Monday, May 15, 2017

राजपा र प्रधानमन्त्री विच छलफल

राजपाद्धारा मधेशमा मोटरसाइकल जुलुस 

पहिलो चरणको निर्वाचन भएको भोली पल्टै प्रधानमन्त्री प्रचण्डले नवगठित राष्टिय जनता पार्टी राजपा संग छलफल गरेको  छ । विना सविधान संशोधन दोस्रो चरणको निर्वाचनमा भाग नलिने वताउदै आएका राजपा संग प्रधानमन्त्री वर्तमान सरकार गठन भएको वेला भएको सहमती सहित दोस्रो चरणको निर्वाचन सम्बन्धमा समेत छलफल गरेका थिए । प्रधानमन्त्री निवास वालुवाटार बैठकमा भएको उक्त छलफलमा प्रधानमन्त्री र राजपाको तर्फवाट अध्यक्षहरु मात्रै सहभागी थिए । राजपाका एक अध्यक्ष शरदसिंह भण्डारीले प्रधानमन्त्री संग आफुहरु बैशाखमा भएको भ्रद सहमती प्रति ध्यानाकर्षण गराएको बताए ।

भण्डारीका अनुसार सरकारी पक्ष र आफुहरुको विचमा भएको भ्रद सहमती अनुसार पहिलो चरणको निर्वाचन सम्म आफुहरु विरोध नगरेको भन्दै अव सरकारले आफुहरुको माग अनुसार संविधान संशोधन गर्नु पर्नेमा राजपाका नेताहरुले जाड दिएका थिए ।  उनले भने, सविधान संशोधन देखि मुद्धा फिर्ता हुदै स्थानिय तहको संख्या वढाउने पर्ने आफुहरुको शर्तको वारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको थियो ।

राजपाका अर्का अध्यक्ष राजकिशोर यादवका अनुसार प्रधानमन्त्रीले वर्तमान गठवन्धनलाइृ भत्कने गरी कुनै पनि क्रियाकलाप नगर्न राजपा संग आग्रह गरेका थिए । यादवका अनुसार प्रधानमन्त्रीले अव आउने मन्त्रीपरिषद बैठकवाट हुने कामहरु मुद्धा फिर्ता देखि स्थानिय तहको संख्या वढाउने सम्मको कामको वारेमा निर्णय हुने आश्वासन राजपालाई दिएको छ ।

प्रधानमन्त्रीले आफुले सरकार निर्माण गर्दा मधेशी मोर्चा संग गरेको सहमती अनुसार सवै कामहरु गर्न भ्याए पनि सविधान संशोधन गर्न लागातार असफल हुदै आएको आफनो अभ्यासहरु वारेमा राजपालाई जानकारी गराएका थिए । नेता यादवका अनुसार यद्यपी प्रधानमन्त्रीले पुन एकचोटी आफुले संशोधनका लागी काम गरिरहेको जानकारी राजपालाई गराएका थिए ।


राजपाका अध्यक्षहरले आफुहरु विना संविधान संशोधन दोस्रो चरणको निर्वाचनमा नजाने आफनो पुरानो अडान पुन दोह्याएका थिए । राजपाले पहिलो चरणको निर्वाचनको विरोध स्वरुप आज मात्रै मधेशका जिल्लाहरुमा वृहत मोटरसाइकल जुलुस निकालेका थिए । सदरमुकाम सहित ग्रामिण भेगहरुमा समेत भएको उक्त मोटरसाइकल जुलुसमा सोमवार व्यापक सहभागीता देखिएका थिए ।

सोमवार विहानै प्रधानमन्त्रीसंग छलफल गरेका राजपाका अध्यक्षहरु दिउसो छुटै समेत बैठक गरेको नेताहरुले बताएका छन । पछिल्लो अवस्था र प्रधानमन्त्रीसंगको छलफल वारेमा सोमवार दिउसो ३ बजे राजपाका अध्यक्ष मण्डलको बैठक विजुलीवजारमा बसेको थियो ।

यस अघि राजपाले घोषणा गरेको विरोध कार्यक्रमहरु आज सकिएको छ । भोली राजपाको कार्यदलको बैठक समेत बोलाइएको छ । पार्टी दर्ता देखि अगामी विरोधका कार्यक्रमहरुको समेत स्वरुप कार्यदलले तयार पार्ने छ ।

1 comment:

  1. FINANCIAL BREAKTHROUGH

    Life indeed is GRACE, I'am Daan Sophia currently in California USA. I would like to share my experience with you guys on how I got a loan of $185,000.00 USD to clear my bank draft and start up a new business. It all started when i lost my home and belongings due to the bank draft I took to offset some bills and some personal needs. I became so desperate and began to seek for funds at all means. Luckily for me I heard a colleague of mine talking about this company, I got interested although i was scared of being scammed, I was compelled by my situation and had no choice than to seek advise from my friend regarding this very company and was given their contact number, getting intouch with them really made me skeptical due to my past experience with online lenders, little did i know this very Company "PROGRESSIVE LOAN INC. was a godsent to me and my family and the entire Internet World, this company has been of great help to me and some of my colleague and today am a proud owner of well organized business and responsibilities are well handled all thanks to Josef Lewis of (progresiveloan@yahoo.com).. So if really you are genuinely in need of a loan either to expand or start up your own business or in any form of financial difficulty, i advise you give Mr Josef Lewis of Progressive loan the opportunity of financial upliftment in your life Email: progresiveloan@yahoo.com OR Call/Text +1(603) 786-7565 and not fall victim of online scam in the name of getting a loan. thanks


    ReplyDelete