Monday, June 5, 2017

राजपा आन्तरिक छलफलमा

नेपाली काग्रेसको सभापति शेरबहादुर देउवा भोली प्रधानमन्त्री बन्ने लगभग पक्का भइसकेको अवस्थामा राष्टिय जनता पार्टी कसरी अघि वढने वारेमा आन्तरिक छलफल गरिररहेको जनाएको छ । पछिल्लो समयमा पार्टी दर्ता देखि दोस्रो चरणको निर्वाचन सम्मको सन्दर्भमा राजपाले लिने निर्णयलाई चौतर्फी जिज्ञासाका साथ हेरिएको छ । गएको शनिवार काग्रेसका सभापति सहितका शिर्ष नेताहरुले राजपालाई औपचारिक रुपमै डाकेर समर्थन गर्न र निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । यद्यपी राजपाले आफुहरुको माग सम्बोधन नहुन्जेल सम्म आफुहरु समर्थन गर्न अगाडी नवढने र निर्वाचनमा समेत नजाने बताएका थिए । यद्यपी अनौपचारिक तहमा सहमतीको प्रयास विभिन्न तहमा भइरहेको नेताहरुले बताएका छन । हिजो आइतवार मात्रै काग्रेस सभापति देउवाले राजपाका संयोजक महन्थ ठाकुरसंग फोनमा कुराकानी गरेका थिए भने नेता विमलेन्द्र निघिले भेटेरै छलफल गरेका थिए ।

स्रोतका अनुसार नेपाली काग्रेसले राजपासंग सहमतीका लागी डकुमेन्टेशन गरिरहेको र भोली मंगलवार विहानै त्यसमा सहमती गर्ने तयारी गरिरहेको छ । यद्यपी राजपाले त्यसलाई स्विकार गर्लान कि नगर्लान भन्ने स्पष्ट भइसकेको छैन । सोमवारै राजपाका तीन ओटा अध्यक्षहरु मधेश तिर लागेका छन । संयोजक ठाकुर सहित महेन्द्र यादव र राजेन्द्र महतो संगै काठमाडौ वाट मधेश झरेका हुन । ठाकुर सहितका तीन ओटा अध्यक्षहरु मधेश गएकाले र ठाकुर आउदो विहिवार मात्रै अव काठमाडौ फर्केने छन । त्यही भएर भोली काग्रेस र राजपा विच सहमती भइहाल्लान भन्ने निश्चित सोमवार वेलुकि सम्म भएको छैन ।

प्रधानमन्त्रीको निर्वाचनमा देउवालाई समर्थन नगरे पनि उनी बहुमतका साथ प्रधानमन्त्री बन्न निश्चित रहेकाले राजपाका संयोजक ठाकुरले यसलाई गम्भिरता पुर्वक नलिएको बताइएको छ । ठाकुर सहितका राजपाका नेताहरुले काग्रेस समकक्ष निर्वाचन कार्तिक सम्मै पनि सारेर भए पनि सविधान संशोधन गरेर दोस्रो चरणको निर्वाचन गराउन आग्रह गरिएको बुझिएको छ । यद्यपी काग्रेसको तर्फवाट सभापति देउवाले अहिले संविधान संशोधनका लागी प्रतिवद्धता जानएर स्थानिय तहको संख्या लगायतका काम गर्दै निर्वाचन घोषीत मिती गर्न र त्यसमा सहभागी हुन राजपालाई आग्रह गरिरहेको छ । काग्रेसले त्यही आश्य सहितको सहमती पत्र बनाउन लागेको सुचना पाए पछि ठाकुर सहितका राजपाका शिर्ष नेताहरु काठमाडौ छाडेर पार्टी कार्यक्रमका लागी मधेश तिर लागेको कतिपय भित्रिय स्रोतहरुको भनाई छ । यद्यपी राजपा र काग्रेसको शिर्ष तह लागातार सम्पर्कमा रहेको र भोली सहमतीको प्रयास भइरहेको काग्रेस नेताहरुको भनाई छ ।
 
राजपा अव अर्को हप्ता मात्रै दर्ता हुने ।  
६ ओटा मधेशी पार्टीहरुको एकिकरण मार्फत बनेको राष्टिय जनता पार्टी नेपाल एकिकरण भएको डेढ महिना वितिसक्दा पनि दर्ता नभएको भन्दै चौतर्फी आलोचना हुन थालेको छ । गएको ७ बैशाखमा घोषणा भएको एकिकरणको १९ बैशाख देखि नै दस्तावेजीकरण हुन  थालेको भए पनि अहिले सम्म दर्ताको औपचारिक प्रक्रिया सुरु भएको छैन । अध्यक्ष मण्डलको  निर्देशनमा कार्यसमितीले विद्यान, घोषणा पत्र सहितका कागजातहरु बनाए पनि अध्यक्षहरुले त्यसलाई अन्तिम रुप दिन सकेको छैन ।
 
भित्र भित्रै राजपाका अध्यक्षहरु विचमा विवाद रहेको चर्चा आए पनि सोमवार महन्थ ठाकुर र महेन्द्र यादव वाराको एउटा कार्यक्रममा संगै देखिएका थिए । केहिले राजपाका अध्यक्ष मण्डलमा महेन्द्र यादवले किचलो गरे पछि दर्ताको कागजातहरु अन्तिम रुप लिन नसकेको बताइरहदा ठाकुर र यादव सोमवार संग राजपाको पार्टी प्रवेश कार्यक्रममा वारा पुगेको देखिएको छ ।
 
राजपाका नेताहरुले कार्यसमितीले बनाएको दस्तावेज अव आउदो शुक्रवार र शनिवार अन्तिम रुप लिने अर्को हप्तामा राजपाको दर्ता प्रक्रिया अघि वढने जनाएको छ । राजापाका अध्यक्षहरु सहितका शिर्ष नेताहरु पछिल्लो समयमा आन्तरिक छलफल बैठकहरु तीव्र रुपमा गरिरहेको देखिन्छ । विना संशोधन निर्वाचनमा नजाने र त्यस विरुद्ध आन्दोलन गर्ने चेतावनी राजपाले दिदै आएको छ ।

No comments:

Post a Comment