Tuesday, March 14, 2017

आन्दोलनको तीन खाका प्रति मधेशी मोर्चा भित्र छलफल ।

संसद बैठक बहिष्कार 

मधेशी मोर्चाले अगामी आन्दोलनको स्वरुप वारेमा छलफल सुरु गरेको छ । मंगलवार बसेको मोर्चाको सचिवालय बैठकले आउदो अगामी आन्दोलनको कार्यक्रम स्वरुप वारेमा छलपल गरेको छ, जुन मोर्चाको  शिर्ष बैठकमा पेश गरिने नेताहरुले बताएका छन । वुधवार दिउसो १ बजे तमलोपा पार्टी कार्यलयमा मोर्चाको बैठक बस्दै छ ।

मोर्चा सम्बद्ध स्रोतका अनुसार आउदो एसएलसी परिक्षालाइ मध्य नजर गर्दै मोर्चाले ११ चैत सम्म सरकार र प्रमुख दलहरु विरुद्ध भण्डारफोर कार्यक्रम संचालन गर्ने तयारी गरेको छ भने १२ चैत देखि मसान्त सम्म हरेक एक दिन विराएर  तराई मधेशका सवै जसो ठाउहरु विरोध जुलुस, विरोध सभा लगायतका कार्यक्रमहरु गर्ने तयारी गरिरहेको छ । त्यस पछि बैशाखको पहिलो हप्ता देखि अनिश्चतकालीन आमहडतालमा जाने वारेमा मोर्चा भित्र आन्तरिक तयारीहरु चलीरहेको सम्बद्ध नेताहरुको भनाईको छ ।

यद्यपी औपचारिक निर्णय भने मोर्चाको शिर्ष नेताहरुले नै लिने छन । पछिल्लो समयमा एमालेको मेचि महाकाली अभियानलाई लिएर सप्तरी सहित पश्चिमका जिल्लाहरुमा समेत झडप र दाहोरो भिडन्तको वातावरण सिर्जना भए पछि मोर्चाले त्यस वारेमा गम्भिर समिकक्षामा लागेको बताइएको छ ।

यता मधेशी मोर्चामा आबद्ध संसदहरुले मंगलवार संसदको बैठक समेत वहिष्कार गरेका छन । मोर्चाको तर्फवाट सदभावना सहअध्यक्ष लक्षमणलाल कर्णले सरकारले स्थानिय तहको पुर्नसंरचना सम्बन्धी प्रतिवेदन लागु गरेको प्रति विरोध जनाउदै बैठक वहिष्कार गरेको जनाउ दिएका थिए । कर्णले संसदमा आफनो धारणा राखे वितिकै मोर्चाका सवै सासंदहरुले वैठकवाट नारा लगाउदै वाहिरिएका थिए । मोर्चाका सासंदहरुले सप्तरी घटना सहित सविधान संशोधनको वारेमा समेत सरकार र प्रमुख दलहरुप्रति आपत्ति जनाएका थिए ।

No comments:

Post a Comment