आधारमा पटक पटक मिती देखि निर्वाचन कार्यतालिका सम्म सारि सर्यो । सुरुमा एकै चरणमा ३१ बैशाखमा गर्ने भनिएको स्थानिय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय सरकारले गर्यो । ३१ जेठमा त्यसपछि दोस्रो चरणको निर्वाचन गर्ने कार्यतालिका सरकारले सार्वजनिक गर्यो । तर पहिलो चरणको निर्वाचन पछि सरकार पुन ९ हुदै १४ असारमा दोस्रो चरणको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गर्यो । तर आफुहरु माग पुरा नभएको भन्दै २९ जेठ देखि राजपा पुन बन्द हडताल सहितका आन्दोलन कार्यक्रम गर्न थाले पछि सरकारले १ असारमा दुई नम्बर प्रदेशको निर्वाचन असोज २ मा गर्ने निणय गर्यो । 
- अन्नपुर्ण टुडेवाट
 

1 comment:

  1. FINANCIAL RESTORATION: fundingloanplc@yahoo.com

    Hello am Nathan Davidson a businessman who was able to revive his dying business through the help of a Godsent lender known as Jason Raymond the CEO of FUNDING CIRCLE INC. Am resident at 1542 Main St, Buffalo, NY.. Well are you trying to start a business, settle your debt, expand your existing one, need money to purchase supplies. Have you been having problem trying to secure a Good Credit Facility, I want you to know that FUNDING CIRCLE INC. is the right place for you to resolve all your financial problem because am a living testimony and i can't just keep this to myself when others are looking for a way to be financially lifted.. I want you all to contact this Godsent lender using the details as stated in other to be a partaker of this great opportunity Email: fundingloanplc@yahoo.com OR Call/Text +14067326622

    ReplyDelete