Monday, April 3, 2017

संघिय गठवन्धनद्धारा काठमाडौमा प्रर्दशन

सरकारले घोषणा गरेको स्थानिय निर्वाचनको विरुद्धमा मधेशी मोर्चा सहितको संघिय गठवन्धनले सोमवार काठमाडौमा प्रर्दशन गरेका छन । गठवन्धनले घोषणा गरेको विरोध कार्यक्रम स्वरुप आज काठमाडौमा प्रर्दशन गरेर कोणसभा गरेका थिए । सरकारले घोषणा गरेको निर्वाचन मिती फिर्ता लिनु पर्ने र आन्दोलनरत पक्षहरुको माग बमोजिम सविधान संशोधन हुनु पर्ने अडानमा गठवन्धन छन ।

मधेशी मोर्चा सग मिलेर एक बर्ष अघि आदिवादी जनजातीहरुको बनेको यो गठवन्धनको नेतृत्व फोरम नेपालका अध्यक्षह उपेन्द्र यादवले गर्दै आएका छन । मधेश संगै पहाडका आदिवासी जनजातीहरुलाई समेत आन्दोलनको व्यानरमा ल्याउने उदेश्य सहित यो गठवन्धनको निर्माण भएको थियो । २ चैतमा मधेशी मोर्चाको घोषणा गरेको आन्दोलन संगै एक हप्ता थपका विरोध कार्यक्रम गठवन्धन ३ चैतमा घोषणा गरेका थिए । जस अन्र्तगत थप विरोध सभाहरु लगायतका थिए । 

आज काठमाडौमा भएको गठवन्धनको प्रर्दशन संगै मोर्चा र संघिय गठवन्धनको घोषीत विरोध कार्यक्रमहरु सकिएको छ । अवको अगामी कार्यक्रम वारेमा अव बस्ने मोर्चा र गठवन्धनको लिने औपचारिक निर्णय प्रति चौतर्फी जिज्ञासाहरु देखिन्छ । किनकी यो विचमा मोर्चा र गठवन्धनका केहि प्रमुख शिर्ष नेताहरु  सतापक्ष संगको औपचारिक र अनौपचारिक तहका विभिन्न छलफलहरुमा सहभागी भएका थिए ।

No comments:

Post a Comment