Tuesday, May 2, 2017

राजपाको पहिलो बैठक सम्पन्न

एकिकृत नयां पार्टीको संस्थागत गर्ने वारेमा ३ बुदे निर्णय 

मधेशी मोर्चा सम्बद्ध ६ ओटा पार्टीद्धारा घोषणा गरिएको एकिकरण पश्चात एकिकृत पहिलो बैठक मंगलवार सम्पन्न भएको छ । काठमाडौको कालिकास्थान स्थित अमृतभोग प्यालेसमा आयोजना गरिएको राजपाको पहिलो बैठकले ३ बुदे निर्णय समेत गरेको छ । एकिकरण पश्चात घोषणा गरिएको नर्या पार्टीको कानुनी प्रावद्यान बमोजिम ३ ओटा निर्णय गर्दै राजपाको अव दर्ता प्रक्रिया अघि वढने छ ।

बैठक पश्चात अध्यक्ष मण्डलको संयोजकको रुपमा महन्थ ठाकुरद्धारा जारी गरिएको विज्ञिप्तमा नर्या पार्टीको एकिकरण प्रस्ताव, दर्ता प्रक्रिया अघि वढाउने व्यक्तिको जिम्मा र नया पार्टीको सम्पति स्वामित्व वारेमा उल्लेख गरिएको छ । ७ बैशाखमा ६ ओटै मधेशी पार्टीहरुद्धारा घोषणा गरिएको एकिकृतलाई संस्थागत निर्णय गर्दै बैठकले अवको कानुनी प्रक्रिया सम्बन्धी सम्पुर्ण काम अध्यक्षह मण्डलको जिम्मा तोकेका छन । त्यसैगरी एकिकरण गरेका सवै ६ ओटै पार्टीहरुको चलअचल सम्पतिहरुको अवको स्वामित्व नया पार्टी राजपाको नाउमा आउने समेत निर्णय भएको छ ।

६ ओटै पार्टीहरुका सम्पुर्ण केन्द्रिय सदस्यहरु सहितको विस्तारित मंगलवार बैठकमा सुरुमा विभिन्न मान्युटमा आवश्यक पर्ने हस्ताक्षरहरु संकलन गरिएको थियो भने त्यसपछि अध्यक्षहरुले जिल्लाहरुमा संयुक्त रुपमा कसरी काम गर्ने वारेमा नेताहरुलाई विफिंग गरेका थिए ।
 
७ बैशाखमा मधेशी मोर्चामा आवद्ध ६ ओटा दलहरुले एकिकरण घोषणा गरेका थिए । त्यस पछि त्यसको जानकारी १३ बैशाख नेताहरुको निर्वाचन आयोगलाई गराएका थिए । आयोग यस अघि नै यो नामको पार्टी दर्ता भइसकेकाले नेताहरुको राजपाको पछाडी नेपाल थपेर एकिकरणको सुचना आयोगलाई दिएका थिए । यद्यपी नया राजपाको चुनाव चिन्ह र पार्टीको झण्डावारेमा अझै अन्योल नै छन ।
 
नेता लक्ष्मणलाल कर्णका अनुसार मंगलवारको राजपाको बैठक पुर्णत एकिकृत नयां पार्टीको दर्तामा आवश्यक पर्ने प्रावद्यान पुर्याउने उदेश्यका साथ गरिएको छ । पछिल्लो राजनिती घटनाक्रमको वारेमा अहिले मौन बस्ने निती अख्तीयार गरेका राजपाका नेताहरुले त्यसवारेमा अहिले नै कुनै टिप्पणी नगर्ने जनाएका छन । कतिपयले वर्तमान सरकारलाई राजपाले समर्थन गर्न लागेको देखि निर्वाचनमा सहभागी हुन सक्ने सम्भावनाहरु वारेमा विभिन्न टिप्पणीहरु गरिरहदा नेता कर्णले त्यस सवैलाई गलत भएको बताए । उनले भने, सविधान संशोधन नहुन्जेल हामी निर्वाचनमा भाग लिदैनौ । राजपाका अर्का नेता केशव झाका अनुसार बैठकमा यस विषयहरुको वारेमा कुनै छलफलहरु भएको छैन । 

No comments:

Post a Comment