Monday, June 26, 2017

पानको शान

मिथीलाको पहिचान झल्काउने पान बेचेर तरक्की गरेका जनकपुरका एक स्थानिय व्यापारीको कथा ।  


जनकपुरमा थुप्रै पान पसल छन् तर कैलाश पान पसल सबैभन्दा बढी ग्राहक आउने थलो हो । जनकपुरको जनक चौकमा अवस्थित यो पान पसल जनकपुरीयाहरुको लागि मात्र नभई पानका पारखीहरु माझ निकै प्रचलित छ ।  आफ्नै नामबाट पान पसल चलाएका कैलाश साहलाई पानले दामसंगै प्रसिद्धि दिएको छ । ५३ बर्षीय साह प्रत्येक दिन विहानै ७ बजे पान पसल खोल्छन् । त्यसपछि दिनभरी पान लगाउनबाट फुर्सद हुदैंन उनलाई ।  सरकारी कर्मचारी, व्यापारी, कलाकार, पत्रकार, नेता सबैखाले पानका शौखिन ग्राहकहरुले साहको हातबाट लगाइने पान खान पसल धाउने गर्छन् । विहे र विभिन्न पार्टीहरुमा समेत साहको पसलबाट विशेष रुपमा पान पठाउन अर्डर दिने गरिन्छ ।

जनकपुर उपमहानगरपालिका–२ निवासी साह ३५ वर्ष पहिलेदेखि पान बेच्दै आएका छन् । त्यतिबेला रोजगारीको बाटो खोज्ने क्रममा जनकपुरमा राम्रो पान पसल नभएको अवस्थालाई हेरी पान बेच्ने निर्णय गरेका थिए । भन्छन्, ‘आफूसँग ठूलो व्यापार गर्न पुँजीसमेत थिएन । त्यसैले, थोरै लगानीमा संचालन हुनसक्ने पान पसलतर्फ ध्यान गयो ।’

सुरुसुरुमा पान बेचेर घर परिवारलाई पाल्नु ज्यादै कठिन थियो उनको लागि । तर, उनले आफ्नो मिहनेतमाथि भरोसा गर्दै गए । यसै व्यापारबाट आफ्ना बालबालिकाहरुलाई सुनौलो भविष्य दिने निधो गरे । अरुभन्दा भिन्न पानको स्वाद ग्राहकलाई दिनका लागि साहले मिहनेत गरे । विशेष मसला र राम्रो स्तरको पानको पातको प्रयोग गर्ने हुनाले पनि ग्राहकहरुको आकर्षण आफ्नो पसलमा बढी हुने उनको बुझाइ छ ।
 
साहले व्यापार सुरु गरेपछि देखासिखि गरेर जनकपुरमा थुप्रै पान पसलहरु खुले । तर, अरुले साहलेझैं लामो समयसम्म एउटै पेशालाई निरन्तरता दिन सकेनन् । पानको रंग कडा हुन्छ, हत्तपत्त मेटिदैन । सिकारुले मिठा पान खोज्छन् । जीवन नै पान लगाउनमा बिताएका साह यसैबाट आफ्नो परिचयसंगै जीवन पनि मिठा बनाए ।
 
साहले व्यापार सुरु गर्दा एक खिल्ली पानको मूल्य एक रुपैंया थियो । तर, अहिले आएर एक खिल्ली पानको मूल्य २० देखि २५ रुपैंयासम्म रहेको छ । पानको मूल्य बढेपनि साहको हातको स्वाद चाख्नकै लागि प्रतिदिन पसलमा ३ सय देखि पाँचसय ग्राहक पान खान आउँछन् । विहान पसल खुलेदेखि राति करिब १० बजेसम्म ग्राहकहरु पान खान झुम्मिन्छन् । 


 
विशेषगरि मिठा पत्ता, बनारसी पान र केही जर्दावाला पानको बिक्री हुने गरेको र यी सबै पानका पात भारतको कोलकत्ताबाट मगाउने गरेका छन् साहले ।
 
विनम्र स्वभाव र सहनशील बानीका कारण आफ्ना ग्राहकहलाई आकर्षित गर्न सफल भएका साहका दर्जनौं ग्राहक यस्ता पनि छन्, जो अर्को पसलमा नगई लगातार २०/२५ वर्षदेखि उनकै पसलको पानको पारखी छन् । उनले पान बेचेरै घर पनि ठड्याए । कर्मलाई पूजा ठान्ने साह भन्छन्, ‘यो व्यापारले मलाई नाम, दाम र शान तीनटै दियो ।’
 
आफूले पारिवारिक अवस्थाका कारण धेरै पढ्न नपाएको पीर साहलाई छ । तर, उनले आफ्ना छोराछोरीहरुलाई पानकै व्यापारको भरमा उच्च शिक्षा दिलाए । दुई छोराहरुमध्ये जेठा छोरा संजयकुमार साह डाक्टर छन् भने कान्छा छोरा अजयकुमार साह इन्जिनियरिंग पढेर पूनर्निर्माणको क्षेत्रमा कार्यरत छन् । दुई छोरीहरुलाई पनि पढाई लेखाई सक्षम बनाएर दाईजोको परम्परालाई तोड्दै उनले आदर्श विवाह गराएका छन् । भन्छन्, ‘आफूलाई पढ्ने उमेरमा काम गर्नु प¥यो तर, छोराछोरीहरुले उच्च शिक्षा आर्जन गरुन्, त्यसका लागि कडा परिश्रम गरें ।’
 
छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिएर सक्षम बनाएपछि पनि साहले आफ्नो पेशालाई निरन्तरता दिइ नै राखेका छन् । आफू जहिलेसम्म सक्छु मिहिनेत गर्छु र आफ्ना ग्राहकलाई सन्तुष्ट पार्न पान लगाई राख्छु उनले भने । ‘काम गर्ने व्यक्तिको नियत राम्रो भयो भने कुनै पनि काम ठूलो सानो नहुने’ कुरालाई साहको भनाईले सार्थक तुल्याएको छ ।
 
अन्नपुर्ण टुडेवाट सभार - http://today.annapurnapost.com/economy/504

4 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. FINANCIAL RESTORATION: fundingloanplc@yahoo.com

    Hello am Nathan Davidson a businessman who was able to revive his dying business through the help of a Godsent lender known as Jason Raymond the CEO of FUNDING CIRCLE INC. Am resident at 1542 Main St, Buffalo, NY.. Well are you trying to start a business, settle your debt, expand your existing one, need money to purchase supplies. Have you been having problem trying to secure a Good Credit Facility, I want you to know that FUNDING CIRCLE INC. is the right place for you to resolve all your financial problem because am a living testimony and i can't just keep this to myself when others are looking for a way to be financially lifted.. I want you all to contact this Godsent lender using the details as stated in other to be a partaker of this great opportunity Email: fundingloanplc@yahoo.com OR Call/Text +14067326622


    ReplyDelete
  3. FINANCIAL BREAKTHROUGH

    Life indeed is GRACE, I'am Daan Sophia currently in California USA. I would like to share my experience with you guys on how I got a loan of $185,000.00 USD to clear my bank draft and start up a new business. It all started when i lost my home and belongings due to the bank draft I took to offset some bills and some personal needs. I became so desperate and began to seek for funds at all means. Luckily for me I heard a colleague of mine talking about this company, I got interested although i was scared of being scammed, I was compelled by my situation and had no choice than to seek advise from my friend regarding this very company and was given their contact number, getting intouch with them really made me skeptical due to my past experience with online lenders, little did i know this very Company "PROGRESSIVE LOAN INC. was a godsent to me and my family and the entire Internet World, this company has been of great help to me and some of my colleague and today am a proud owner of well organized business and responsibilities are well handled all thanks to Josef Lewis of (progresiveloan@yahoo.com).. So if really you are genuinely in need of a loan either to expand or start up your own business or in any form of financial difficulty, i advise you give Mr Josef Lewis of Progressive loan the opportunity of financial upliftment in your life Email: progresiveloan@yahoo.com OR Call/Text +1(603) 786-7565 and not fall victim of online scam in the name of getting a loan. thanks


    ReplyDelete