Tuesday, February 21, 2017

मधेशी मोर्चाद्धारा प्रधानमन्त्रीको सर्वदलीय बैठक वहिष्कार


स्थानिय निकायको निर्वाचन घोषणा गरे पछि प्रधानमन्त्रीले बोलाएको संसदीय दलहरुको सर्वदलीय बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ । आफुहरुको माग सम्बोधन नगर्दै सतारुढ दलहरुले निर्वाचन घोषणा गरेको भन्दै मधेशी मोर्चा आन्दोलनको कार्यक्रम घोषणा गरेका छन । सरकारले हिजो सविधान संशोधन अघि वढाउने निणर्य गरे पनि आज एमालेको विरोधका कारण संसदमा संशोधनको प्रक्रिया अघि वढन सकेको छैनन । संसदमा संशोधनमा अगाडी वढाउने वारेमा विवाद भए पछि भोली सम्मका लागी संसद बैठक सुचना टासेर स्थगीत भएको थियो ।


संसद बैठक स्थगीत भए लगत्तै प्रधानमन्त्रीले संसदमा रहेको सवै पार्टीहरुको सर्वदलीय बैठक डाकेका थिए । तर आन्दोलनको कार्यक्रम सार्वजनिक गरिसकेको मोर्चाले प्रधानमन्त्रीको बैठकलाइ बहिष्कार गरेको रामसपाको् महासचिव केशव झाले बताए ।

मोर्चाले आज साझ मधेशका जिल्लाहरुमा मसाल जुलुस गदैृ छन  भने भोली मधेश बन्दको घोषणा गरेको छ । त्यस पछिको १५ दिन मोर्चाले मधेशमा निर्वाचन विरुद्ध भण्डाफोर कार्यक्रम संचालन गर्ने जनाएको छ ।

No comments:

Post a Comment