Wednesday, May 3, 2017

संशोधन नभए दोस्रो चरणको निर्वाचनमा नजाने उपेन्द्र यादवको भनाई

पहिलो चरणको निर्वाचनका लागी हिजो भएको उम्मेदवार मनोयनमा भाग लिएको प्रति विभिन्न टिकाटिप्पणी भइरहदा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले आफु संग गरेको वाचा अनुरुप सविधान संशोधन नभए दोस्रो चरणको निर्वाचनमा आफु भाग नलिने प्रष्टाएका छन । वुधवार दिउसो पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरेर यादवले प्रधानमन्त्रीले आफुलाई पहिलो चरणको निर्वाचन लगत्तै संशोधन गराउने आश्वासन दिएकाले आफु निर्वाचनमा भाग लिएको दावी गरे । यादव भने, यदी उहाहरुले वाचा अनुरुप संशोधन गर्न सक्नु भएन भने आफुहरु दोस्रो चरणको निर्वाचनमा भाग लिन्नौ र त्यसतो अवस्थामा पहिलो चरणमा भएको निर्वाचनको पनि कुनै अर्थ रहने छैनै । म यो कुरा प्रधानमन्त्रीलाई समेत प्रष्ट रुपमा भनीसकेका छौ, यादव भने, त्यती वेला हाम्रो पार्टी पुन आन्द्योलनमा उत्रन बाध्य हुनेछ ।
पत्रकार सम्मेलनमा वाडिएको प्रेस विज्ञिप्त

मिति २०७४ बैशाख २० गते

प्रेस विज्ञप्ति
२०६२/६३ को जनआन्दोलनको जगमा नेपालको अन्तरिम संविधान २०६३ ले लोकतन्त्र, धर्मनिरपेक्षता, समाबेशिता आदिलार्ई संस्थागत गरे पनि लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको सन्दर्भमा मौनता साध्यो । जनचाहनालाई पूर्ण अस्वीकार गर्दै गणतन्त्र र सङ्घीयतालाई अस्वीकार गरिएको सो संविधानको बिरूध्द मधेश जनविद्रोह र आदीवासी जनजातिको आन्दोलनको परिणाम स्वरूप पहिलो संशोधन मार्फत गणतन्त्र, समावेशी लोकतन्त्र र सङ्घीयतालाई संविधानमा समाबेश गरियो । यसै संविधान अन्तर्गत पहिलो संविधान सभाले पहिचान सहितको चौध प्रदेशको खाका अघि सा¥यो । सङ्घीय समाजवादी फोरम, नेपालले प्रारम्भबाटै सङ्गठित रूपमा आफ्ना दृष्टिकोण सहित संविधान सभा र सडकमा सङ्घर्ष जारी राख्यो । यसै सन्दरभमा ३० दलीय गठबन्धन हुँदै सयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनले संविधान संसोधनको लागि लामो समय सङ्घर्ष जारी राख्यो । मधेशी मोर्चा र गठबन्धनको सङ्घर्ष अद्यावधी जारी छ ।

हाम्रो विरोध र सङ्घर्षको बाबजुद २०७२ असोज ३ गते एकलौटी रूपमा नेपालको संविधान जारी गरियो । यस संविधानमा रहेका त्रुटिहरूलाई सच्याउन र संसोधन गर्न जारी सङ्घर्षले सयौंलाई शहादत बनाएको छ । पटक पटक संविधान संसोधनको लागि व्यवस्थापिका संसदमा संसोधन प्रस्ताव दर्ता भए पनि हाम्रो चाहना मुताविक नभएकोले फिर्ता लिदै पछिल्लो पटक मधेसी मोर्चा र सङ्घीय गठबन्धनको सहमतिमा संसोधन प्रस्ताव दर्ता भएको छ । सो प्रस्तावलाई व्यवथापिका संसदमा पारित गर्ने पूर्व सन्ध्यामा राष्ट्रिय राजनीतिमा एकाएक नाटकीय ढङ्गका घटनाहरु तीव्रतम् रूपमा घटिरहेका छन् ।

संसोधन प्रस्ताव पारित गराउने सरकारी प्रतिवद्धतालाई विश्वास गर्दै घोषित आन्दोलनलाई तत्कालको लागि मोर्चा र गठबन्धनले स्थगन गरेको छ । संविधानको संसोधन नगरी स्थानीय तहको निर्वाचनमा हुन नदिने, दुई चरणको निर्वाचनलाई एकै चरणमा सम्पन्न गर्ने हाम्रो अडानलाई मोर्चामा संलग्न केही घटक दलहरूले घुमाउरो पाराले अस्वीकार गर्दै सरकारी प्रस्तावलाई नै स्वीकार्ने अवस्था निर्माण गरियो । सङ्घीय समाजवादी फोरम, नेपाल मधेशी मोचाको औचित्य भविष्यमा पनि निरन्तर रहिरहने छ भन्नेमा ढृढ छ । एकलौटी रुपमा सञ्चार माध्यमहरू मार्फत मोर्चाको औचित्य माथि प्रश्न उठाउने केही घटक दलहरूको छद्य युद्ध र मोर्चाको औपचारिक बैठक र निर्णय बिना बर्तमान सरकारलाई समर्थन गर्ने जस्ता कामप्रति हाम्रो पार्टी घोर दुःख व्यक्त गर्दछ । समावेशी लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको विरुद्धमा प्रतिगामी राजनीतिक शक्तिहरू सङ्गठित बन्दै गइरहेको बेला तिनका षड्यन्त्रलाई पराजित गर्नु पर्ने बेलामा मोर्चाभित्रै कृतिम विवाद उत्पन्न गर्नु अन्ततः परिवर्तन विरोधी प्रतिगामी शक्तिलाई नै सघाउनु हो ।

प्रदेश नं। ३, ४ र ६ मा सङ्घीय समाजवादी फोरम, नेपालको पार्टी सङ्गठित रहेको हुँदा निर्वाचनलाई समेत सङ्घर्षको अर्को रूपमा प्रयोग गर्न हामीले स्थानीय तहमा आफ्नो दलको तर्फबाट उम्मेदवारी दर्ता गरेका हौं । संविधान संसोधन नभएको खण्डमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन गराउन मुलुकको राष्ट्रिय एकता र राष्ट्र हितको विरुद्ध हुने भएको हुनाले सरकारले गरेको प्रतिवद्धता अनुसार संविधान संसोधन नै नगरी दास्रो चरणको निर्वाचन गराउन अर्थहीन हुन्छ । यस्तो अवस्थामा दोस्रो चरणको निर्वाचनमा सहभागी हुनुको सट्टा सशक्त आन्दोलनमा उत्रिन वाध्य हुनेछौं । तसर्थ दोस्रो चरणको निर्वाचन प्रक्रिया अगाडि बढाउनुभन्दा पहिला नै संविधान संसोधन गराउनु पर्दछ ।


उपेन्द्र यादव
अध्यक्ष



No comments:

Post a Comment