Sunday, May 14, 2017

स्थानिय तहको निर्वाचन विरुद्ध मधेशमा प्रर्दशन

पहाडी भेगमा स्थानिय तहको पहिलो चरणको निर्वाचन भइरहदा तराई मधेशमा त्यसको विरुद्धमा प्रर्दशनहरु भएको छ । जनकपुरमा आन्दोलनको क्रममा सक्रिय रहेका युवाहरुको विभिन्न समुहहरुले आइतवार संयुक्त रुपमा चक्का जाम गरेका थिए । यता विना सविधान संशोधन निर्वाचनमा नजाजे बताउदै आएको नवगठित राजपालले समेत निर्वाचनको विरोधका कार्यक्रमहरु गरेका थिए ।

जनकपुरमा मधेश अधिकार संघर्ष समिती सहितको विभिन्न ५ ओटा संगठनहरुले विहान १० वजे देखि दुई घण्टा चक्का जाम गरेका थिए । युवाहरुको पहलमा भएको यस्तो कार्यक्रममा मधेशी पार्टीहरु सम्बद्ध स्थानिय युवा नेताहरु समेत सहभागी थिए ।

यता संशोधन हुन नसकेको परिस्थितीमा राजपाले स्थानिय तहको विरोधको घोषणा गरेको विरोध प्रर्दशन समेत गएको शुक्रवार भएको छ भने भोली सोमवार मोटरसाईकल जुलुस निकाल्दै छन । राजपाका स्थानिय संगठगनहरुले मधेशका सदरमुकामहरुमा गएको शुक्रवार निर्वाचनको विरुद्धमा प्रर्दशन गरेका थिए । त्यसैगरी भोली सोमवार जिल्ला सदरमुकाम सहित गाउगाउ समेत मोटरसाइकल जुलुस निकाल्ने तयारी गरेको छ । केहि समय अघि राजपा सहितको संघिय गठवन्धनले पहिलो चरणको निर्वाचन लक्षित विरोध कार्यक्रमहरु सार्वजनिक गरेका थिए । राजपाका नेताहरुले ४ जेठमा पनि सविधान  संशोधन नभए आफुहरु आन्दोलनमा जाने चेतावनी दिदै आएका छन ।
 
राजपाले विना संशोधन निर्वाचनमा नजाने अडानमा छन । यद्यपी उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम निर्वाचनमा भाग लिइसकेका छन । उपेन्द्र यादवले समेत पहिलो चरणको निर्वाचन लगत्तै संविधान संशोधन नभए आफुहरु समेत दोस्रो चरणको निर्वाचनमा भाग नलिने घोषणा गरेका थिए ।
 
सरकारी पक्षले आउदो ४ जेठको सदनको बैठकवाट संशोधन अघि वढाउने वाचा मधेशी पार्टीहरुलाई गरेका छन । भने शुक्रवार बसेको मन्त्रीपरिषद बैठकले मधेशी पार्टीहरुको माग अनुसार स्थानिय तहको संख्या वढाउने काम पुन गर्न फोरम लोकतान्त्रिकका नेता विजय गच्छदारलाई दिएको छ । गच्छदार हाल सालै मन्त्रीपरिषदमा छिरेका हुन । यस अघि पनि मधेशी पार्टीहरु संगको सहमतीमा सरकारले मधेशमा स्थानिय तहको संख्या थप्ने काम अघि वढाउने पत्राचार गरेको थियो तर प्रमुख विपक्षी एमालेको संसद अवरोध पछि सरकार पछि हटेको थियो ।

No comments:

Post a Comment