Friday, June 30, 2017

रक्षात्मक राजपा

निर्वाचन वहिष्कार सहित आन्दोलनमा उत्रेको राष्ट्रिय जनता पार्टी प्रतिरक्षात्मक अवस्थामा पुगेको छ । 

१ असारमा सरकारले २ नम्बर प्रदेशको निर्वाचन २ असोजमा गर्ने निर्णय गर्दै पूर्वनिर्धारित २ गतेको मनोनयन दुई दिन पछि सार्यो । त्यसप्रति पनि असन्तुष्ट हुदै राजपा नेताहरु ३ असारमा आन्दोलन गर्न भनेर मधेस लागे । त्यसै दिन नवलपरासीमा चुनाव विरोधी सभा गरिरह“दा वातावरण तनावग्रस्त भयो र प्रहरीले रबरको गोली चलाउनुपर्ने अवस्था आयो । उक्त घटनापछि धेरैले ४ असारको मनोनयन प्रभावित हुने आकलन गरेका थिए । तर उक्त मनोनयनमा राजपाकै नेताहरुकै सक्रियता देखियो । रुपन्देहीमा सर्वेन्द्रनाथ सुक्ला, कमलेश्वर पुरी र कपिलवस्तूमा वेजेश गुप्ता निर्वाचन प्रचारमै खटिए ।

Monday, June 26, 2017

पानको शान

मिथीलाको पहिचान झल्काउने पान बेचेर तरक्की गरेका जनकपुरका एक स्थानिय व्यापारीको कथा ।  


जनकपुरमा थुप्रै पान पसल छन् तर कैलाश पान पसल सबैभन्दा बढी ग्राहक आउने थलो हो । जनकपुरको जनक चौकमा अवस्थित यो पान पसल जनकपुरीयाहरुको लागि मात्र नभई पानका पारखीहरु माझ निकै प्रचलित छ ।  आफ्नै नामबाट पान पसल चलाएका कैलाश साहलाई पानले दामसंगै प्रसिद्धि दिएको छ । ५३ बर्षीय साह प्रत्येक दिन विहानै ७ बजे पान पसल खोल्छन् । त्यसपछि दिनभरी पान लगाउनबाट फुर्सद हुदैंन उनलाई ।  सरकारी कर्मचारी, व्यापारी, कलाकार, पत्रकार, नेता सबैखाले पानका शौखिन ग्राहकहरुले साहको हातबाट लगाइने पान खान पसल धाउने गर्छन् । विहे र विभिन्न पार्टीहरुमा समेत साहको पसलबाट विशेष रुपमा पान पठाउन अर्डर दिने गरिन्छ ।

Friday, June 16, 2017

निर्वाचन सार्ने सरकारको निर्णय राजपाद्धारा अस्विकार ।

आन्द्योलन जारी राख्ने । 

सरकारले प्रदेश नम्बर २ को निर्वाचन सारेर असोजमा गर्ने गरेको निर्णयलाई राष्टिय जनता पार्टी नेपालले अस्विकार गरेको छ । राजपाको शुक्रवार बसेको बैठकले सरकारको निर्णय अस्विकार गर्दै घोषीत आन्दोलनका कार्यक्रम यथावत राख्दै आउदो ४ गते मधेश थरुहट बन्दको आब्हान समेत गरेको छ । सरकारले २ नम्बर प्रदेशको निर्वाचन सार्दै अन्य प्रदेशका २ असारको उम्मेदवारी मनोयनलाई ४ असारमा गर्ने निर्णय समेत गरेको थियो । राजपाको बैठकले मधेशका पुर्व र पश्चिमका थरुहट सहित लिम्बुवान क्षेत्रमा समेत निर्वाचन सारेर सविधान संशोधन हुनु पर्ने निष्कर्ष निकालेको छ ।

Tuesday, June 13, 2017

दोस्रो चरणको निर्वाचन विरुद्ध राजपाको आमहडताल सुरु

आफुहरुको माग सम्बोधन नगरी सरकार र प्रमुख दलहरु स्थानिय तहको निर्वाचन गराउन लागेको भन्दै राष्टिय जनता पार्टी नेपालले मंगलवार देखि तराई मधेश सहितका क्षेत्रमा आमहडताल सुरु गरेको छ । गएको आइतवार राजपाले आन्दोलन घोषणा गर्दै स्थानिय तहको आसन्न दोस्रो चरणको निर्वाचनमा समेत भाग नलिने र त्यसको विरुद्धमा आन्दोलन गर्ने जनाएको थियो । घोषीत आन्दोलनको कार्यक्रम अनुसार राजपाका नेताहरुले मंगलवार विहानै देखि आमहडताल गराउन उत्रिएका थिए । तराई मधेशको पुर्व विराटनगर देखि पश्चिममा नेपालगंन्ज सम्म बन्दको प्रभाव परेको राजपाले जनाएको छ ।

Monday, June 12, 2017

राजपाका पाच ओटा अध्यक्ष भोली देखि मधेशमा आन्दोलनको कमाण्ड गर्ने

सोमवार मधेशमा राजपाद्धारा मसाल जुलुस । भोली देखि ४ दिने आम हडताल 

स्थानिय तहको दोस्रो चरणको निर्वाचन विरुद्ध आन्दोलनको घोषणा गरेको राष्टिय जनता पार्टी नेपाल आफना ५ जना अध्यक्षहरुलाई भोली देखि मधेशमा आन्दोलनको नेतृत्व गर्न खटाउदै छन । आइतवार राजपाले घोषणा गरेको आन्दोलन कार्यक्रम अनुसार भोली मंगलवार देखि ४ दिने आम हडतालत तराई मधेश क्षेत्रमा हुदै छ । निर्वाचनको उम्मेदवारी मनोयन कार्यक्रमलाई लक्षित गरेर घोषणा गरिएको ४ दिने आम हडताल अघि सोमवार राजपाले तराई मधेशका सवै सदरमुकामहरुमा मसाल जुलुस निकालेका थिए । मसाल जुलुसमा रानपाका नेताहरुले राष्टिय झण्डा समेत बोकेका थिए ।

Sunday, June 11, 2017

राजपाद्धारा दोस्रो चरणको निर्वाचन लक्षित बन्द हडताल घोषणा

राजपा सहितको संघिय गठवन्धनले आफुहरुको माग पुरा नभएको भन्दै दोस्रो चरणको स्थानिय निर्वाचनमा समेत भाग नलिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन । आइतवार पत्रकार सम्मेलन गरेर राजपा र गठवन्धनका संयोजक महन्थ ठाकुरले सतारुढ पक्षहरु संगको पछिल्लो संवाद असफल भएको भन्दै आन्दोलनमा जान लागेको जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा ठाकुरको हस्ताक्षरमा जारी गरिएको गठवन्धनको विज्ञिप्त अनुसार दोस्रो चरणको निर्वाचनको उम्मेदवारी मनोयन देखि मतदान सम्मका कार्यक्रमहरु लाई लक्षित गरेर बन्द, हडताल घोषणा गरिएको छ ।

Thursday, June 8, 2017

आन्दोलनका लागी परिचालन समिती गठन गर्न संघिय गठवन्धनको निर्देशन

राजपा सहितको संघिय गठवन्धनले निर्वाचनलाई लक्षित गरेर आन्दोलन गर्न स्थानिय स्तरमा परिचालन समिती गठन गर्न निर्देशन दिएको छ । २५ जेठ विहिवार राजपा र गठवन्धनको घोषीत विरोध कार्यक्रम सकिए लगत्तै संयोजक महन्थ ठाकुरले एक विज्ञिप्त निकाल्दै स्थानिय तहमा वडा सम्म र निर्वाचनका लागी लागी सरकारले निर्धारण गरेको वुथ केन्द्रित आन्द्योदन परिचालन समिती गठन गर्न निर्देशन दिएको छ ।

संशोधन बिना निर्वाचन अस्वीकार – महन्थ ठाकुर

जनकपुर -  राजपाका  संयोजक महन्थ ठाकुरले संविधान संशोधन नहुन्जेल राष्ट्रिय जनता पार्टी नेपालले कुनै पनि निर्वाचन स्वीकार नगर्ने बताएका छन । गएको मंगलवार मात्रै प्रधानमन्त्रीको निर्वाचनमा ३ बुदे सहमती गरेर भाग लिएको राजपा माथी विभिन्न आशंकाहरु व्यक्त भइरहदा ठाकुरले यस्तो बताएका हुन ।
ठाकुरले आफुहरुको माग बमोजिम सविधान संशोधन नगरिकन मधेश तराईमा चुनाव गराउन खोजीए आफुहरुको त्यसमा अवरोध समेत खडा गर्ने चेतावनी दिए ।

Tuesday, June 6, 2017

सतारुढ गठवन्धनद्धारा राजपा र फोरम नेपाल संग पुन तीन बुदे सहमती ।

नेपाली काग्रेस र मओवादी केन्द्रको वर्तमान सतारुढ गठबन्धनले मधेशी पार्टीहरु संग पुन तीन बुदे सहमती गरेको छ । गठवन्धनको तर्फवाट नेपाली काग्रेसको सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा मंगलवार बन्न लाग्दा यस्तो सहमती भएको छ । यही गठबन्धनले गएको साउनमा समेत मधेशी मोर्चा र संघिय गठवन्धनसंग तीन बुदे सहमती गरेको थियो । त्यती वेला प्रचण्ड प्रधानमन्त्री बन्न लागेका थिए । मंगलवार पुन सतारुढ गठवन्धनले गएको साउनमा भएको ३ बुदे सहमती कार्यन्वयन र स्थानिय तहको संख्या वढाउने गरी नयां सहमती गरेको हो ।

Monday, June 5, 2017

राजपा आन्तरिक छलफलमा

नेपाली काग्रेसको सभापति शेरबहादुर देउवा भोली प्रधानमन्त्री बन्ने लगभग पक्का भइसकेको अवस्थामा राष्टिय जनता पार्टी कसरी अघि वढने वारेमा आन्तरिक छलफल गरिररहेको जनाएको छ । पछिल्लो समयमा पार्टी दर्ता देखि दोस्रो चरणको निर्वाचन सम्मको सन्दर्भमा राजपाले लिने निर्णयलाई चौतर्फी जिज्ञासाका साथ हेरिएको छ । गएको शनिवार काग्रेसका सभापति सहितका शिर्ष नेताहरुले राजपालाई औपचारिक रुपमै डाकेर समर्थन गर्न र निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । यद्यपी राजपाले आफुहरुको माग सम्बोधन नहुन्जेल सम्म आफुहरु समर्थन गर्न अगाडी नवढने र निर्वाचनमा समेत नजाने बताएका थिए । यद्यपी अनौपचारिक तहमा सहमतीको प्रयास विभिन्न तहमा भइरहेको नेताहरुले बताएका छन । हिजो आइतवार मात्रै काग्रेस सभापति देउवाले राजपाका संयोजक महन्थ ठाकुरसंग फोनमा कुराकानी गरेका थिए भने नेता विमलेन्द्र निघिले भेटेरै छलफल गरेका थिए ।

Sunday, June 4, 2017

मधेसको माहोल

राजनीतिक दलहरूबीच दोस्रो चरणको निर्वाचनका लागि सहमति नबन्दा मधेश अन्योलता छाएको छ । 

जनकपुर - जनकपुरको रामानन्द चोकमा लहरै रहेका चिया पसलहरूमा अचेल झन् भीडभाड छ । बिहानदेखि बेलुकीसम्म हुने जमघटमा मुख्य चर्चाको विषय हुन्छ, दोस्रो चरणको निर्वाचन, राजपाको आन्दोलन, उपेन्द्र यादवको निर्वाचनमा सहभागिता र प्रमुख दलहरूबीच  काठमाडौमा हुने छलफल र वार्ता ।

चुनाव होला कि नहोला ? राजपाले चुनावमा सहभागी हुन्छ कि हुदैन ? आदि यस्तै विषयहरूमा ‘चिया गफ’ चलिरहेको हुन्छ । चिया गफमा रमाइरहेका युवा मनोज साह निर्वाचन र राजपाको आन्दोलन दुवैप्रति संशय व्यक्त गर्दै थिए । कतारको एउटा कन्स्ट्रक्सन कम्पनीमा फाइनान्स म्यानेजरको रूपमा कार्यरत साह पछिल्लो एक महिनादेखि बिदामा घर आएका छन् । उनी भन्छन्, ‘मधेश आन्दोलनलाई राजनीतिक रूपमा सम्बोधन नगरी प्रमुख दलहरूले पेलेर अघि बढे चुनाव हिंसात्मक हुन सक्छ ।’

३१ वैशाखमा तीन वटा प्रदेशमा निर्वाचन सम्पन्न भइसकेको छ भने दोस्रो चरणको निर्वाचन ३१ जेठबाट सरेर ९ असार हुँदै १४ असारमा हुने भएको छ । पटक पटक चुनाव सर्दै गरेको र दलहरूवीच सहमति नभइसकेको अवस्थामा जनकपुरमा अधिकांश एउटै प्रश्न गर्छन्, के दोस्रो चरणको निर्वाचन मधेशमा होला ?