Tuesday, May 9, 2017

संघिय गठवन्धन र प्रमुख दलहरु विच छलफल

नवगठित राजपा सहितको संघिय गठवन्धन र प्रमुख दलहरुका शिर्ष नेताहरु विच मंगलवार छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दहाल संग् वालुवाटार छलफल गर्न पुगेका गठवन्धन नेताहरु संग उक्त वार्तामा नेपाली काग्रेस र एमालेका समेत शिर्ष नेताहरु सहभागी थिए । विना सविधान संशोधन निर्वाचनमा नजाजे अडानमा रहेको गठवन्धन अगामी रणनिती वनाउनु पुर्व एकचोटी प्रधानमन्त्रीसंग छलफल गर्ने निष्कर्ष सोमवार निकालेका थिए । गठवन्धनले सरकार र सतारुढ दलहरुले आफुहरु संग गरेको वाचा अनुसार विना संशोधन नै निर्वाचन गराउन लागेको भन्दै धोका दिएको चेतावनी पछिल्लो समयमा दिदै आएका छन ।

सतारुढ दलहरुले धोका दिएको भन्दै पुन आन्दोलनमा जाने लागेको बताउदै गठवन्धनले पहिलो चरणको निर्वाचनलाई प्रतिकात्मक विरोध गर्नेृ र दोस्रो चरणको निर्वाचनलाई सशक्क्त प्रतिकार गर्ने गरी रणनिती वनाइरहेको छ ।

यस अघि नै पहिलो चरणकै निर्वाचनलाई लक्षित गरेर मधेशी मोर्चा र संघिय गठवन्धनले बन्द हडताल सहितका विरोध कार्यक्रमहरु सार्वजनिक गरेका थिए । तर बैशाखको सूरुमै सरकार संग भएको भ्रद सहमतीको आधारमा गठवन्धनले आन्दोलन फिर्ता लिएको घोषणा गरेको थियो । गठवन्धनले आफुहरु आन्दोलन फिर्ता लिए पनि सरकार र प्रमुख दलहरु भ्रद सहमती अनुसार संशोधन नगरेको भन्दै पछिल्लो समयमा रुष्ट देखिन्छ ।

त्यही भएर होला गएको शनिवार देखि गठवन्धनको बैठक औपचारिक र अनौपचारिक तवरमा हरेक दिन बस्दै आएको छ । गठवन्धनका नेताहरुका अनुसार मंगलवार प्रधानमन्त्रीलाई समेत नेताहरुले त्यसको अवगत गराएको छ । सतारुढ नेताहरु र प्रधानमन्त्रीले पहलो चरणको निर्वाचन पश्चात पुन संशोधनलाई अघि वढाउने वाचा पुन दिए पनि गठवन्धनका नेताहरुले त्यो सम्भव नरहेको निष्कर्ष निकाली सकेका छन ।

मंगलवारको छलफलमा प्रधानमन्त्री दहाल संगै नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका नेताहरु वामदेव गौतम र सुभासचन्द्र नेम्वाड सहित गठवन्धनको तर्फवाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, अनिल झा, राजकिशोर यादव, केशव झा लगायतका सहभागी थिए । नवगठित राजपाका शिर्ष नेताहरु अघिल्लो हप्ता पनि प्रधानमन्त्री र राष्टपतिसंग छलफल गरेका थिए ।  

No comments:

Post a Comment