
पार्टीको नाममा ‘राष्ट्रिय जनता पार्टी’
जवलाखेलमा वुधवार राती भएको बैठकमा पार्टीको नाम, झण्डा, चुनाव चिन्ह सबै नयाँ निर्णय गरिएको थियो । एकीकृत नयाँ पार्टीको नाममा ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । पार्टीको चिह्न र झन्डा ‘छाता’ रहने छ ।
महाधिवेशन नहुन्जेलसम्म पार्टी अध्यक्ष मण्डलबाट सञ्चालन हुनेछ । छवटै पार्टीका अध्यक्षहरुको एउटा अध्यक्ष मण्डल रहने जनाइएको छ ।
अन्य पदाधिकारीहरुको टुगों पछि लगाउने सहमति पनि भएको छ ।
महाधिवेशन अघिसम्म यस्तो हुनेछ नयाँ पार्टीको सांगठनिक ढाँचा
– अध्यक्ष मण्डल गठन हुनेछ जसमा सबै पार्टीका अध्यक्षहरु रहनेछन् ।
– उच्च स्तरीय राजनीतिक समिति गठन हुनेछ जसमा अध्यक्ष, वरिष्ठ नेता, सह अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष सम्मिलित हुनेछन् ।
– केन्द्रीय सचिवालयमा सबै महासचिव, सह महासचिव समावेश हुनेछन् ।
– केन्द्रीय कोष विभागमा सबै कोषाध्य़क्षहरु रहनेछन् ।
– संसदीय दलमा सबै पार्टीका सांसद हुनेछन् भने महेन्द्र यादव संसदीय दल नेता हुनेछन् ।
– प्रचार प्रसार विभागमा सबै पार्टीका प्रवक्ता र सह प्रवक्ता हुनेछन् ।
- राष्ट्रियय परिषदमा सबै केन्द्रीय समिति सदस्य, विभाग प्रमुख र भातृ संगठन प्रमुखहरु रहनेछन् ।
No comments:
Post a Comment