Friday, May 5, 2017

राष्टपति र प्रधानमन्त्रीद्धारा राजपा संग छलफल

राष्टपति विद्ययादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दहाल नवगठित राष्टिय जनता पार्टी नेपालका नेताहरु संग छलफल गरेका छन । मधेशी मोर्चामा आबद्ध ६ ओटा पार्टीहरु द्धारा एकिकरण गरेर राजपा गठन भए पछि प्रधानमन्त्री र राष्टपतिले नवगठित पार्टीको धारणा र यी नेताहरुले पहिला देखि नै उठाउदै आएको सविधान संशोधन देखि स्थानिय निर्वाचन वारे छलफल गरेको नेताहरुले बताएका छन । मंगलवार राजपाको पहिलो बैठकमा निर्वाचनमा जान सक्ने नेतृत्वको सम्भावनाहरु प्रति केन्द्रिय सदस्यहरुले कडा आलोचना मात्रै होईन कि उपेन्द्र यादवको नेतृत्वको फोरम निर्वाचनमा गएको प्रति समेत कडा टिप्पणीहरु गरेका थिए । राजपाको मंगलवार बैठक सकिए लगतै वुधवार साझ प्रधानमन्त्रीले राजपाका अध्यक्ष मण्डलसंग छलफल गरेका थिए भने शुक्रवार साझ राष्टपति भण्डारीले छलफल गरेका छन ।

नयां सविधानको विरुद्धमा आन्दोलन गर्दै आएको मधेशी मोर्चा सविधान संशोधन विना निर्वाचनमा नजाने औपचारिक निर्णय नै गरेको थियो । सरकारले गएको फागुनमा निर्वाचनको मिती घोषणा गर्दा मोर्चा र संघिय गठवन्धनले मधेश बन्द देखि नेपाल बन्दको विरोध कार्यक्रम गरेका थिए । पछि सरकार संग सविधान संशोधनको पक्षमा अनौपचारिक तहमा सहमती जुटे पछि मोर्चा र गठवन्धन आफनो आन्दोलन स्थगन गरेको घोषणा गरेको थियो । सरकारले सदनमा दर्ता गराएको संशोधन प्रस्तावमा पुन दुवै पक्ष छलफल गरेर पुरक संशोधन समेत दर्ता गराएका थिए ।

तर सरकारले गरेको वाचा अनुरुप गएको १८ बैशाख सम्म उक्त संशोधन पास हुन सकेनन । अनौपचारिक तहमा सरकारी पक्षले १८ बैशाख सम्म संशोधन गराउने वाचा मोर्चा सामु गरेका नेताहरुले बताएका थिए । १८ बैशाखमा सरकारले संशोधन गराउन सक्दा २० बैशाखको साझ प्रधानमन्त्री प्रचण्डले आफनो वाध्यताहरु राजपाका अध्यक्षहरुलाई सुनाएको नेताहरुको भनाई छ । सरकारी पक्षले दर्ता गराएको संशोधन पास हुने सम्भावन न्युन हुदै जादा नव गठित राजपा, फोरम नेपाल, मधेशी मोर्चा र संघिय गठवन्धनको प्रष्ट धारणा औपचारिक रुपमा सार्वजनिक भएको छैन । 

यद्यपी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार संशोधन गर्ने वाचा दिएकाले आफु पहिलो चरणको निर्वाचनमा भाग लिएको बताएका छन । उनले दोस्रो चरणको निर्वाचन पुर्व संशोधन नभए ३१ जेठमा घोषणा गरिएको दोस्रो चरणको निर्वाचनमा भाग नलिने बताएका छन । नव गठित राजपाले भने सविधान संशोधन र स्थानिय तहको निर्वाचन वारेमा औपचारिक रुपमा आफनो धारणा सार्वजनिक अहिले सम्म गरेका छैनन । यद्यपी नेताहरु आफुहरुको माग पुरानै भएकाले अडान पनि पुरानै रहेको दावी गर्दै विना संशोधन निर्वाचनमा भाग नलिने अभिव्यक्ति दिने गरेका छन ।

No comments:

Post a Comment