Tuesday, March 28, 2017

मधेशी मोर्चाद्धारा निर्वाचन कार्यलयहरु घेराउ

सरकारले घोषणा गरेको स्थानिय तहको निर्वाचन विरुद्ध असहयोग र अवज्ञा आन्दोलनको घोषणा गरेको मधेशी मोर्चाले आज मधेशका जिल्लाहरुमा रहेका सवै निर्वाचन कार्यलय घेराउ गरेर प्रर्दशन गरेको छ । २ चैतमा मोर्चाले सप्तरी घटना पश्चात गरेको आन्दोलन स्वरुप आज निर्वाचन कार्यलयहरु अगाडी प्रर्दशन गर्दै घेराउ गरेका हुन । सरकारले घोषणा गरेको निर्वाचनलाई वहिष्कार गर्ने निर्णय गरेको मोर्चा १५ चैत सम्मका लागी आफना विरोध कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।

मोर्चाले घोषणा गरेको आन्दोलन कार्यक्रमलाई निरन्तरता दिदै २१ चैत सम्म संघिय गठवन्धनले पनि आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका थिए । आउदो २१ गते सम्म गठवन्धनको विरोध कार्यक्रम भएकाले मोर्चाले २२ गते मात्रै आफनो नयां धारणा तय गर्ने मोर्चाका नेताहरुको भनाई छ ।

मोर्चाका प्रायजसो सवै अध्यक्षहरु मधेश तिरै भएकाले अहिले २२ चैत देखि मोर्चा के गर्ने वारेमा प्रष्ट देखिएका छैनन । मोर्चाले निर्वाचन विरुद्ध आन्दोलनको निरन्तरता दिने वा प्रमुख दलहरुले भन्दै आएको सिमाकंन वाहेकको संशोधन मानेर निर्वाचनमा भाग लिने वारेमा प्रष्ट देखिएका छैनन । यद्यपी दुई दिन अगाडी मात्रै सप्तरीको मलेठमा पुगेका सवै मधेशी अध्यक्षहरुले सिमाकन बाहेकको संशोधन नमान्ने भन्दै निर्वाचन विरुद्ध आन्दोलनमा जाने वताएका थिए ।

No comments:

Post a Comment