Sunday, March 26, 2017

सप्तरीको मलेठमा मधेशी मोर्चाको शिर्ष नेताहरुको उपस्थितमा शोकसभा

गएको २३ फागुनमा एमालेको मेची महाकाली अभियानको क्रममा सप्त्तरीको मलेठकमा भएको झडपको क्रममा मारिएकाहरुको सम्झनामा मधेशी मोर्चाले आज शोकसभा गरेका छन । एमालेले गरेको कार्यक्रम कै स्थल राजविराज नजिकै रहेको मलेठमा पर्ने गजेन्द्र नारायण सिंह उद्यौगिक क्षेत्रमा मोर्चाले पनि शोकसभा गरेका छन । मोर्चाले केन्द्रिय निर्णय अनुसार नै मोर्चामा आबद्ध सबै अध्यक्षहरुको उपस्थितमा मारिएका ५ जनाको श्रदान्जली स्वरुप शोकसभा आयोजना गरिएको थियो । मोर्चाले गएको २ चैतमा घोषणा गरेको आन्दोलन कार्यक्रम स्वरुप आज मलेठ सहित मधेशका सवै जिल्लाहरुमा शोकसभाहरु गरिएको मोर्चाले जनाएको छ ।

२३ फागुनमा एमालेको मेचि महाकाली अभियान अन्तर्गतको सप्त्तरी कार्यमकमा दाहोरो झडपको अवस्था सिर्जना भए पछि प्रहरीले गोली चलाएको थियो, जुन गोली वाट ५ जनाको मृत्यु भएको थियो भने दर्जनौ धाइते भएका थिए । सप्त्तरी घटना लगत्तै वर्तमान सरकारलाई दिदै आएको समर्थन मोर्चाले फिता लिदै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका थिए । मोर्चाले सप्त्तरी घटनाको विरुद्धमा मधेश बन्द देखि विभिन्न प्रतिकात्मक विरोधसभाहरु गरिसकेका छन भने आउदो १५ चैत सम्मका लागी विभिन्न विरोध कार्यक्रमहरु सार्वजनिक गरिसकेका छन ।

घोषीत कार्यक्रम अनुरुप नै मोर्चाका सात ओटै घटकका अध्यक्षहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र यादव, अनिल झा र राजकिशोर यादव आइतवार सप्त्तरीको मलेठ पुगेका थिए । सप्त्तरी घटनामा प्रहरीले व्यापक वल प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भइरहदा मोर्चाका नेताहरुले उक्त घटनामा संग्लनहरु माथी कारवाहीको माग गरेका छन ।
 
सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरे सगै आक्रोशित बनेको मधेशी मोर्चा सप्त्तरी घटना पछि सरकार र प्रमुख दलहरु विरुद्धमा आक्रमक रुपमा उभिदै आएका छन । मोर्चाले आफुहरुको माग बमोजिम सविधान संशोधन नभए सम्म आफुहरु कुनै पनि निर्वाचनमा भाग नलिने भन्दै सरकारले घोषणा गरेको निर्वाचन विथोल्ने चेतावनी दिदै आएका छन ।
 
आइतवार सप्त्तरीको मलेठ सभामा पुगेका सवै मधेशी अध्यक्षहरले सरकार र प्रमुख दलहरु लाई मधेश विरोधीको संज्ञा दिदै आफुहरु यस पटक उधारो सम्झौता नगर्ने प्रतिवद्धता जनाएका थिए ।
 
काठमाडौमा सरकार र प्रमुख दलहरुविच पछिल्लो समयमा भएको विभिन्न वार्ता र छलफल सम्बन्धी आएको समाचारहरुको भ्रममा नरहने मधेशीहरु संग सवै अध्यक्षहरुले आग्रह गर्दै विना संशोधन निर्वाचन सरकारले गराए त्यसको परिणाम गम्भिर हुने चेतावनी दिएका थिए । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्य पुर्नसंरचनाको मुद्धाmाई थाती राखेर आफुहरु कुनै सम्झौता नगर्ने वताउदै भ्रमपुर्ण कुराहरुमा विश्वास नगर्न आग्रह गरेका थिए । यादवले सरकार र प्रमुख दलहरु यसै गरी मधेशको मुद्धालई सम्बोधन गर्न ढिलाई गर्दै जाने हो भने मधेशी युवाहरु हतियार उठाउने सम्मको चेतावनी सभामा दिएका थिए । यादवले अव मधेशी युवाहरु हतियार उठाएको खण्डमा प्रमुख दलहरुका नेताहरुलाई नेपालमा उभिने ठाउ सम्म नरहने चेतावनी दिएको थियो ।
 
सभालाई सम्बोधन गर्दै तमलोपा अध्यक्ष महन्थ ठाकुरले मधेशीहरुलाई वेवास्ता गरेर सरकार निर्वाचन गराएको त्यसको विरुद्धमा मधेशीहरु पनि आफनो औकात देखाउने चेतावनी दिए । ठाकुरले मधेशी जनजाती सहित सवै सिमन्तकृत समुदायको मागलाई नयां सविधानले सम्बोधन नगरे सम्म नयां सविधान कार्यन्वयनकोतहमा जानै नसक्ने बताएका थिए । सदभावना अध्यक्ष राजेन्द्र महतोले प्रमुख दलहरुले जानी जानी मुलुकलाई गम्भिर द्धन्द तर्फ धकेलीरहेको आरोप लगाएका थिए ।
 
सप्त्तरी सहित मधेशका विभिन्न ठाउमा सुरक्षावलद्धारा व्यापक रुपमा वल प्रयोग भइरहेको भन्दै मधेशी सवै अध्यक्षहरुले सुरक्षा निकायको आलोचना गरेका थिए । सप्त्तरीको सदरमुकामको मुख्य वजार वाट ४किलोमिटर टाढा रहेको मलेठ स्थित उद्यौगिक क्षेत्रमा भएको आजको शोकसभाको क्षेत्रमा कुनै पनि सुरक्षा निकायका उपस्थित औपचारिक पोशाकमा नदेखिएको स्थानिय संचारकर्मीहरुले बताएका छन । २३ फागुनमा त्यही ठाउमा एमालेको कार्यक्रम हुदा व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो । एमालेको कार्यक्रमलाइ मध्यनजर गरे सप्त्तरी प्रहरीले छिमेकी जिल्लाहरुवाट समेत प्रहरीहरु झिकाएका थिए । 

No comments:

Post a Comment