Monday, April 17, 2017

मधेशी मोर्चा र संघिय गठवन्धनद्धारा निर्वाचन केन्द्रित बन्द हडताल घोषणा

सरकारले घोषणा गरेको स्थानिय तहको निर्वाचन वहिष्कार गर्ने निर्णय गरेको मधेशी मोर्चा र संघिय गठबन्धनले निर्वाचनलाई लक्षित गरेर बन्द तथा हडताल सहितका आन्दोलन कार्यक्रम सार्वजनिक गरेका छन । आइतवार मोर्चा तथा गठवन्धनका रहेका पार्टीहरुका शिर्ष नेताहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर मसाल जुलुस देखि अनिश्चितकालिन बन्द सहितका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन ।

सरकारले आफुहरुको माग सम्बोधन हुने गरी संविधान संशोधन विद्येयक नल्याएको भन्दै पछिल्लो समयमा दोस्रो संशोधन विद्येयक समेत नमानेका मोर्चा र गठवन्धनले ५ बैशाख २६ गते सम्म विभिन्न प्रर्दशनहरु गनर््े निर्णय समेत गरेको छ । यस विचमा १५ र १६ गते उम्मेदवारी मनोयनलाई मध्यनजर गर्दै मोर्चाले मधेश र नेपाल बन्दको छुटा छुटै आब्हान समेत समेत गरेको छ । त्यसैगरी २७ बैशाख देखि मोर्चा र गठवन्धनले अन्शिचकालिन नेपाल बन्द र आमहडतालको घोषणा समेत गरेको छ । यसको साथै मोर्चार गठबन्धनका स्थानिय समितीहरुले स्थानिय तहमा छुटै पनि विरोधका कार्यक्रमहरु गर्ने मोर्चा र गठबन्धनद्धारा जारी गरिएको विज्ञिप्तमा उल्लेख गरिएको छ । हुनत यस अघि देखि नै मोर्चाका स्थानिय समितीहरुले जिल्ला तहमै निर्णय गर्दै निर्वाचन कार्यक्रमहरु प्रभावित हुने गरी विभिन्न कार्यक्रमहरु गर्दै आएका थिए ।


मोर्चा सम्बद्ध पार्टीहरुका अध्यक्षहरु उपेन्द्र यादव, राजेन्द्र महतो, राजकिशोर यादव, शरदसिंह भण्डारी, महेन्द्र यादव सहितका नेताहरुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन । मोर्चा र गठवन्धनले आफुहरुको माग पुरा हुने गरी सविधान संशोधन नहुन्जेल सम्म कुनै पनि निर्वाचनमा भाग नलिने र निर्वाचन हुन पनि नदिने निर्णय यस अघि नै सार्वजनिक गरिसकेका हुन ।

No comments:

Post a Comment