Saturday, May 6, 2017

संघिय गठवन्धनको संयोजकमा महन्थ ठाकुर ।

निर्वाचनम भाग लिएको भन्दै उपेन्द्र यादवलाई गठवन्धनद्धारा कारवाही 

मधेशी मोर्चा सहितको जनजातीहरुको संघिय गठवन्धनले उपेन्द्र यादवलाई गठवन्धनको पुर्व निर्णय विपरित निर्वाचनमा भाग लिएको भन्दै कारवाही गर्दै राष्टिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई गठवन्धनको पनि जिम्मेवारी दिएको छ । विजुलीबजार स्थित पहिला तमलोपाको पार्टी कार्यलय रहेको स्थानमा आज बसेको गठवन्धनको बैठकले यस्तो निर्णय गरेको छ ।

बैठक पश्चात संघिय गठवन्धनको संयोजकको हैसियतामा ठाकुरद्धारा जारी गरिएको विज्ञिप्तमा यादव गठवन्धनको पुर्व निर्णय विपििरत स्थानिय तहको पहिलो चरणको निर्वाचन प्रक्रियामा सामेल भएको भन्दै उनलाई जिम्मेवारीवाट मुक्त गरिएको घोषणा गरिएको छ ।

त्यससंगै विज्ञिप्तमा सविधान संशोधन गरेर आन्दोलनरत मधेशी जनजातीहरुको मुद्धालाई चाडे भन्दा चाडो सम्बोधन गर्न माग गरिएको छ । सविधान संशोधनको प्रक्रिया अघि नबढे गठवन्धनले चाडै आनद्योलनको घोषणा गर्ने चेतावनी समेत दिइएको छ । 


No comments:

Post a Comment