Sunday, May 21, 2017

प्रधानमन्त्री विरुद्ध जनकपुरमा कालो झण्डा

संघिय गठवन्धनको बैठक भोली बस्दै । 

प्रधानमन्त्री पुष्पकमल दहाल विरुद्ध जनकपुरमा युवाहरुले कालो झण्डा सहित विरोध प्रर्दशन गरेका छन । आइतवार एउटा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री जनकपुर पुगेको वेला मधेश अघिकार संघर्ष समिती सहितका केहि युवा संगठनहरुले मधेशलाई धोका दिएको भन्दै कालो झण्डा देखाएर विरोध गरेका थिए । कालो झण्डा सहित विरोधमा उत्रेका संघर्ष समितीका संयोजक सरोज मिश्रा सहित ९ जनालाई स्थानिय प्रहरीले प्रकाउ समेत गरेका थिए । प्रकाउ परेका युवाहरुलाई केहि घण्टा पछि रिहा गरेका थिए ।

रिहा भए पछि जनकपुरको जनक चौकमा कोण सभा गर्दै युवाहरुको समुहले प्रधानमन्त्रीले मधेशको मुद्धा सम्बोधन हुने गरी सविधान संशोधन गर्ने सहमती गरे पनि त्यसो नगरेकाले मधेशका आम युवाहरु दोस्रो चरणको निर्वाचन वहिष्कार गर्ने चेतावनी दिए । मिश्र सहितका युवाहरुले विना संशोधन निर्वाचनमा भाग नलिन मधेशी पार्टीहरुलाई समेत खवरदारी गरेका थिए ।

उता विरोध झेल्दै जनकपुरको एक कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्रीले आफु मधेशको मुद्धा सम्बोधन हुने गरी सविधान संशोधनको प्रयासमा लागीरहेको दावी गरे । दहालले स्थानिय तहको संख्या र मुद्धा फिर्ताको काम सरकारले आइतवारै वेलुकिको मन्त्रीपरिषद बैठकवाट गरिरहेको खुलासा समेत गरेका थिए ।
 
दहालले मधेशी पार्टीहरुले उठाइरहेको मुद्धाहरुलाई आशिंक रुपमा भए पनि सम्बोधन गरेर सरकार दोस्रो चरणको निर्वाचन गराउने गृहकार्य गरिरहेको समेत बताए । यद्यपी आशिंक सम्बोधनमा के के भइरहेको छ, त्यो खुलाएनन । हिजो शनिवार मात्रै प्रधानमन्त्री दहालले राजपा अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संग काठमाडौमा छलफल गरेका थिए ।
 
संघिय गठवन्धनको बैठक सोमवार बस्दै

गएको शुक्रवार देखि लागातार स्थगीत हुदै आएको संघिय गठवन्धनको बैठक भोली सोमवार बस्न लागेको नेताहरुले बताएका छन । पछिल्लो समयमा अनौपचारिकतहमा प्रधानमन्त्री, रापजा, फोरम नेपाल र लोकतान्त्रिक फोरम विच कुराकानीहरु बाक्लीए पछि राजपाले गठवन्धनको बैठक स्थगीत गर्दै आएका छन ।
 
भोली सरकारले बजेट अधिवेशन समेत आब्हान गरेको छ । दिउसो चार बजे पछि बस्न्े संघिय गठवन्धनको बैठकले पछिल्लो सवै अनौपचारिक संवादको आधारमा गठवन्धनको अगामी रणनिती ऋख्तीयार गर्ने नेताहरुले बताउदै आएका छन ।
 
खासगरी राजपाका शिर्ष नेताहरुले अझै पनि विना संशोधन र मधेशको अन्य मुद्धाहरु सम्बोधन नहुन्जेल आफुहरु निर्वाचनमा नजाने र त्यसको विरुद्धमा आन्दोलन घोषणा गर्ने चेतावनी दिदै आएका छन । 

No comments:

Post a Comment