Wednesday, March 15, 2017

मधेशी मोर्चाद्धारा असहयोग र अवज्ञा आन्द्योलन घोषणा

सरकारको समर्थगन फिर्ता लिदै आनद्योलनमा गएको जनाएको मधेशी मोर्चाले सरकार विरुद्ध ३ चैत अर्थात भोली विहिवार देखि असहयोग र अवज्ञा आनद्योलन सुरु गर्ने जनाएको छ । वुधवार अवेर राती सम्म भएको मोर्चा बैठकले सरकारको फिर्ता लिइसकेको समर्थनको सम्पुर्ण प्रक्रिया पनि पुर्याउने निर्णय गरेको छ । मोर्चाले घोषणा गरेको आन्दोलन कार्यक्रम अनुसार सरकारले लागु गरेको स्थानिय तह र निर्वाचन तयारी सम्बधी सम्पुर्ण काममा अव असहयोग गर्ने छन ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा वुधवार बसेको बैठकले आउदो १३ गते सप्तरी घटनामा मारिएकाहरुको सम्झनामा राजविराज सहित सवै जिल्लाहरुमा श्रदान्जलीसभा गर्ने समेत निर्णय गरेको छ ।
मोर्चाले घोषणा गरेको आन्द्योलन कार्यक्रममा निर्वाचन कार्यलय घेराउ देखि निर्वाचनका कार्यक्रमहरुमा असहयोग गर्ने सम्मका छन । यस अघि नै मोर्चाले स.विधान संशोधन विना निर्वाचन भए आफुहरु भाग नलिने बताइसकेका छन ।

उता आजै विहान प्रधानमन्त्री प्रचण्डले मोर्चालाई छलफलमा बोलाएर नयां प्रस्तावगर्दे निर्वाचनमा सघाउन आग्रह गरेका थिए । प्रधानमन्त्रीले संघियता वाहेकको मुद्धालाई अहिले संशोधन गर्दै स्थानिय निर्वाचन पछि संघियताको सवालमा संशोधन गर्ने सहमती गर्न प्रस्ताव गरेका थिए । यद्यपी मोर्चाले त्यसलाई अस्विकार गर्दै १५ चैत सम्मको आन्द्योलनको घोषणा गरेको छ ।  

No comments:

Post a Comment