Friday, May 19, 2017

ठाकुर, यादव र गच्छदार विच संवाद सुरु

पछिल्लो समयमा एक आपसमा तिक्क्तापुर्ण अभिव्यक्ति दिदै आएको शिर्ष नेताहरु आपसी संवाद सुचारु गरेका छन । खासगरी संघिय गठवन्धनको नेतृत्व हेरफेर पछि महन्थ ठाकुर र राजपा नेताहरु तथा फोरम नेपालका अधयक्ष उपेन्द्र यादव विच वढी विवाद देखिएका थिए । पछिल्लो समयमा सवै मधेशी शक्तिहरु एक मत भएर अघि वढनु पर्ने आवाज मधेशका विभिन्न सरोकारवालाहरु मार्फत व्यक्त हुदै आएका थिए । ठाकुर समेतको सक्रियतामा संवादको अभ्यास थालीएको नेताहरुको दावी छ । पछिल्लो समयमा उपेन्द्र यादव र विजग गच्छदार संग संवाद सुचारु गरेर सौभाद्र वातावरणको निर्माणका लागी ठाकुरले राजपाका तीन जना अध्यक्षलाई नै खटाएको दावी राजपा सम्बद्ध नेताको भनाई छ । त्यही तीन जनाको गृहकार्य पश्चात शुक्रवार विहान ठाकुर र यादव विच एक्ला एक्लै कुराकानी भएको थियो । उक्त छलफलमा गच्छदारलाई समेत डाकिएको भए पनि उनी संग दिउसो पुन ठाकुर र यादव स्थानिय विकास मन्त्रालय पुगेर छलफल गरेका थिए । उक्त छलफलमा पनि तीन जना अध्यक्षहरु मात्रै थिए ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठाकुर र गच्छदार संगको संवाद भएको स्विकार गरे । दिउसो स्थानिय विकास मन्त्रालय स्थानिय तहको संख्या वढाउने वारेमा हामी तीन जना विच कुराकानी भएको थियो यादवले भने, त्यो वाहेक पनि अन्य संवादहरु दुई पक्षिय र त्रिपक्षीय रुपमा वढेकोे छ ।

यस अघि सरकारले ५ जेठ सम्ममा स्थानिय तहको संख्या वढाउने वारेमा अध्यन गर्न गच्छदार नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । ठाकुर निकटस्त स्रोतका अनुसार सरकारी कार्यदलले वनाएको खाका उनले अस्विकार गरेका छन । आजको उक्त संवादमा सहभागी फोरम अध्यक्ष यादवले स्थानिय तहको संख्या वढाउने काम केहि लम्बिन सक्ने संकेत गरे । उनले भने, संख्या वढाउने कुरा भयो तर त्यसको अन्तिम खाका बनी सकेको छैन ।
 
यादव र ठाकुर विच शुक्रवार विहानको संवाद गोप्य रहेकाले उक्त संवाद वारेमा नेताहरुले मुख खोलेका छैनन । घुमाउरो रुपमा यादवले शुक्रवार संवाद भएको स्विकार गरे पनि त्यसको विस्तृत बताउन चाहेनन । पछिल्लो समयमा ठाकुरले यो गृहकार्यका लागी खटाएका तीन जना अध्यक्षहरुले समेत त्यसको वारेमा वोल्न चाहेका छैन ।
 
यद्यपी शुक्रवार विहान ठाकुर र यादव विचको सवाद र दिउसो गच्छदार सहितको तीनै नेताको संवाद भए पछि शुक्रवार वेलुकि डाकिएको संघिय गठवन्धनको बैठक बसेन । साझ ४ बजे वोलाइएको गठवन्धनको बैठकका लागी नेताहरु पुगे पनि अध्यक्षहरुले वालुवाटारको सर्वदलीय बैठकमा जानु छ भनेर गठवन्धनको बैठक स्थगीत गरेका थिए ।

No comments:

Post a Comment