Tuesday, May 16, 2017

राजपाका अध्यक्षहरु काग्रेस सभापति र प्रधानमन्त्रीलाई वुधवार भेटदै

                                                                                                                  फाइल फोटो
सोमवार प्रधानमन्त्रीले राजपाका अध्यक्षहरुलाई वोलाएर आफनो धारणा सुनाए पछि राजपाका नेताहरु त्यस माथी छलफल गरेर भोली वुधवार काग्रेस सभापति र प्रधानमन्त्रीलाई भेटदै छन ।  पहिलो चरणको निर्वाचन आइतवार सम्पन्न भएसंगै सोमवार विहानै प्रधानमन्त्री पुष्पकमल दहालले राजपाका अध्यक्षहरुलाइ डाकेर आफुले संशोधन चाह्दा चाह्दै पनि गर्न नसकेको गुनासो पोखेका थिए । प्रचण्डले मन्त्रीपरिषदवाट हुनै सवै कामहरु यही हप्ता गरिदिने र त्यसकै आधारमा दोस्रो चरणको निर्वाचनमा राजपालाई भाग लिन आग्रह गरेका थिए । प्रधानमन्त्रीको प्रस्ताव पछि राजपाका अध्यक्षहरुले आफुहरु छलफल गरेको जवाफ दिने बताएका थिए । राजपा स्रोतका अनुसार अध्यक्ष मण्डल हिजो दिउसो र आज गरी त्यसमाथी छलफल गरेका थिए । छलफल पछि भोली वुधवार राजपाका अध्यक्षहरुले नेपाली काग्रेसका सभापति र प्रधानमन्त्री दुवैलाई भेटेर आफनो धारणा सुनाउने सम्बद्ध स्रोतको भनाई छ ।


विभिन्न माध्यमहरुवाट राजपा माथी विना संशोधन नै निर्वाचनमा जान दबाब आइरहेको समाचार आइरहदा राजपा सम्बद्ध स्रोत भन्छन, भोली वुधवार देउवा र प्रचण्डलाई भेटेर राजपाका अध्यक्षहरले विना संशोधन आफुहरु निर्वाचनमा नजाने र तराई मधेशमा त्यसको विरुद्धमा आन्दोलन समेत गर्ने आफनो अडान सुनाउन लागेका छन । सुरु देखि नै विना संशोधन निर्वाचनमा नजाने बताउदै आएको मधेशी पार्टीहरु पहिलो चरणको निर्वाचनलाई लक्षित गरेर समेत बन्द हडताल सहितका आन्दोलन घोषणा गरेका थिए । तर पछि सरकारसंग भएको भ्रद सहमतीको आधारमा मधेशी मोर्चा र संघिय गठवन्धनले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको थियो ।
 
त्यसमाथी पहिलो चरणकै निर्वाचनमा फोरम नेपाल भाग लिए पछि राजपा पनि विना संशोधन नै दोस्रो चरणमा भाग लिने लख काटन थालीएको थियो । तर राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको निकटस्त नेता राकेश मिश्रा भन्छन, सरकार चौतर्फी दबाब सिर्जना गराएको कुरा सत्य हो तर राजपा विना संशोधन निर्वाचनमा जादैन । सरकार विना संशोधन दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि वढाए त्यसको विरुद्धमा आन्दोलन घोषणा हुने दावी मिश्रको छ । राजपाका सहमहामन्त्री समेत रहेका मिश्र भन्छन, सविधान संशोधन नगरी हाम्रो माग पुरा गर्नुको विकल्प छैन ।
 
राजपा सम्बद्ध स्रोतका अनुसार पार्टी दर्ताका लागी ३ जेठमा निर्वाचन आयोगले समय दिए पनि राजपाले भोली नै पार्टी दर्ताको गराउन गइरहेका छैनन । सचिवालयले विद्यान र घोषणा पत्र अध्यक्ष मण्डलमा पेश गरे पनि अध्यक्ष मण्डलले त्यसलाई अन्तिम रुप दिन नसकेको नेताहरुको भनाई छ । सम्भवत एक दुई दिन अझै त्यसमा लाग्न सक्ने अनुमान नेताहरुको छ । अध्यक्ष मण्डल राजनिती गतिविधीहरुमा व्यस्त भएकाले त्यसलाई अन्तिम रुप दिन नसकेको नेताहरुको भनाई छ । यद्यपी त्यस माथी आज पनि वृहत छलफल भएको थियो । 

No comments:

Post a Comment