Monday, May 8, 2017

संघिय गठवन्धनले भोली प्रधानमन्त्रीसंग छलफल गर्ने

विना संविधान संशोधन निर्वाचनमा भाग नलिने बताउदै आएका संघिय गठवन्धनले भोली मंगलवार प्रधानमन्त्री संग छलफल गर्ने भएको छ । पछिल्लो समयमा सरकारले आफुहरु संगको सहमती कार्यन्वयन नगरेको भन्दै आन्दोलनको चेतावनी दिदै आएको गठवन्धनको वैठक हिजो र आज गरी बसेको थियो । बैठकमा आन्दोलन घोषणा गर्नु पुर्व एक चोटी प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निष्कर्ष नेताहरुले निकालेको बताएका छन । राजपा नेता बृषेशचन्द्र लालका अनुसार मंगलवार गठवन्धनले प्रधानमन्त्रीलाई भेटेर विना सविधान संशोधन निर्वाचन नगराउन आग्रह गरिने छन । लाल भन्छन, हामीले एकचोटी उहालाई भनी दिने कुरा गरेका छौ । त्यस पछि मात्रै गठवन्धनले आफनो रणनितीलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन ।

अर्का नेता केशव झाका अनुसार प्रधानमन्त्री संग गठवन्धन भेटेर आए पछि भोली पुन बैठक बस्ने छ । प्रधानमन्त्रीसंग भोली विहान ९ वजे गठवन्धनका नेताहरुले भेट गर्दै छन ।

पछिल्लो समयमा मधेशी मोर्चामा आबद्ध ६ ओटा पार्टीहरु एकिकरण भए संगै मधेशको राजनितीमा तीव्र ध्रुवीकरणहरु हुन थालेका छन । उपेन्द्र यादव विना संशोधनमा निर्वाचनमा गएको भन्दै संघिय गठवन्धनमा देखिएको विवाद सतहमै छताछुल्ल भएको छ ।
 
वहुमत सहभागीवाट गठवन्धनको संयोजकमा उपेन्द्र यादवलाई हटाएर महन्थ ठाकुर नियुक्त भए देखि केहि समय यता सुस्ताएको गठवन्धन सक्रिय भएको देखिन्छ । ठाकुरले गठवन्धनको जिम्मा लिए सगै आन्दोलनको चेतावनी दिदै बैठकहरु र आन्तरिक छलफलहरु सुरु गरेका छन ।
 
उता पहिलो चरणकै निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उपेन्द्र यादव आफु विरुद्ध भ्रामक प्रचारवाजी भएको भन्दै मधेशमा आफनो अगुवा नेता कार्यकर्ताहरुलाई भेला गरेर आन्तरिक गोष्ठीहरु गर्न सुरु गरेका छन । आइतवार सिरहाको लहानमा आफना अगुवा नेता कार्यकर्ता संग एक दिने गोष्ठी गरेका यादव सोमवार विरगंजमा त्यस्तै भेला आयोजना गरेका थिए ।

No comments:

Post a Comment