Tuesday, April 11, 2017

नयां संशोधन प्रस्ताव माथी छलफल गर्न मधेशी मोर्चाको बैठक बुधवार बस्दै

सरकारले पुरानो संशोधन प्रस्ताव फिर्ता लिएर नयां संशोधन प्रस्ताव मंगलवार सदनमा दर्ता गराए पछि मधेशी मोर्चा र संघिय गठवन्धनले बैठक बोलाएको छ । सरकारको पछिल्लो संशोधन प्रस्तावलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहदा मोर्चा र गठवन्धनले औपचारिक बैठक गरेर धारणा सार्वजनिक गर्ने भएको छ । वुधवार विहान ९ बजे तमलोपा पार्टी कार्यलयमा मोर्चाको बैठक बोलाइएको छ भने गठवन्धनको बैठक दिउसो २ वजे । गठवन्धनको बैठक फोरम नेपालको पार्टी कार्यलयमा बस्ने छ ।

सरकारले मंगलवार सदनमा दर्ता गराउनु पुर्व मधेशी मोर्चाका नेताहरु संग विभिन्न तहमा अनौपचारिक संवाद गरेको खवरहरु सार्वजनिक भएको थियो । यद्यपी सोमवार सरकार र मोर्चा विच हुने भनिएको बैठक अचानक स्थगीत गरिए पछि मोर्चाका नेताहरुले आश्चर्य प्रगट गरेका थिए ।

सरकार र मोर्चा विचमा अनौपचारिक संवाद बाक्लै रुपमा भए पनि मोर्चाका शिर्ष नेताहरुले सिमाकंन विनाको संशोधन आफुहरुलाई मन्य नभएको सार्वजनिक टिप्पणी दिदै आएका थिए ।

No comments:

Post a Comment