सधै आपसी मतभेदमा रुमल्लिएको मधेश राजनितीमा मधेशी मोर्चा सम्बद्ध ६ पार्टीको एकिकरणले नया तरङ पैदा गरेको छ । कसरी सम्भव भयो यो एकीकरण ?
७ बैसाख विहानैदेखि पांच अध्यक्षहरुले नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झालाई पनि नवोदित पार्टीमा मिसिन आग्रह गरे । तर झाले तत्कालका लागि उक्त एकीकरणमा सहभागी नहुने जवाफ फर्काए ।
घोषणा कार्यक्रम निर्धारित समयभन्दा दुई घण्टा ढिलो शुरु भयो । पांचै जना अध्यक्षले कार्यक्रममा बोले । पुछारमा तमलोपाका ठाकुर बोल्दै थिए । त्यही बेला झा टुप्लुक्क सभास्थल झुल्किए । हृदयेस त्रिपाठी र वशेषचन्द्रलालले उनलाई मञ्चमा डोराएर लगे भने राजकिशोर यादवले फुलमाला लगाइ दिए । केही घण्टा अघि एकीकरणमा तत्काल सामेल नहुने अडानमा रहेका झा किन एकाएक फेरिए । नेपाल सद्भावना पार्टीका महासचिव राजीव झा भन्छन्–‘आम मधेसी जनता र कार्यकर्ताको दवाब थेग्न नसकेपछि एकीकरणमा सहभागी भयौं ।’