Monday, March 13, 2017

मधेशी मोर्चाको बैठक भोली देखि बस्दै

सरकारको ७ दिने अल्टीमेटन दिएको मधेशी मोर्चाको बैठक भोली देखि सुरु हुदै छ । गएको २३ फागुनको सप्तरी घटना पछि सरकारलाई अल्टीमेटन म्याद भोली सकिने भए पछि मोर्चाको बैठक बस्न लागेको छ ।  भोली ११ वजे मोर्चाको सचिवालय बैठक बस्दै छ भने पर्सी दिउसो १ बजे मोर्चाको शिर्ष नेताहरुको बैठक तमलोपा पार्टी कार्यलयमा बस्दै छ ।

मधेश बन्द देखि नेपाल बन्द सम्मको कार्यक्रम गरीसकेको मधेशी मोर्चा र संघिय गठवन्धन १ चैत देखि थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको थियो । सरकारलाई दिएको अघिल्लो हप्ता मोर्चाले बुझाएको अल्टीमेटनमा समेत मोर्चाले आफुहरुको माग पुरा नभए १ चैत देखि सरकारलाई दिएको समर्थन स्वतह समाप्त हुने र त्यस पछि आफुहरु कडा आन्दोलनमा जाने बताएका थिए ।

भोली बसीरहको मोर्चा सचिवालय बैठकले आन्दोलनको कार्यक्रमहरुको स्वरुप तय गर्ने र पर्सी मोर्चाको शिर्ष बैठकले त्यसलाई औपचारिकता दिने मोर्चा सम्बद्ध नेताहरुको भनाई छ । ३ चैत देखि एसएलसी परिक्षा भएकाले मोर्चाले त्यसलाई मध्यनजर गर्दै परिक्षा लगत्तै कडा विरोधका कार्यक्रमहरु मात्रै सार्वजनिक गर्ने तयारी गरेको छ । यद्यपी २ चैत देखि नै विभिन्न प्रतिकात्मक विरोधका कार्यक्रमहरु मधेशमा सुरु गर्ने मोर्चाको तयारी छ । मोर्चाका सचिवालय सदस्य तथा रामसपाका महासचिव केशव झाका अनुसार मोर्चाको भोली बस्ने सचिवालय बैठकले त्यस वारेमा विस्तृत छलफल गरेर एउटा निष्कर्ष निकालीने छ ।
 
यद्यपी सोमवार आफनै कार्यकक्षमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले संचारकर्मीहरु संग कुरा गर्दै आफुहरु सवै शिर्ष नेताहरु अव मधेश झर्ने र वार्ताका लागी समेत काठमाडौ नआउने बताएका छन । पछिल्लो समयमा विभिन्न पक्षहरु संगको उच्चस्तरीय अनौपचारिक कुराकानी गरेका ठाकुरले आफुहरुले भन्ने कुरा सवै पक्षलाई भनिसकेको र अव आन्दोलनका लागी मधेश  झर्न लागेको बताए ।

No comments:

Post a Comment