Wednesday, April 12, 2017

मधेशी मोर्चाद्धारा सरकारको नयां संशोधन प्रस्ताव अस्विकार

थप आन्द्योलनका कार्यक्रम घोषणा 
 

मधेशी मोर्चाले मंगलवार सरकारले ल्याएको नयां संशोधन प्रस्ताव अस्विकार गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन । बुधवार बसेको मोर्चा बैठकले मोर्चा र गठव्न्धनको ११र २६ बुदे माग सम्बोधन नहुन्जेल कुनै पनि निर्वाचनमा भाग समेत नलिने निर्णय गरेको छ । बैठक पछि जारी विज्ञिप्तमा भनिएको छ, संविधान संशोधन गरी हाम्रो माग पुरा नहुन्जेल आन्दोलन जारी रहनेछ ।
पढनुस मोर्चाको विज्ञिप्त

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा
       
मिति–२०७३–१२–३०
प्रेस–विज्ञप्ति

आज मिति २०७३ चैत्र ३० गते तराई–मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष श्री महन्थ ठाकुरको अध्यक्षतामा तमलोपाको केन्द्रीय कार्यालयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकद्वारा सर्वसम्मतिले निम्नानुसारको निर्णय गरिएको छ ।

१. संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले सरकार समक्ष प्रस्तुत गरेको ११ र २६ बुँदे माँग अनुसार मधेशी, आदिवासी, जनजाती, दलित, थारु, मुस्लिम लगायत सिमान्तकृत समुदायले उठाएका मुद्दाहरुलाई संविधान संशोधन गरी सम्बोधन नगरुन्जेल हाम्रो आन्दोलन निरन्तर जारीनै रहने छ । आन्दोलन जारी रहेको वर्तमान अवस्थामा हुने निर्वाचनमा मोर्चा सहभागि नहुने निर्णय गर्दछ ।
 
२. सरकारद्वारा मोर्चा÷गठबन्धन र सरकारसंग विगतमा भएका समझदारी, सहमति र सम्झौताको मर्म, भावना विपरित सरकारले ल्याएको संविधान संसोधन प्रस्तावले सिमाङ्कन लगायत मूलभुत मुद्दाहरु सम्बोधन नहुनत्रत्रडयउृे भएको हुनाले उक्त संशोधन विधेयकलाई मोर्चा अस्विाकार गर्दछ ।
 
३. मोर्चा÷गठबन्धनले उठाएका मुद्दाहरुलाई सम्बोधन गराउन शान्तिपूर्ण अहिंसात्मक जनअवज्ञा आन्दोलनलाई निरन्तर जारी राख्ने र सो सम्बन्धी कार्यक्रमहरु यस प्रकार रहेका छन ।

    क) २०७३ चैत्र ३१ गते मधेशको सवै जिल्लाहरुको सदर मुकाममा जुलुस प्रदर्शन गर्ने ।
    ख) २०७४ बैशाख ३ गते जिल्ला स्थित निर्वाचन कार्यालय घेराउ गर्ने ।
    ग) बाँकी आन्दोलनका कार्यक्रमहरु पछि तय गरिने छ ।


.....................                   ........................               ....................
 महन्थ ठाकुर                         उपेन्द्र यादव                  राजेन्द्र महतो                                    अध्यक्ष                           अध्यक्ष                    अध्यक्ष
 तमलोपा                          स.सं.फो.                   सदभावना पार्टी


....................                 ........................                ........................
महेन्द्र प्र. यादव                शरत्सिंह भण्डारी               अनिल कुमार झा
   अध्यक्ष                          अध्यक्ष                    अध्यक्ष
  तमसपा                         रामसपा                नेपाल सदभावना पार्टी

                       
........................
 राजकिशोर यादव
     अध्यक्ष
 मजफो गणतान्त्रिक    



No comments:

Post a Comment