Saturday, April 1, 2017

मधेशी मोर्चा र सतारुढको वालुवाटार सकस

शुक्रवार प्रधानमन्त्री निवास वालुवाटारमा भएको बैठक पश्चात मोर्चा र सतारुढ दुवै तर्फका नेताहरु संचारमाध्यमहरुमा साकारात्मक प्रतिक्रिया दिए पछि एकाएक सहमती हुन लागेको कुराहरु सार्वजनिक भयो । नेताहरुको उक्त साकारात्मक सन्देश १२ घण्टा पनि टिकेनन र पुन मधेशी मोर्चाका तर्फवाट नेताहरु भनिएको जस्तो कुनै साकारात्मक कुरा नरहेको टिप्पणी गरे । शुक्रवार वेलुकि वालुवाटारवाट निस्कदै गर्दा स्वम मोर्चाका शिर्ष नेता तथा तमलोपा अध्यक्ष  महन्थ ठाकुरले ५ बुदे कुरा आएको र  सरकारले के गर्छन त्यसलाई हेरे आफुहरुले पोजिसन स्पष्ट पार्ने कुरा साकारात्मक रुपमा संचारमाध्यमहरु सामु प्रष्टाएका थिए । सतारुढ दलका नेताहरुले भने ठाकुर भन्दा एक कदम अगाडी गएर २० गते भित्रै सहमती हुन लाग्यो भनेर अभिव्यक्ति दिएका थिए । तर सम्बद्ध स्रोतका अनुसार वालुवाटार बैठक भन्दा अघि देखि नै सतारुढ काग्रेस, माओवादी र मोर्चा विच अनौपचारिक कुराकानी अघि वढेको छ ।

मोर्चा सम्बद्ध स्रोतका अनुसार अनौपचारिक तहमा बनेको कार्यदल देखि केशि शिर्ष नेताहरु विचमा पछिल्लो समयमा ६ ओटा बुदा सविधान संशोधन गर्ने कुरा एउटा तहमा भए पनि दुवै विचमा रहेको अविश्वासका कारण पुन एक पटक हुनै लागेको सहमती टाढा पुगेको छ । शुक्रवारको वालुवाटा बैठकमा सहभागी एक नेता भन्छन, सतारुढ दलहरु भएको सहमती अनुसार संशोधन पास गराउनु भन्द्या पहिला नै मोर्चा निर्वाचन भाग लिने हस्ताक्षर खाज्दै छन ।

त्यही भएर होला शुक्रवारको वालुवटार बैठकमा तमलोपा अध्यक्ष ठाकुर काग्रेस नेता कृष्ण प्रसाद सिटौला प्रति कडकिएर प्रस्तुत भए । उक्त बैठकमा काग्रेको तर्फवाट सहभागी तीन ओटा नेताहरुले तीन थरीको कुरा गरे पछि ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव कडकिएर प्रतिवाद गरेका थिए । काग्रेसका रामचन्द्र पोडेलले बैठकमा पहिलो चरणको सवै कुरा सुने पछि भनेका थिए, मलाई त सबै कुरा मिली सकेको भनेर सुचना प्राप्त भएको थियो तर याहा त केहि भएकै रहेनछ । त्यसपछि बोलेका सिटौलाले पहिला मोर्चाले ३१ बैशाखको निर्वाचनमा भाग लिने ग्यारेन्टी भए मात्रै संशोधनको कुरा अगाडी वढाउने बारेमा छलफल अघि वढन सक्ने बताएका थिए । त्यस पछि काग्रेसका अर्का नेता तथा भौतिक मन्त्री रमेश लेखकले संशोधन र निर्वाचन फरक फरक कुरा भएको बताउदै निर्वाचनको तयारीमा मोर्चाले सघाउनु पर्ने आशय सहितको कुरा गरेका थिए ।
 
काग्रेस नेताहरुको कुराको प्रतिवादमा मोर्चाका नेताहरु उत्रे पछि प्रधानमन्त्री प्रचण्डले दुवै पक्षलाई थामथुम पारेका थिए । धेरैले सहमतीय बैठक भनिएको बैठकमा भाडभौलै जस्तो देखिए पछि प्रधानमन्त्रीले पुन छलफल गर्ने र मोर्चा संग अनौपचारिक तहमा भएको कुरालाई कार्यन्वयन गर्न म लाग्ने भन्दै वाहिर संचारमाध्यमहरु समकक्ष साकारातमक रुपमा सवैलाई बोलिदिन आग्रह गरे ।  बैठकमा फोरम नेता तथा अनौपचारिक तहमा बनेको कार्यदल सदस्य राजेन्द्र श्रेष्ठले खस्रा रुपमा बनाएको ५ बुदे कागजलाई सवै पक्षले ५ बुदे सहमती भनेर भने । यद्यपी मोर्चाका नेताहरुले सरकारी पक्षको वालुवाटार कुरामा संशोधन गर्ने नियत नै नदेखिएको दावी गर्छन ।


1 comment:

  1. TRUSTED LENDER (LEXIELOANCOMPANY@YAHOO.COM)
    My name is Michael Lee a citizen of Illinois, USA. i have been scammed by 7 different Internet international lender, they all promise to give me a loan after making me pay several fees which yield nothing and amounted to no positive result. i lost my hard earn money and it was a total of 23930USD. One day as i was browsing through the internet with tears on my eye i came across a testimony of man who was also scammed and eventually got linked to a legit loan company called MARTINEZ LEXIE LOAN COMPANY where he finally got his loan, so i decided to contact the same loan company and then told them my story on how i have been scammed by 7 different lenders who did nothing but to course me more pain. I explain to the company by mail and all they told me was to cry no more because i will get my loan in their company and also i have made the right choice of contacting them. I filled the loan application form and proceeded with all that was requested of me and to my greatest surprise my loan was granted to me without further delay and here i am today happy because Martinez Lexie Loan Company HAS GIVEN ME A REASON TO LIVE, so i made a vow to my self that i will keep testifying on the internet on how i got my loan. You are to contact this GODSENT LENDER via Email: Lexieloancompany@yahoo.com OR Text +18168926958


    ReplyDelete