Sunday, May 7, 2017

संघिय गठवन्धनको बैठक सुरु

उपेन्द्र यादवलाई संघिय गठवन्धनको संयोजकवाट निष्कासित गरेर महन्थ ठाकुरलाई संयोजकको जिम्मा दिए पछि गठवन्धनको बैठक सुरु भएको छ । विजुलीवजार स्थित राजपामा एकिकृत भएको तमलोपाको पार्टी कार्यलयमा आइतवार देखि महन्थ ठाकुरको अध्यक्षतामा बैठक सुरु भएको छ । हिजो शनिवार मात्रै गठवन्धनका नेताहरुको भेलाले उपेन्द्र यादव गठवन्धनको पुर्व निर्णय विपरित माग सम्बोधन नहुदै निर्वाचनमा भाग लिएको भन्दै यादवलाई कारवाही स्वरुप निष्कासित गर्दै ठाकुरलाई जिम्मा दिएको थियो । यद्यपी यादवले आफुलाई त्यसवारेमा अहिले सम्म कुनै जानकारी नै नभएको भन्दै त्यसको प्रतिवाद गर्दै आएका छन । ठाकुर संयोजक चयन भएसंगै गठवन्धनको तर्फवाट शनिवार नै विज्ञिप्ती जारी गर्दै सशोधन विना निर्वाचन नजाने भन्दै आन्दोलन घोषणा गर्ने चेतावनी दिएका थिए ।

आइतवार दिउसो बसेको गठवन्धन बैठकले अहिले सम्मको समकक्षा गर्दै आन्दोलन घोषणा गर्ने निष्कर्ष निकालेको राजपाका नेता संतोष मेहताले बताए । मेहताका अनुसार भोली सोमवार पुन गठवन्धनको बैठक बस्ने छ । भोली बस्ने वैठकवाट आन्दोलनको स्वरुप वारेमा निष्कर्ष निकालीने मेहताको भनाई छ ।

बैठक सम्बद्ध स्रोतका अनुसार गठवन्धनले पहिलो चरणको निर्वाचनलाई लक्षित गरेर विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने सुरसारमा अघि वढेका छन ।  पहिलो चरणमा पहाडी भेगमा मात्रै निर्वाचन हुने भएकाले गठवन्धनले पहाडी भेगमा आफनो आन्दोलनलाई कुन तह सम्म लान सक्छन भन्ने वारेमा समेत छलफल गरेको छ । नेताहरुका अनुसार पहाडी भे्गमा आन्दोलनलाई पुरै उच्च तहमा पुर्याउन नसक्ने सम्भावना नदेखेकाले विरोध स्वरुप केहि प्रतिकात्मक आन्दोलनका कार्यक्रमहरु घोषणा हुन सक्छ ।
 
त्यस पछि ३१ जेठमा भनिएको दोस्रो चरणको निर्वाचनलाई पुरै प्रभावित बनाउने गरी गठवन्धन आन्दोलनको रणनिती वनाउन लागी परेको छ । सरकार र सतारुढ दलहरु संग सविधान संशोधनका लागी पटक पटक सहमती भए पनि सतारुढ घटकहरुले संशोधन गराउन नसकेको भन्दै राजपा सहितको संघिय गठवन्धन अन्नतह आन्दोलनको वारेमा छलफल सुरु गरेको जनाएको छ । अघिल्लो हप्ता मात्रै राजपाका नेताहरु राष्टपति र प्रधानमन्त्रीसंग छलफल गरेका थिए ।
 
सरकारले राजपा सहितका आन्द्योलनरत पक्षहरुको सहमतीमा सविधान संशोधन विद्येयक सदनमा दर्ता गराए पनि त्यो अगाडी वढन सकेको छैन । सदनमा दर्ता भएको संशोधन विद्येयक पास भए निर्वाचनमा जाने राजपा सहितका आन्द्योलनरत पक्षहरुले यस अघि देखि नै बताउदै आएका छन ।
 

No comments:

Post a Comment