Sunday, April 9, 2017

सप्त्तरी घटनामा सरकारको कमजोरी रहेको संसदीय समितीको ठहर

मृतक परिवारले अझै पाएनन राहत 

संसदीय समितिले २३ फागुनमा ५ जनाको ज्यान जाने गरी भएको सप्तरी घटनामा सरकार जिम्मेवार रहेको ठहर गरेको छ। सरकारले भरपर्दो सुरक्षाको व्यवस्था गर्न नसक्दा सप्तरी घटनामा ५ जना सर्वसाधारणले ज्यान गुमाउनु परेको निष्कर्ष समितिको छ।

सप्तरी घटनाका सम्बन्धमा स्थलगतरुपमा अध्ययन गरी सुझाव पेश गर्न गठित व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समिति अन्तर गतको उपसमितिले तयार पारेको प्रतिवेदनमा सरकारले भरपर्दो सुरक्षा व्यवस्था गर्न नसक्दा सप्तरीमा ५ जना सर्वसाधारणले ज्यान गुमाउनु परेको निष्कर्ष सहितको प्रतिवेदन पारेको हो।

उपसमितिले तयार पारी आईताबार समितिलाई बुझाएको प्रतिवेदनमा सामाजिक सदभाव बिग्रन नदिन एव भीडन्तको अवस्थाबाट सचेत रहन सरकारलाई निर्देशन दिनुपर्ने सुझाव पनि दिइएको छ ।
 
प्रतिवेदनले सप्तरीमा घटनामा परी मृत्यु भएकाका परिवारलाई १० लाखका दरले दिने भनिएको राहत रकम तत्काल उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिनु पर्ने सुझाव दिएको छ । सरकारले घटना घटेको १ महिना ५ दिन नाघि सक्दा समेत मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउन सकेको छैन । सप्तरी घटनामा परी मृत्यु भएकाका परिवारलाई तत्काल राहत उपलब्ध गराउन पनि सरकार लाई सचेत गराउनु पर्ने निष्कर्ष सहितको प्रतिवेदन तयार पारिएको उपसमितिका संयोजक मोख्तारअहमदले जानकारी दिए।
 
उपसमितिले पीडितपक्ष, स्थानीय राजनीतिकदल, प्रशासन, मानवअधिकारकर्मी, संचारकर्मीहरुसँग सोधपुछ गरी तयार पारिएको प्रतिवेदनमा तराई मधेशक्षेत्रमा सामाजिक सदभाव कायम गर्न विशेष कार्यक्रम संचालन गर्न पनि सरकारलाई निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको छ ।
 
त्यसैगरी सप्तरी घटना पश्चात एमालेका जिल्ला स्तरीय नेताहरु घरबाट समेत बिस्थापित भएकाले उनीहरुलाई निर्बाध रुपमा घर फर्कन र आफनो सामान्य जीवनयापन संचालन गर्न सक्ने वातावरणको निर्माण गर्न सक्ने वातावरण बनाउन पनि सरकारलाई सचेत गराउनु पर्ने सुझाव दिइएको छ ।
 
प्रतिवेदनमा सप्तरी घटनाका मृतकहरु मध्ये कतिपयको छाती, टाउको र पेटमा गोली लागेको साथै घाइतेहरु मध्ये अधिकांशको घुडाभन्दा माथि गोली लागेको देखिएको उल्लेख गर्दै जथाभावी गोली चलाउने सुरक्षाकर्मीको पहिचान गरी कार्वाहीको दायरामा ल्याउन पनि सरकारलाई निर्देशन दिनुपर्ने सुझाव दिइएको छ। बैठकमा समितिका सदस्यहरुले सप्तरी घटनालाई गम्भिर रुपमा लिएर त्यस्तो घटना अव कहिल्यै हुन नदिने तर्फ सरकारलाई सचेत गराउनु पर्नेमा जोड दिएका थिए ।
 
गत फागुन २३ गते सप्तरी जिल्लाको मलेठमा एमालेको मेची–महाकाली अभियान अन्तर गत गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा भएको आम सभामा मधेशी मोर्चाले बिथोल्ने प्रयास गरे पछि रोक्न खोज्दा प्रहरीले चलाएको गोली लागि ५ जनाको मृत्यु भएको थियो।
 
सोही घटनाको सम्बन्धमा स्थलगत अध्ययण गर्न गठित उपसमितिले सरकारको कमजोरी रहेको निष्कर्ष सहितको प्रतिवेदन तयार पारेको हो। समितिले प्रतिवेदन तयार पार्न काँग्रेस सांसद मोख्तार अहमदको संयोजकत्वमा बसुन्धरा रोकाया, दुलारीहरिजन, श्याम सुन्दर टिबटेवाला सदस्य रहनु भएको उपसमिति गठन गरेको थियो। समितिले गृहमन्त्री विमलेन्द्र निधिलाई बोलाएर प्रतिवेदन माथि छलफलगरी सप्तरी घटनाबारे आवश्यक निर्देशन दिने निर्णय पनि गरेको छ ।

1 comment:

  1. TRUSTED LENDER (LEXIELOANCOMPANY@YAHOO.COM)
    My name is Michael Lee a citizen of Illinois, USA. i have been scammed by 7 different Internet international lender, they all promise to give me a loan after making me pay several fees which yield nothing and amounted to no positive result. i lost my hard earn money and it was a total of 23930USD. One day as i was browsing through the internet with tears on my eye i came across a testimony of man who was also scammed and eventually got linked to a legit loan company called MARTINEZ LEXIE LOAN COMPANY where he finally got his loan, so i decided to contact the same loan company and then told them my story on how i have been scammed by 7 different lenders who did nothing but to course me more pain. I explain to the company by mail and all they told me was to cry no more because i will get my loan in their company and also i have made the right choice of contacting them. I filled the loan application form and proceeded with all that was requested of me and to my greatest surprise my loan was granted to me without further delay and here i am today happy because Martinez Lexie Loan Company HAS GIVEN ME A REASON TO LIVE, so i made a vow to my self that i will keep testifying on the internet on how i got my loan. You are to contact this GODSENT LENDER via Email: Lexieloancompany@yahoo.com OR Text +18168926958


    ReplyDelete