Wednesday, March 29, 2017

नयां भारतीय राजदुत र मधेशी अध्यक्षहरु विच अर्को हप्ता भेटघाट हुने

आफनो कार्यकाल सम्हाल काठमाडौ आइपुगेका नेपालका लागी  नयां भारतीय राजदुत मन्जिवसिंह पुरी मधेशी अध्यक्षहरु संग सामुहिक रुपमा अर्को हप्ता भेटदै छन । काठमाडौ आए संगै परिचायात्मक भेटघाट सुरु गरेका राजदुत पुरी प्रमुख दलहरुका प्रमुख सहित मन्त्रीहरु संगको भेटघाटमा व्यस्त छ । सम्बद्ध स्रोतका अनुसार मधेशी पार्टीहरुका अध्यक्ष काठमाडौमा नभएर मधेश तिर भएकाले मधेशी अधयक्षहरु संगको परिचायात्मक भेटघाट अर्को हप्ता तोकिएको छ । सवै मधेशी अध्यक्षहरु सोमवार सम्ममा काठमाडौ आइपुग्ने र मंगलवार वा वुधवार नयां भारतीय राजदुत संग भेटघाट हुने सम्बद्ध स्रोतको भनाई छ । मधेशी अध्यक्षहरुलाइ भारतीय राजदुतावासले भेटको समय मागेको र सवै अध्यक्षहरु मधेश तिर भएकाले उनीहरु सल्लाहमै अर्को हप्ताको सोमवार पछि समय तय गर्न भनिएको छ ।

मधेशी पार्टीहरुका अध्यक्षहरु गएको शनिवार सप्तरीमा आयोजना गरिएको शोकसभामा सहभागी हुने मधेश झरे पछि अहिले उत्तै विभिन्न कार्यक्रमहरुमा व्यस्त छन ।

मधेशी पार्टीहरुको मधेशी मोर्चामा एकिकरणको वहस गम्भिर रुपमा चलीरहदा भारतीय राजदुतले सवै मधेशी अध्यक्षहरु संग सामुहिक रुपमा परिचायात्मक भेटघाट गर्नालाई महत्वका साथ हेरिएको कतिपय मोर्चा सम्बद्ध नेताहरुको विश्लेषण छ । नया राजदुत कार्यभार सम्हालन आए पछि सवै पक्षहर संग पहिलो चरणमा परिचायात्मक भेटघाट गर्ने चलन रहदै आएको छ । 

No comments:

Post a Comment