Tuesday, April 18, 2017

राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी र राजकुमार लेखी विच एकिकरण

राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी र थारु अभियानी राजकुमार लेखीको नेतृत्वमा रहेको नागरिक समाजवादी पार्टी विच मंगलवार एकिकरण भएको छ । एमाले पृष्टभुमि भएका लेखी थारु कल्याणकारीणी सभाका पुर्व अध्यक्ष समेत हुन । कुनै वेला मधेश आन्दोलन र मधेशी पार्टीहरुको कटर आलोचक रुपमा आफुलाई प्रस्तुत गरेका लेखी थारु कल्याणकारी सभाको अध्यक्ष वाट निर्वतमान भए पछि आफनै नेतृत्वमा थारु केन्द्रित पार्टी खोलेका थिए । तर पछिल्लो समयमा ३ प्रतिशतको थ्रेसहोल्ड लागु गर्ने प्रावद्यान संसदले ल्याए पछि साना पार्टीहरु एकिकृत हुने थाले र त्यसको कसरत स्वरुप एकिकरणको दौडधुप बाक्लीएको देखिन्छ ।

पछिल्लो समयमा मधेशी मोर्चा भित्रै एकिकरणको सन्दर्भमा गम्भिर बहस र अभ्यासहरु अगाडी आइरहदा महतो र लेखी विच मंगलवार एकिकरण भएको छ । हुनत महतोले मंगलवार नै एमालेकै पुर्व नेता तथा गृहराज्यमन्त्री रहेका रिजवान अन्सारी संग समेत एकिकरण गर्ने प्रयास जोडतोडका साथ गरेका थिए । अन्सारीको नेतृत्वमा समेत अहिले एउटा छुटै पार्टी रहेको छ । तर दुवै पक्ष विच कुरा नमिलेका कारण मंगलवार नै उक्त पक्षसंगको एकिकरण सम्भव भएनन । यद्यपी दुवै पक्ष अझै छलफलमै रहेको बताएको छ ।

मंगलवार महतो र लेखीले एकिकरण घोषणा गर्दा संयुक्त रुपमा १० बुदे विज्ञिप्त समेत निकालेका छन । जुन १० बुदे विज्ञिप्तमा टिकापुर घटनामा मुद्धामा फसिएका थारुहरुको सन्दर्भ देखि लेखी नेतृत्वमा रहेको पार्टीको नेताहरुको उचित समायोजन सम्मका कुराहरु उल्लेख गरिएको छ ।
 
सेना, प्रहरी सहितका सवै सरकारी निकायमा मधेशी थारु सहितका आदीवासी जनजातीहरुको जनसंख्याको आधारमा प्रतिनिधित्व हुनु पर्ने माग गरेको दुवै पक्षले एकिकृत पार्टीलाइ राष्टिय स्तरमा विस्तार गर्न अन्य पक्षहरु संग समेत एकिकरण गर्ने निर्णय गरेको छ । 
यो पनि पढनुस 
मधेशी मोर्चा भित्र एकिकरणको दौडधुप -  http://www.dalannepal.com/2017/04/blog-post840.html

No comments:

Post a Comment