Monday, May 1, 2017

राजपाको पहिलो बैठक भोली बस्दै

मधेशी मोर्चा सम्बद्ध ६ ओटा पार्टीहरु द्धारा एकिकरण गरेर घोषणा गरिएको राष्टिय जनता पार्टीको पहिलो बैठक भोली देखि बस्दै छ । काठमाडौको कालिकास्थान स्थित अमृतभोग पार्टी प्यालेसमा भोली ११ बजे देखि बैठक सूरु हुने नेता लक्ष्मणलाल कर्णले बताए । एकिकृत भए पछिको केन्द्रिय कार्यसमितीको संयुक्त र छुटा छुटै बैठकले एकिकृत भएको नर्या पार्टीको वारेमा औपचारिक निर्णय गनु पर्ने छ, जुन पार्टी दर्ताका लागी निर्वाचन आयोगमा पेश गर्नु पर्ने कानुनी प्रावद्यान छ ।

गएको ७ बैशाखमा ६ ओटै मधेशी पार्टीहरुका अध्यक्षहरुले संयुक्त रुपमा सभा गर्दै नर्या पार्टीको घोषणा गर्दै एकिकरण गरेका थिए । एकिकरण घोषणा पछि अध्यक्षहरुको अध्यक्ष मण्डल बैठक कयौ पटक बसे पनि संयुक्त रुपमा कार्यसमितीको बैठक भोलीको नै पहिलो हुने छ । नेता बृषेशचन्द्र लालका अनुसार भोली देखि हुन लागेको बैठकले पहिलो नम्बरमा एकिकृत पार्टीकै वारेमा छलफल गर्ने छ भन्ने त्यस पछि मात्रै अन्य राजनितीक विषय वस्तुमा प्रवेश गर्ने छ ।


No comments:

Post a Comment