Monday, April 24, 2017

यसरी हुदैछ संस्थागत नयां एकिकृत मधेशी पार्टी - राष्टिय जनता पार्टी

गएको ७ बैशाखमा ६ ओटा मधेशी पार्टीहरु द्धारा एकिकरण गर्दै घोषणा गरिएको नयां पार्टी राष्टिय जनता पार्टी अव कसरी संस्थागत हुने छ ? यस अघि छुटा छुटै संरचनामा रहेको यी ६ ओटै पार्टीहरु कसरी एउटै पार्टीको रुपमा समायोजन हुदै छ ? यो तपाई हामी सवैको चासोको विषय हुन ? मधेश देखि काठमाडौ सम्म सवैलाई आश्चर्यचकित हुने गरि ६ बैशाखको अवेर राती मधेशी मोर्चामा आबद्ध ६ ओटा पार्टीका अध्यक्षहरु एकता गर्ने निर्णय गरे । र ७ बैशाखको दिउसो काठमाडौमा एएटा विशेष समारोहको आयोजना गरेर एकताको घोषणा गर्दै नयां पार्टी राष्टिय जनता पार्टीको घोषणा गरेका थिए । जसको चुनाव चिन्ह देखि झन्डा सहित सवै कुराहरु नयां राखिएको छ ।

कानुनतह मधेशी पार्टीहरुको घोषणा गरेको नयां पार्टी अहिले बनिसकेको छैनन । ७ बैशाखमा ६ ओटा अध्यक्षहरुले घोषणा गरेको यो कुरा अहिले राजनिती तहमै छ । यसले कानुनी मान्यता पाउनका लागी एकिकृत भएका सवै पार्टीहरुको केन्द्रिय कार्यसमितीको निर्णय अनिवार्य हुन्छ । ६ ओटै पार्टीहरुको केन्द्रिय कार्यसमितीले नया पार्टी वारेमा औपचारिक निर्णय लिइसके पछि त्यसको निर्णय प्रति सहित निर्वाचन आयोगमा पेश गर्नु पर्ने प्रावद्यान छ । त्यस पछि निर्वाचन आयोगले उक्त कुरामा छलफल गरेर निर्णय गरे पछि मान्यता दिए भन्ने मात्रै एकिकृत नर्या पार्टीले काुनुनी संरचना पाउने छन ।

एकिकरण घोषणा गरेको ६ ओटै मधेशी पार्टीहरु त्यही भएर होला अर्को हप्ता भित्र केन्द्रिय कार्यसमितीको बैठक बोलाउने तयारीमा जुटेको छ । काठमाडौमा आफनो केन्द्रिय कार्यलयवाट वाट धमाधम बोर्ड हटाउन सुरु गरिसकेको मधेशी पार्टीहरु नयां पार्टी कार्यलयको खोजीको कामलाई समेत तीव्रता दिएको छ । सम्बद्ध स्रोतका अनुसार हाल तमलोपाको पार्टी कार्यलय संगै रहेको ठुलो एउटा पाच तल्ले घरका लागी कुराकानी अघि वढेको छ । यद्यपी त्या्े संगै अन्य पनि केहि ठाउमा पार्टी कार्यलयको खोजी तीव्र गतीमा चलीरहेको छ । यो हप्ता अन्य सम्ममा नर्या पार्टी कार्यलयको खाजी भइसक्ने नेताहरुको दावी छ । तमलोपाले आफनो हालको पार्टी कार्यलयमा रहेको पार्टीको सवै बोर्डहरु हटाईसकेका छन । अन्य पार्टीहरु पनि यो हप्ता भरीमा यस्तो अभ्यासमा लागी परेको छ । यो हप्ता अन्य सम्ममा नर्या पार्टी कार्यलयको टुगो लागे सगै अर्को हप्ता ६ ओटै मधेशी पार्टीहरु केन्द्रिय कार्यसमितीको बैठक वाट निर्णय गराउने सुरसारमा छन ।
 
अर्को तर्फ घोषणा गरिएको नर्या पार्टीको नाउ यस अघि नै निर्वाचन आयोगमा दर्ता रहेको खवर सार्वजनिक भए पछि केहि प्रमुख नेताहरु त्यसलाइृ सल्टाउन गृहकार्यमा जटीसकेको छ । जसका लागी निर्वाचन ओयागमा दर्ता रहेको उक्त पार्टीका प्रमुख संग केहि मधेशी नेताहरु छलफल गरिरहेको स्रोतको भनाई छ । सम्बद्ध तह यो कुरा एक दुई दिनमै सल्टीन सक्ने सम्भावना रहेको छ । खासै चर्चामा नरहेको उक्त पार्टीृलाइृ नै नर्या एकिकृत पार्टी विलय गराउने वा अन्य के गर्न सकिन्छ भन्ने वारेमा गृहकार्य चलीरहेको छ ।
 
यसरी कानुनी रुपमा अवको अर्को दुई हप्ता सम्मा संस्थागत हुने तयारीमा रहेको एकिकृत नर्या पार्टी राष्टिय जनता पार्टीको पार्टी मोडल यस अघि नै तय भइसकेकाले दर्ता प्रक्रिया सम्पन्न भए सगै सवै पार्टीहरुका संयुक्त बन्ने केन्द्रिय कार्यसमितीलाई विशेष प्रशिक्षण राख्ने तयारीमा अध्यक्ष मण्डल जुटेको छ । विस्तारित सवैको सामुहिक बन्ने केन्द्रिय कार्यसमितीलाई विशेष प्रशिक्षण काठमाडौ मै राख्ने कि मधेश तिर भन्नेमा छलफल चलीरहेको नेताहरुले बताएका छन । विस्तारित केन्द्रिय कार्यसमितीको प्रशिक्षणा सकिए पछि पुर्वको झापा देखि पश्चिमको कन्चनपुर सम्म एकता यात्रामा निस्कने छन नर्या पार्टीका शिर्ष नेताहरु । सम्बद्ध स्रोतका अनुसार मोर्चाको माग बमोजिम सरकारले संशोधन पास गराएमा उक्त एकता यात्रा निर्वाचन लक्षित पनि हुने अन्यथा त्यो आन्दोलनको माहौल बनाउन पनि लक्षित रहने नेताहरुको भनाई छ ।

No comments:

Post a Comment