Tuesday, April 25, 2017

राष्टिय जनता पार्टीको दर्ता वारेमा निर्वाचन आयोग संग छलफल

६ ओटा मधेशी पार्टीहरु द्धारा एकिकरण मार्फत घोषणा गरिएको नयां पार्टीको अधिकारिक दर्ता वारेमा राजपाका नेताहरु मंगलवार आयोगका पदाधिकारीहरु संग छलफल गरेका छन । लक्ष्मणलाल कर्णको नेतृत्वको गएको राजपाका नेताहरुको टोलीले पार्टी दर्ता प्रक्रिया देखि निर्वाचनका लागी लिने चुनाव चिन्ह सम्मको वारेमा आयोग संग जानकारी लिएका थिए ।

सोमवार प्रधानमन्त्री संगको सयुक्त बैठकमा आयोगका पदाधिकारीहरुले नर्या मधेशी पार्टीहरुले घोषणा गरेको जस्तो छाता चुनाव चिन्ह् दिन अव सम्भव नरहेको वताएका थिए । त्यस पछि आन्तरिक परामर्शमा जुटेका राजपाका न्ेताहरुले आजका्े त्यसको कानुनी प्रक्रिया वारेमा आयोग संग विस्तृत रुपमा जानकारी लिएका छन ।
कानुनतह नयां एकिकरण गरिएको पाटीृको दर्ता प्रक्रियामा जुटाउनु पर्ने कागजात देखि अन्य प्रारम्भिक जानकारीहरु कसरी आयोगलाई बुझाउने वारेमा छलफलहरु भएको नेताहरुले बताएका छन । नेता कर्णका अनुसार भोली निर्वाचन आयोगलाई प्रारम्भिक रुपमा राजपाले ७ बैशाखमा एकिकरण घोषणा गर्दा जारी गरेको संयुक्त विज्ञिप्त मार्फत जानकारी गराउने छन ।

त्यससंगै दर्ता वैद्यानिक प्रक्रिया पुरा गर्ने उदेश्यकै लागी आउदो १९ गते एकै साथ एकिकरण भएका ६ ओटै पार्टीहरुले विस्तारित केन्द्रिय कार्यसमितीको बैठक बोलाएको छ । त्यही बैठक दिनमा ६ ओटै पार्टीहरुको छुटा छुटै समेत पुरानो पार्टीको निर्णय गर्ने तयारीमा नेताहरु छन ।
 
१९ गते विस्तारित बैठक डाकिए पछि राजपाका अध्यक्षहरुको अध्यक्ष मण्डलको बैठक मंगलवार बसेको थियो । दिउसो तमलोपा पार्टी कार्यलयमा भएको बैठक वुधवार पुन बस्ने गरी सकिएको नेताहरुले बताएका छन ।


No comments:

Post a Comment