Friday, May 12, 2017

३ जेठमा राजपा दर्ता हुने ।

नवगठित राजपा पार्टी आउदो ३ जेठमा निर्वाचन आयोगमा दर्ता हुदै छ । ६ ओटा मधेशी पाटीहरु द्धारा एकिकरण पश्चात बनेको नया पार्टी राजपाको विद्यान र घोषणा पत्रहरु तयार भए पछि नेताहरु दर्ताको प्रक्रिया अघि वढाएका हुन । नवगठित राजपाको सचिवालयले विदान सहित अन्य सवै डकुमेन्टहरु तयार पारे पछि अध्यक्षहरु मण्डलले त्यसलाई दर्ताको प्रक्रियामा अघि वढाउन निर्देशन गरेको छ । शुक्रवार नेताहरु वृषेशचन्द्र लाल, केशव झा, मनिष सुमन, सीपी सिंह सहितको टोली निर्वाचन आयोग पुगेर राजपाले तयार पारेको विद्यान देखि घोषणा पत्र सहितका कागजातहरु प्रमुख निर्वाचन आयुक्तलाई देखाएका थिए ।

नेता सिपी सिंहका अनुसार प्रमुख निर्वाचन आयुक्तसंगको शुक्रवार भएको छलफलको आधारमा पार्टी दर्ताका लागी आउदो ३ जेठमा आयोगले राजपालाई डाकेको छ । आउदो आइतवार स्थानिय तहको पहिलो चरणको निर्वाचन ३ ओटा प्रदेशमा हुदै छ । ३१ जेठमा सरकारले तराई सहितका बाकी क्षेत्रमा दोस्रो चरणको निर्वाचन गराउने घोषणा गरेको छ ।

गएको ७ बैशाखमा मधेशी मोर्चामा आबद्ध ६ ओटा दलहरु एकिकरण गरे पछि राजपाको गठन भएको् थियो । जुन पार्टीको दर्ता प्रक्रिया सवै कानुनी तहमा नयां ढंगले गर्नु पर्ने थियो ।  

No comments:

Post a Comment