Thursday, May 18, 2017

महन्थ ठाकुर, उपेन्द्र यादव र विजय गच्छदार विच भोली संयुक्त बैठक बस्दै

भोली नै मधेशी मोर्चा र संघिय गठवन्धनको समेत बैठक बोलाउने तयारी 

सतारुढ दलहरुले मधेशी पार्टीहरु संग गरेको सहमती विपरित संविधान संशोधनको सम्भावना अन्तय गरे पछि मधेशका तीन ओटै शिर्ष नेताहरु भोली संयुक्र रुपमा छलफल गर्दै छन । पछिल्लो समयमा एक आपसमै तिक्क्ताहरु व्यक्त गर्दै आएका मधेशी शिर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र विजय गच्दार विच भोली बैठक बस्दै छ । तीन शिर्ष नेताहरुले विना संशोधन सरकारले दोस्रो चरणको निर्वाचनमा अघि वढन थाले पछि मधेशी शक्तिहरु आपसमा एक भएर कसरी अगाडी वढने भन्ने वारेमा रणनिती बनाउन लागेका छन । खासगरी पछिल्लो समयमा मधेशी मोर्चा सम्बद्ध ६ ओटा पार्टीहरु एक भए पनि उपेन्द्र यादव संगको सम्बन्ध चिसिएको जस्तो देखिएको थियो । पछि संघिय गठवन्धनको नेतृत्व ठाकुरलाई सुम्पिए पछि यादव चिढिएका मात्रै थिएन वरु राजपाका नेताहरुप्रति विभिन्न कटाक्षहरु समेत गर्न भ्याएका थिए । राजपाका नेताहरुले यादवलाई निशाना पारेर केहि अभिव्यक्ति दिएपछि मधेशी शक्तिहरु एक आपसमा टाढिएका थिए ।

तर सतारुढ दलहरुले विगतमा मधेशी मोर्चा र संघिय गठवन्धनसंग गरेको सहमती अनुसार संशोधन नगर्दै अघि वढने जनाउ दिए पछि नेताहरु आन्तरिक दौडधुपमा व्यस्त छन । हिजो मात्रै काग्रेस र प्रधानमन्त्रीसंग भेटेर आन्द्योलनको चेतावनी दिएको राजपाले दोस्रो चरणको निर्वाचन हुनै नदिने बताएका थिए ।

राजपाले आन्दोलनको चेतावनी दिइरहदा उनका संयोजक महन्थ ठाकुर भोली शुक्रवार उपेन्द्र यादव र विजय गच्छदार संग संयुक्त छलफल गर्दै छन । जुन छलफलमा तीन जना अध्यक्षहर मात्रै रहने बताइएको छ । हाल अती गोप्य राखिएको यो सुचना दिने सम्बद्ध स्रोत भन्छन, मधेशका तीन ओटै शक्तिहरु एक भएर आन्दोलन घोषणा गर्ने तयारी चलीरहेको छ ।
 
भोली पहिला तीन ओटा अध्यक्षहरको बैठक भए पछि मधेशी मोर्चाको समेत बैठक बोलाउने तयारी भइरहेको नेताहरुको दावी छ । संघिय गठवन्धनको बैठक भने दिउसो ४ बजे बोलाइ सकिएको छ । मधेशी मोर्चामा आबद्ध ६ ओटा दलहरु एकिकरण गरे पछि औपचारिक तवरमा अव मोर्चामा महन्थ ठाकुर र उपेन्द्र यादव मात्रै हुनेछन । तर यादवसंग दुरी कम गर्ने रणनितीमा मोर्चाको बैठक बोलाइएको नेताहरुको दावी छ ।
 
त्यस पछि गठवन्धनको बैठकमा समेत यादव बस्न सजिलो हुने आकंलन नेताहरुले गरेका छन । संघिय गठवन्धनको संयोजकवाट उपेन्द्र यादवलाई हटाएर बहुमत सदस्यहरुले ठाकुरलाई नियुक्त गरे पछि यादवले त्यसलाई अस्विकार गर्दै प्रतिवाद गरेका थिए । तर राजनितीक माहौल प्रतिकुल बन्दै जादा मधेशका तीन ओटै अध्यक्षहर भोली बैठक गरेर संयुक्त रणनिती बनाउन तयार भएर नेताहरुको दावी छ । गच्छदार केहि समय अघि मात्रै सरकारमा सहभागी भइसकेका छन । यद्यपी गच्छदारले समेत संशोधनको अडानमा राजपा र फोरम नेपाल संगै थिए ।
 
सतारुढ पक्षहरले आज संसदको चालु अधिवेशन अन्तय गरे पछि संशोधनको सम्भावना अव सकिएको मधेशी नेताहरुले निष्कर्ष निकालेका छन । हुनत गएको सोमवार नै प्रधानमन्त्रीले राजपाका अध्यक्षहरुले त्यसको जनाउ दिइसकेका थिए । पहिलो चरणको निर्वाचनमा भाग लिए पनि उपेन्द्र यादवले सार्वजनिक रुपमै पत्रकार सम्मेलन गरेर दोस्रो चरणको निर्वाचन अघि संशोधन नभए आफु समेत दोस्रो चरणको निर्वाचनमा भाग नलिने बताउदै आन्दोलनको चेतावनी दिएका थिए ।    

No comments:

Post a Comment