Thursday, May 11, 2017

राजपाको विद्यान र निती कार्यक्रम तयार

६ ओटा मधेशी पार्टीको एकिकरण पश्चात बनेको नवगठित राष्टिय जनता पार्टीले आफनो विद्यान र निती कार्यक्रम तयार पारेको जनाएको छ । गएको १९ बैशाखमा काठमाडौमा बसेको एकिकृत पार्टीको प्रथम विस्तारित बैठकले पार्टी संरचनागत संस्थागत कामहरु गर्ने जिम्मा अध्यक्षहरुलाई दिएको थियो । अध्यक्ष मण्डलले सचिवालय नयां पार्टीको दर्ताका लागी आवश्यक पर्ने विद्यान, घोषणा पत्र देखि अन्य कागजातहरु तयार पार्न निर्देशन दिएको थियो । राजपाको सचिवालय पछिल्लो केहि हप्ता यता त्यसमा काम गर्दै आएका थिए । सचिवालयका अनुसार विहिवार विद्यान सहित घोषणा पत्र लगायतका सवै कागजातहरुको अन्तिम रुप तयार भएको छ । भोली शुक्रवार सचिवालयले उक्त सवै कुरा अध्यक्ष मण्डललाई सुम्पने तयारी गरेको राजपाका नेताहरुले बताएका छन ।

राजपाका नेताहरुका अनुसार नया विद्यान अनुसार पार्टीको सर्वोच्च निकाय महाधिवेशन नहुन्जेल सम्म अध्यक्ष मण्डल हुनेछ भने उक्त अध्यक्ष मण्डलले ४१ सदस्यीय राजनिती समितीको बनाएर पार्टीको कामहरु संचालन गर्ने छ । ४१ सदस्यीय राजनिती कार्यसमिती पार्टीको पोलिटव्युुरो हुनेछ  भने ६ ओटै पार्टीहरुका सवै पदाधिकारीहरु पुरानै हैसियतमा राजपाका नेता समेत रहने छ । नवगठिट राजपाले अवको एक बर्ष भित्र एकता महाधिवेशन सम्पन्न गर्नु पर्ने कानुनी वाध्यता छ ।

राजपा सचिवालयले तयार पारेको पार्टी विद्यान भोली अध्यक्ष मण्डलले पेश भए पछि त्यसले अन्तिम रुप पाउने र त्यस पछि निर्वाचन आयोगको कानुनी प्रावद्यान अनुसार दर्ता प्रक्रिया अघि वढने छ । हुनत एकता घोषणा भए पछि लिखित रुपमा राजपाका नेताहरुले एकिकरण सन्दर्भमा निर्वाचन आयोगलाई जानकारी गराइ सकेका छन ।

यस अघि राजपाका अध्यक्ष मण्डलले जिल्लाहरु समेत संयुक्त परिपत्र गर्दै एकता बैठक गरेर केन्द्र झै संयुक्त रुपमा कार्यसमितीहरु एकिकरण गर्न निर्देशन गरिसकेको छ । जिल्ला जिल्लामा एकता बैठक गरेर राजपाले एकता जुलुस जिल्लाहरुमा निकाल्ने समेत निर्देशन गरेको थियो ।

No comments:

Post a Comment